Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

अचेल गुञ्जिदैन यःमरी भाका

\"\"भक्तपुर, २८ मंसिर । त्य छिं त्य, बक छिं त्य थाबले यागु सामा वलः, यःमरी छगः ति यः व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा कुरी कुरी।।। यःमरी पूर्णिमा (धान्य पूर्णिमा) अर्थात् आजको दिन साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने यो लोकभाका अचेल गुञ्जिन छाडेको छ । लोकप्रिय र महत्वपूर्ण पर्वमध्येको एक यःमरी पुन्हीको साँझ नेवार समुदायको घरआँगनमा गुञ्जिने यो भाका लोप हुने अवस्थामा पुगेको छ । परम्परागत लोक चाडपर्वहरु आधुनिकताको चपेटामा परेसँगै जीवन्त लोकसंस्कृति लोप हुने क्रममा यःमरी भाका पनि लोप हुँदै गएको हो । नेवार समुदायमा धान्य पूर्णिमाको साँझ घरघरमा गई यःमरी माग्ने प्रचलन छ । तिहारमा खेलिने देउसी–भैलो जस्तै नेवार समुदायका केटाकेटी तथा युवायुवती टोल–छिमेकका घरघरमा गएर उल्लिखित नेवारी लोकभाका गाएर यःमरी माग्ने गर्दछन् । यःमरीको अर्थ मनपर्ने रोटी हो । यो चामलको पीठोमा चाकु वा स्वादअनुसार खुवा, गुँदपाक, मासु राखेर बनाइने विशेष प्रकारको रोटी हो । यही रोटीको नामले यस पर्वको नामाकरण गरिएको हो । नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन जस्तैः दुईवर्ष, चारवर्षको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । आजको दिन यःमरी नयाँ धानको चामलको पीठोबाट बनाइन्छ । चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा विशेषगरी चाकु राख्ने गरिन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ । यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको इतिहास तथा संस्कृतिविद् श्रेष्ठले बताए । उनका अनुसार यो प्रचलन लिच्छवीकालीन राजा अंशुबर्माको पालादेखि चलेको हो । लोपोन्मुख यःमरी संस्कृतिको संरक्षणका लागि नेवारी संस्कृतिको पक्षमा काम गर्ने सङ्घसंस्था अघि सर्नुपर्ने उनको सुझाव छ । नेवारका हरेक चाडपर्व समय र मौसम अनुसारको हुने तर्क गर्दै श्रेष्ठले नेवारको धरोहर भनेकै उनीहरुको जीवन्त कलासंस्कृति भएकाले यःमरी माग्ने प्रचलनलाई स्थानीय निकायले संरक्षणको पहल गर्नुपर्ने बताए । उनले यो संस्कृति पर्यटकलाई देखाउन सके पर्यटन उद्योगको विकासमा समेत थप टेवा पुग्ने बताए । यःमरीलाई नेवार समुदायले कुवेर र गणेशका प्रतीकका रुपमा पनि लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानको भकारी लगायतमा चढाइने गर्दछ । यसरी चढाएको यःमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ । यःमरी भगवतीलाई अन्नपूर्ण देवीको प्रतीकका रुपमा पनि लिइन्छ । यस दिन नेवार समुदायले यःमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वती लगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा चढाएपछि मात्र आफूले खाने चलन रहेको इतिहास तथा संस्कृतिविद् श्रेष्ठले बताए । यसरी यःमरी चढाउँदा आफ्नो अन्नमा वृद्धि हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ । यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए । उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies