Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

खबरडबली संवाददाता

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

गत बिहीबार भकुण्डेदेखि बागलुङ बजारतर्फ आउँदै गरेको बोलेरो जीप सडकबाट करिब दुई मिटर तल खसेको थियो। दुर्घटनामा मानवीय क्षति भने भएको थिएन।

स्थानीयको सूचनापछि घटनास्थल पुगेको प्रहरीले दुर्घटनाबारे चालकसँग सोधपुछ गरेको थियो। सहज सडकमा दुर्घटना भएको देखिएपछि चालकको अवस्थाबारे शंका लागेपछि लागुऔषध सेवन परीक्षण गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार टीएचसी ९त्ज्ऋ० परीक्षण गर्दा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–११ बस्दै आएका २८ वर्षीय चिरञ्जिवी खतिवडा रहेका छन्।

यात्रुको ज्यान जोखिममा पर्ने गरी लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि प्रहरीले लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा चार जना चालकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूमा ईभी चालक प्रेमबहादुर दर्जी, बोलेरो चालक दीपक थापा, दीपशे घर्ती र मिनी ट्रक चालक उत्तम नेपाली रहेका छन्। उनीहरूमाथि पनि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरसहितको टोलीले लागुऔषध सेवन परीक्षण अभियान सञ्चालन गरिरहेको छ।

प्रहरीका अनुसार अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको निष्कर्षपछि लागुऔषध तथा मादक पदार्थ सेवन परीक्षण, स्वास्थ्य परीक्षण र सचेतनामूलक स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक कुँवरले चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने गरेको जनगुनासो बढेपछि अभियानलाई थप प्रभावकारी बनाइएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाका कारण मकवानपुरबाट काठमाडौं प्रवेश गर्ने दुई सडकमा सवारी आवागमन रोक

मकवानपुर । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुर हुँदै काठमाडौं प्रवेश गर्ने दुई प्रमुख सडकमा सवारी आवागमन रोकिएको छ। ...

आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपतिको आर्यघाटमा अन्त्येष्ट...

सञ्चारगृह लक्षित शंकास्पद गतिविधिको रास्वपाद्वारा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्...

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही...

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending