Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मेस्सीको अद्भुत विश्वकीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

खबरडबली संवाददाता

काठमाडौँ। कप्तान लियोनल मेस्सीले विश्वकपमा अद्भुत कीर्तिमान रचेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको डालास स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० गोलले हराउँदै नकआउट  चरणमा स्थान बनाएको हो ।

अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान मेस्सीले गरे। मेस्सीले ३८औँ मिनेटमा फाकुन्डो मेडिनाको पासमा गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए।

यस गोल उनको विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानी १७औँ गोल थियो । उनले यसअघिको खेलमा ह्याट्रिक गर्दै सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरेको थिए।

यस खेलमा मेस्सीले क्लोजको कीर्तिमान भङ्ग गर्दै दोस्रो हाफको अतिरिक्त समयमा ब्यक्तिगत दोस्रो गोल गर्नुभयो । अब उहाँ विश्कपमा सर्वाधिक १८ गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ । 

यस्तै विश्वफुटबलमा कीर्तिमानको चाङ लगाएका मेस्सीले विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेको छन् ।

कीर्तिमानी छैटौँ पटक विश्वकप खेलिरहेका मेस्सीले अस्ट्रियाविरुद्ध सुरुवातमा पाएको पेनाल्टी भने मिस गरेको थिए । उनको प्रहार थोरै बाहिर परेको थियो ।

लगातार दोस्रो जितसँगै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ६ अङ्क बनाएको छ । पहिलो हार खेपेको अष्ट्रिया तीन अङ्कसहित दोस्रो र समान तीन अङ्क बनाएको जोर्डन तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको अल्जेरियाको एक अङ्क छ ।

मङ्लबार बिहान भएको खेलमा एसियाली टोली जोर्डनले अल्जेरियालाई १–० गोलले स्तब्ध बनाएको थियो । जोर्डनको जितमा निजार अल–रशदानले ३६औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बनेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...

म्याग्दी पहिरोमा परि वृद्धको मृत्यु, एक महिलाको उद्धार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...

गुल्मीमा बोलेरो दुर्घटना, चार जना घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending