Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

राजेन्द्र पाण्डेलाई धादिङका चेपाङको आग्रह– ‘सहयोग पाउने ठाउँमा बस्ती सारिदिनुस’

\"\"धादिङ, २८ मङ्सिर । एकसरो पातलो लुगाको भरमा जिन्दगी गुज्रेको ८० वर्ष पुगिसक्यो । उनलाई थाहा छैन न्यानो लुगा लगाउँदा कस्तो अनुभव हुन्छ । बुढ्यौली अनि जाडो मौसम तैपनि निरन्तर एकसरो लुगा, अनि रातिको ओछ्यान भनेको अगेनाको छेउ । महादेवस्थान गाविस–३ का सिद्धिबहादुर चेपाङ जीवनको उत्तराद्र्धमा न्यानोको खोजी गर्दैछन् । कौसीमायाँ चेपाङ गर्भवती छिन् । घरमा खाने अन्न सकिन लाग्यो । कमाउन जान सकिने अवस्था छैन । गिट्ठा कन्दमूलको भरमा बस्नुपर्ने बाध्यता छ । तर गाउँमा आउने सहयोग अर्को गाउँमा रोकियो भन्ने सुनेका चेपाङ रुष्ट भएका छन् । उनीहरु आफूलाई पनि सहयोग पाउने गाउँमा सार्न माग गर्न सभासद्लाई भेट्न आए । गाउँ नजिकै सांसद राजेन्द्रप्रसाद पाण्डे आएको थाहा पाएपछि ब्रुसबाङवासीले गाउँ सार्न माग गरे । महाभारतको माथिल्लो डाँडामा रहेको ब्रुसबाङ समुन्द्री सतहको एक हजार आठ सय ४५ मिटर उचाइमा बस्दै आएको ब्रुसवाङ गाउँका चेपाङसँग ६८औँ मानव अधिकार दिवसका अवसरमा सांसद राजेन्द्रप्रसाद पाण्डेले बस्ती स्थानान्तरण गर्ने बताउँदा गाउँबाट आएका खुसी भए र ताली बजाए । फूलमायाँ चेपाङले अब कन्दमूल र टाँकीको पात खाएर बाँच्नुपर्ने अवस्था नआउने आशा व्यक्त गर्दै आफ्ना बालबच्चाले पनि पढ्न पाउने र अहिले जस्तो चारघन्टा टाढा पानी लिन जान नपर्ने बताइन् । “मकै पाक्न आठ महिना लाग्छ, खान चार महिना पुग्छ, म अपाङ्गले कसरी बालबच्चा पालौँ ?”, गैइचबहादुर चेपाङले भने । “आफूहरुको गाउँदेखि अर्को गाउँ टाढा भएकाले हामी महिलाले ज्याला मजदुरी गर्न जान सक्दैनौँ, कसरी बालबच्चा पालौँ”, सूर्यमायाले थपिन् । “हामी कहिलेसम्म जङ्गली कन्दमूल (गिट्ठा, भ्याकुर, वन तरुल, टाँकी, सिस्नु, च्याउ) खाएर बस्ने ?”, हामी चेपाङको पनि अरूसरह अधिकार हुन्छ होला नि ? बु्रसवाङ खाद्य अधिकार समूहका संयोजक प्रेम बहादुर चेपाङले प्रश्न गरे । जाडो आयो लुगाको अभाव, गर्मी आयो सबै मानिस बिरामी हुन्छन् । पुस महिनापछि गाउँमा भोकमरी सुरु हुन्छ, खानकै समस्या । समस्या नै समस्या भएको गाउँलाई गाविस कार्यालय नजिकै स्थानान्तरण गर्न पहल सुरु भएको सांसद पाण्डेले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, आयआर्जन गर्न जग्गा र चेपाङ समुदायको घर बनाउन सहयोग गर्नेगरी बस्ती स्थानान्तरण गर्दा नै विकास सम्भव हुने पाण्डेको धारणा छ । ब्रुसबाङका चेपाङको बस्ती स्थानान्तरणपछि गाउँमा पर्यटनको विकास गर्ने र चेपाङ सङग्रहालय बनाउने योजना पनि रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending