काठमाडौँ। केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘आई’ अन्तर्गत मङ्गलबार बिहान भएको खेलमा साविक उपविजेता फ्रान्सले इराकलाई ३–० गोलले हरायो । यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई ३–२ गोलले स्तब्ध बनायो । नर्वे २८ वर्षपछि नकआउट चरणमा पुगेको हो ।
फ्रान्सको जितमा एमबाप्पेले दुई तथा उस्माने डेम्बेलेले एक गोल गर्नुभयो । एमबाप्पेले १४औँ र ५४औँ मिनेटमा गोल गरेको थिए ।
यससँगै एमबाप्पे विश्वकपमा १४ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमान पछ्याउने लाइनमा छन्। मेस्सीले सोमबार राति अष्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्वकपमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको कीर्तिमान रचेको थिए।
यस्तै डेम्बेलेले ६६औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सजिलै जिताए । खेलभर फ्रान्सको दबाब झेलेको इराकको गोल फर्काउने चाहना पूरा भएन । लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको फ्रान्स समूहको शीर्षस्थानमा छ ।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । लगातार दोस्रो हार खेपेको इराक विश्वकपबाट बाहिरिएको छ ।
यस्तै अर्को खेलमा नर्वेलाई जिताउन हालान्डले दुई गोल गरे। उनले ४८औँ र ५८औँ मिनेटमा गोल गरेको हो । यसअघि मार्कुस पेडेर्सनले ४३औँ मिनेटमा गोल गरेको थिए ।
सेनेगलको लागि दुबै गोल इस्माइल सारले फर्काए पनि टोलीको हार टरेन । सारले ५३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेको थिए।
लगातार दोस्रो जितसँगै समूहमा ६ अङ्क बनाएको नर्वे गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको सेनेगलको नकआउट चरण पुग्ने सम्भावना लगभग सकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ११:१५
काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...
श्रावण ११ गते, २०८३ - ११:०६
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...
श्रावण ११ गते, २०८३ - १०:४७
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...



प्रतिकृया लेख्नुहोस्: