काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभागी हुन पाउने बताएका छन्। हिन्दू सम्राट सेनासँग सरकारको वार्तामा रास्वपाका एक सदस्य सहभागी भएको विषयमा उठेको आलोचनाप्रति उनले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले हिन्दू सम्राट सेनाको वार्ता टोलीमा सहभागी एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। तर, त्यसलाई पार्टीको आधिकारिक संलग्नताका रूपमा व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो।
उनका अनुसार कुनै व्यक्ति राजनीतिक दलको सदस्य हुनु र धार्मिक वा सामाजिक आस्थाका आधारमा अभियानमा संलग्न हुनु फरक विषय हुन्। "रास्वपाका सदस्य हिन्दूवादी अभियन्ता पनि हुन सक्छन्। त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो," उनले भने।
झाले आन्दोलनलाई हिंसात्मक दिशातर्फ लैजानुभन्दा वार्तामार्फत समाधान खोज्न रास्वपाका सदस्यले सकारात्मक भूमिका खेलेको दाबी पनि गरे। उनका अनुसार वार्तामा सहभागी प्रतिनिधिले आन्दोलनकारी पक्षलाई संवादमा ल्याउन सहयोग गरेका थिए।
सांसद झाले सरकार र हिन्दू सम्राट सेनाबीच करिब साढे नौ घण्टा वार्ता भएको उल्लेख गर्दै आन्दोलनकारीका माग संवैधानिक, व्यावहारिक र सामाजिक रूपमा कार्यान्वयनयोग्य बनाउने विषयमा विस्तृत छलफल भएको बताए। सम्भव र उचित मागबारे सरकारले थप छलफल गरी आवश्यक निर्णय लिने उनले बताए।
धार्मिक आस्था वा सामाजिक पहिचानका आधारमा कुनै व्यक्तिको राजनीतिक सदस्यतामाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ थियो। पार्टी सदस्यहरूको व्यक्तिगत जीवन, आस्था र सामाजिक भूमिकालाई सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: