Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

किन देश टुक्र्याउने कुरा गर्दैछन् महन्थ ?

काठमाडौं, २९ मंसिर । सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि देखिएको राजनीतिक अन्योल र खिचातानीलाई केही हदसम्म भएपनि चिर्न केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै कार्यालयमा सर्वदलीय बैठक बोलाएकी थिइन् । बुधबार साप्ताहिकमा खबर छ– व्यवस्थापिका–संसद्मा रहेका सबै राजनीतिक दलका नेताहरु उपस्थित सो बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिधै भने, ‘तपाईंहरुले मधेसी गुमाइसक्नुभएको छ, अब मधेस गुमाउनुहन्छ ।’ यसो भनेर उनले राष्ट्रपति, प्रधानमन्त्री र देशका प्रमुख नेताहरु उपस्थित ठाउँबाटै राष्ट्र टुक्रिने अभिव्यक्ति किन दिए होलान ? ठाकुरले अरु मधेसी नेताभन्दा चर्को अभिव्यक्ति दिनुका पछाडि कुन मनोविज्ञानले काम गरेको थियो होला ? ठाकुर उग्र हुनुको पछाडि चार कारण रहेको स्पष्टै देखिन्छ । पहिलो कारण त, राष्ट्रपति हुन नपाएको कुण्ठा ठाकुरबाट पोखिएको हुन सक्छ । ठाकुर नेपाली कांग्रेसमा रहुन्जेल मधेसी नेतामध्ये सबैभन्दा वरिष्ठ थिए । डा. रामवरण यादवले मेडिकल अभ्यास गरिरहँदा ठाकुरले धेरैपटक जेलनेल भोगिसकेका थिए । ०४८ सालको निर्वाचनपछि उनी उपसभामुख भएका थिए । त्यसपछि उनले सूचना तथा सञ्चार, वन, वातावरणलगायतका मन्त्रालय सम्हाले । तर, ०६३ मा लोकतन्त्र स्थापनापछि कांग्रेसबाट बाहिरिएर उनले तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे । कांग्रेस छाड्नु नै ठाकुरका लागि दुर्भाग्य सावित भयो । निर्वाचनलगत्तै कांग्रेसले राष्ट्रपति, त्यो पनि मधेसबाटै उठाउनुपर्ने परिस्थिति आउँदा उनी टाढा पुगिसकेका थिए । अर्को निरन्तर पराजय भोग्नुको पीडाले पनि काम गरेको देखिन्छ । कांग्रेसमा रहुन्जेल ठाकुरले सर्लाहीबाट लोकप्रिय मत ल्याएर जित्ने गरेका थिए । तर, जब मधेसीहरुको हितका लागि भन्दै उनले पार्टी गठन गरेर दुईवटा संविधानसभा चुनाव लडे, दुवैमा पराजय बेहोरे । आफ्नै क्षेत्रमा ठाकुरको लोकप्रियता घट्दो देखिन्छ र सँधै हारिरहने निर्वाचनप्रति नै उनमा वितृष्णा बढ्दो छ । त्यही भएर पनि ठाकुर निर्वाचन गरेर लोकतन्त्र सुचारु गर्ने कुरामा त्यति इच्छुक छैनन् । अर्को कारण हो, ठूलै पद दिलाईदिने आश्वासन । ठाकुर पटक पटक सांसद र मन्त्री अनि एकपटक उपसभामु भइसकेका व्यक्ति हुन् । उनी अरु मधेसी नेताजस्तो भ्रष्टाचार वा यस्ता अरु कुनै काण्डमा मुछिएका नेता होइनन् । यस्ते बेलामा प्रदेशको निर्वाचन होला र मुख्यमन्त्री वा अरु कुनै पद पाउँला भन्ने आशा पनि उनमा कमै देखिन्छ । उनको यही मनोविज्ञान बुझेर यसैगरी लागेमा भोलि कुनै ठूलै पद दिलाइदिउँला भन्ने आश्वासन प्राप्त भएको हुन सक्छ । चौथो कारण हो, घर्किंदो उमेरको दबाब । ठाकुर अहिले ७४ वर्ष पुगिसकेका छन् । उनले गठन गरेको पार्टीमा सबै पुराना नेता मात्रै छन् । नयाँको आकर्षण छैन । मधेसकै मुद्दाका आधारमा राजनीति गर्ने नेताको नाम लिने हो भने राजेन्द्र महतो, उपेन्द्र यादव, हृदयश त्रिपाठी आदि पछि मात्रै उनको नाम आउँछ । दुःखद पारिवारिक पृष्ठभूमि, घर्किंदो उमेर अवस्था, पराजित वर्तमान र अनिश्चित भविष्यको विरोधाभासले पनि ठाकुरलाई उग्र कुन सघाइरहेको देखिन्छ । उसो त ठाकुर पहिलेदेखि नै अलि उग्र स्वभावको नेता भउको उनलाई नजिकबाट चिन्नेहरु सम्झिन्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies