Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

खबरडबली संवाददाता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजारभन्दा कम हुने देखिएको छ।

विद्युतीय मतदान सेवा प्रदायक रामलक्ष्मण इनोभेसनका अनुसार दिउँसो १२स्३० बजेसम्म २ हजार ९५० जनाले मतदान गरिसकेका थिए। अन्तिम समयमा केही मतदाता लाइनमा रहेकाले कुल मतदान संख्या ३ हजार नाघ्ने सम्भावना कम रहेको बताइएको छ।

महाधिवेशनमा कुल ४ हजार २ सय प्रतिनिधि सहभागी भए पनि मतदान प्रक्रिया ढिलाइ हुँदा धेरै प्रतिनिधि फर्किएको कारण मतदाता संख्या घटेको रास्वपाका एक नेताले बताएका छन्।

निर्वाचन प्रक्रियामा उम्मेदवारहरूको नाम क्रमांकमा त्रुटि, नाम स्पष्ट नहुनु तथा क्लष्टर परिवर्तन गरी उम्मेदवारी सूचीभन्दा फरक समूहमा राखिएको जस्ता प्राविधिक तथा संगठनात्मक असन्तुष्टि पनि देखिएको छ।

ती नेताका अनुसार असन्तुष्ट उम्मेदवारहरू पराजित भएमा आगामी पदाधिकारी निर्वाचन प्रक्रियामा सहभागी नहुने सम्भावना समेत रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वालिङमा जिप दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...

रास्वपा महाधिवेशन: ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  झण्डै एक ...

रास्वपा पदाधिकारी निर्वाचन जारी, ९८५ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

उम्मेदवारी फिर्ता र समर्थनले सभापतिको भनाइलाई नै खिल्ली उडायो: गणेश कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...

गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...

रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि मतदान सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending