Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८२ सोमबार | 28th April, 2025 Mon
Investment bank

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

\"\"कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महासंङ्घ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार संघातिक आक्रमण गरेका छन् । कुवेतमा रहेका म्यानपावर व्यवसायीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई मरणासन्न हुनेगरी कुटपिट गरेको स्रोतले जानकारी दिएको छ । म्यानपावर व्यवसायीसमेत रहेका अर्जुनले भारतको बाटो प्रयोग गरि कुवेत पुर्याएर नेपाली महिला कामदारहरुलार्इ अलपत्र पारेको बारे पीडितबाट गुनासो अाएपछि पत्रकार न्याैपानेले समाचार लेखेका थिए । सोही समाचार लेखेको भन्दै उनीमाथि अाक्रमण भएको बताइएको छ । यसरी भएको थियो आक्रमण ‘डियूटीबाट फर्कंदै गर्दा तामाङको फोन अायो । उहाँहरुले साथी सुजन केसीको कोठामा बोलाउनुभयो। कोठामा पुग्नसाथ म माथि अध्यक्ष तामाङले नै आक्रमण गर्नुभयो,’ न्यौपानेले खबरडबलीसँग भने, ‘मलाई रक्सीको गिलासले हिर्काउनुभयो। किचनबाट चक्कु ल्याएर प्रहार गर्ने कोशिस गर्नुभयो, त्यो छलेर जोगिएँ। झन्डै आधा घण्टासम्म कुटपिट गर्नुभयो ।’ अाफूमाथि एनअारएन अध्यक्ष तामाङका साथै कुवेत म्यानपावर व्यवसायी संघका अध्यक्ष श्याम लामा, दिनेश उप्रेती र कुमार पुरी मिलेर कुटपिट गरेको न्याैपानेले बताए । ‘उहाँहरुले पहिलादेखि योजना बनाएर बस्नु भएको रहेछ । झन्डै एकदशकदेखि राम्रै चिनजान भएकोले कुटपीट गर्नुहोला भन्ने सोचेको पनि थिइँन्,’ न्यौपानेले भने। तामाङसहितका केही व्यवसायीले अबैध ढंगले नेपालबाट घरेलु महिला कामदार ल्याई कुवेतीलाई बेच्ने गरेका स्रोत बताउँछ । सरकारले बैध ढंगले घरेलु कामदार पठाउन रोक लगाएपछि कुवेतमा कार्यरत पत्रकारहरुले श्रम सम्झौता नभएसम्म घरेलु कामदार पठाउन नहुने पक्षको वकालत गर्दै आइरहेका थिए । घाइते न्यौपानेको फर्वानियास्थित अस्पतालमा उपचार भएको छ। अाफूमाथि कुटपिट गर्नेहरुविरुद्व स्थानीय प्रहरीमा उजुरी हाल्ने तयारी गरेको न्याैपानेले जानकारी दिए । ‘घटनापछि भागेर एउटा रुखको आडमा लुकेर बसें । लगत्तै मैले दूतावास र राजदूतलाई जानकारी दिएँ,’ न्यौपानेले भने, ‘हामी पहिला प्रहरी कार्यालयमा उजुरी दिन्छौं । हामी नेपाली समुदायका तर्फबाट उक्त घटनाका योजनाकारहरु र नेपाल सरकारको कानुनलार्इ बेवास्ता गरेका निज ब्यक्तिहरुलाई नेपाल झिकाइ मानव तस्कर र चेलिबेटी बेचबिखनको मुद्धा लगाइ जेल चलान गर्न माग गर्दछौं ।’ यसअघि कुवेतमै रहेर अवैध कारोवार गर्दै अाएका कुमार झापाली (ध्रुवकुमार संग्राैला ) लगायतले रोजगारीसँगै सामाजिक संघ संस्थामा आबद्ध दावा थोकर तामाङलार्इ आफू विरुद्ध बोलेको र पीडितको वकालत गरेको भन्दै ज्यान मार्ने धम्की दिएर दूतावासको मिलोमतोमा नेपाल फिर्ता गराएका थिए । झापाली लामो समय देखि मलेसियामा हुन्डी कारोबार गर्दै आएका थिए । केहि बर्ष अघि मात्रै अबैधानिक रूपमा कुवेत पुगेका उनी नेपाली महिलालार्इ भारतको बाटो कुवेत पुर्याएर बेच्ने काममा संलग्न रहेको बताइन्छ । यसैबीच, पत्रकार न्यौपानेमाथि भएको कुटपिटको निन्दा गर्दै दोषीलाई तत्काल कानुनी कारबाही हुनुपर्ने मागसहित माओवादी केन्द्रको प्रवास संगठन नेपाली जन प्रगतिशील मञ्च कुवेतले विज्ञप्ति जारी गरेको छ । मञ्चका अध्यक्ष मनकुमार गुइदेल र महासचिव श्याम पराजुलीद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा एनआरएनए जस्तो संस्थाको अध्यक्ष पदमा रहेकोे व्यक्तिले पदिय मर्यादाको ख्याल नगरी दलालको साथ दिँदै प्रेस स्वतन्त्रतामाथि नै धावा बोलेको भन्दै घाटनामा संलग्न सबैलाई यथाशिघ्र कारबाही हुनुपर्ने माग गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending