Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

असार लागेसँगै धमाधम अनुगमन

खबरडबली संवाददाता

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन हुने र सो समितिको संयोजकको अन्तिम भुक्तानीका लागि सिफारिस अनिवार्य गरिएका कारण प्रत्येक योजनाको निर्माण स्थलमा पुगेर धमाधम अनुगमन गरिएको छ । 

सर्केगाड गाउँपालिकामा चालु आर्थिक वर्षमा गाउँपालिकामा २१७ वटा योजना भएका र तीमध्ये १५० वटाको अनुगमन भएको गाउँपालिकाको उपाध्यक्ष देवकी तिमिल्सिनाले बताए । अनुगमनबाट निर्माण लागत स्टिमेट अनुसार नभएकालाई पुन: काम गर्न लगाएको र गुणस्तरीय काम भएकालाई अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको जानकारी उनले दिए। चालु आवमा जति पनि योजना रहेका छन्, ती सबैको स्थलगत अनुगमनपछि मात्रै भुक्तानीका लागि सिफारिस गरिने उनको भनाइ छ । 

विगतमा भन्दा केही सुधार भएको पाइए पनि ठुला योजनाको निर्माण सम्पन्न नहुने चिन्ता बढेको छ । यस्तै अदानचुली गाउँपालिकामा यो आवमा ९९ वटा सानाठुला योजना रहेको र यसमा बहुबर्से योजनाबाहेक अन्य सबैको निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए । त्यसअघि पनि योजनाको अनुगमन गर्ने कार्य निरन्तर भइरहेको भए पनि जेठ दोस्रो हप्तापछि भने सो कार्यलाई तीव्रता दिइएको छ । सबै योजनाको गुणात्मक कार्यका लागि कसैसँग सम्झौता हुन नसक्ने बताउँदै उनले गुणात्मक कार्यलाई जोड दिएर अनुगमन भइरहेको उल्लेख गरे। 

सिमकोट गाउँपालिकामा दुई सय योजना रहेकोमा कामको गुणस्तरको आधारमा ५० वटा योजनाको अन्तिम भुक्तानीका लागि सिफारिस गरेको गाउँपालिका उपाध्यक्ष सुशीला भाम रोकायाले बताए । 

अनुगमन टोली नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा गएको बताउँदै गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले अनुगमनलाई तीव्रता दिइएको उल्लेख गरे। नाम्खा गाउँपालिकामा एक सयभन्दा बढी योजना चालु अवस्थामा छन् । 

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहको नेतृत्वको टोलीले गाउँपालिकाका पाँच वटै वडाका योजना निर्माण स्थलमा प्राविधिकसहित पुगेर अनुगमन गरिरहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।

त्यस्तै ताँजाकोट गाउँपालिकामा चालु आवमा ५० वटा योजना सञ्चालन भइरहेकामा १९ वटा योजनाको अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending