पौष १ गते, २०७३ शुक्रवार 16th December, 2016 Fri०६:३४:२६ मा प्रकाशित
काठमाडौं, १ पुस ।विदेशीको गतिविधि बढेको भन्दै राष्ट्रिय अनुसन्धान विभागले गरेको प्रतिजासुसी इकाइ गठन प्रस्ताव गृह मन्त्रालयमै अलपत्र परेको छ । गृहले देशको गुप्तचरी संयन्त्र बलियो बनाउनतर्फ चासो नदिँदा विभागको प्रस्ताव लामो समयदेखि थन्किएको हो ।
आजको नयाँ पत्रिकामा खबर छ– विभागले पाँच वर्षअघि नै अनुसन्धान विभागअन्तर्गत शक्तिशाली प्रतिजासुसी इकाइ गठन प्रस्ताव गृहमा पठाएको थियो । तर, जासुसी उपकरण खरिद विवाद त कहिले सरकारको अनिच्छाका कारण इकाइ गठन प्रक्रिया नै सुरु भएको छैन । देशको जासुसी निकाय कमजोर हुँदा विदेशीहरूले खुलेआम स्वार्थअनुकूल हस्तक्षेप गर्दै आएका छन् ।
०६७ मा भीम रावल गृहमन्त्री रहेका वेला प्रतिजासुसी इकाइ गठन प्रक्रिया अघि बढेको थियो ।
अर्थ मन्त्रालयले १७ करोड रुपैयाँ बजेट पनि दिएको थियो । तर, खरिद विवादका कारण प्रक्रिया रोकिएको थियो । दुई वर्षअघि वामदेव गौतम गृहमन्त्री हुँदा पनि अनुसन्धान विभागलाई ९७ करोड बजेट दिन अर्थ मन्त्रालय तयार भएको थियो । प्रतिजाजुसी इकाइ गठन नहुनुमा विदेशीहरूको स्वार्थ र दबाब पनि एउटा कारण रहेको अनुसन्धान विभागका एक अधिकारीको दाबी छ ।
एआइजीको नेतृत्वमा इकाइ गठन प्रस्ताव
अनुसन्धान विभागले एआइजीकै नेतृत्वमा प्रतिजासुसी इकाइ गठन प्रस्ताव गरेको थियो । त्यो सम्भव नभएपछि पछिल्लोपटक विभागले एसएसपीको कमान्ड रहने गरी इकाइ गठन प्रस्ताव गरेको छ । ६ महिनाअघि नै विभागले एसएसपीसहित एक सय ७७ दरबन्दी राखेर इकाइ गठन प्रस्ताव गृहमा पठाएको थियो । तर, प्रस्ताव अघि बढेको छैन ।
यसअघि अनुसन्धान विभागको निगरानी शाखामार्फत प्रतिजासुसीको काम गर्ने गरेको थियो । तर, पछिल्ला वर्ष सो शाखालाई कमजोर बनाइएको स्रोतको दाबी छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने गुप्तचरमा सुधारको काम भइरहेको दाबी गरे । उनले भने, ‘सरकारले आफ्नो क्षमताअनुसार सुधारका काम गरिरहेको छ ।’
स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधिले सुरुमा यो इकाइ गठन गर्न चासो देखाएका थिए । तर, आफ्नै कार्यकालमा सकिने सम्भावना नभएपछि उनले पछिल्लो समय चासो नदिएको विभागका अधिकारीहरूको भनाइ छ ।
इकाइ बनाउन पूर्वगृहसचिवको सुझाब
नेपालले जासुसी संयन्त्र बनाउन अनिवार्य भएको पूर्वगृहसचिव श्रीकान्त रेग्मी बताउँछन् । ‘कोही विकास निर्माणका नाममा त कोही आइएनजिओका नाममा नेपालमा विदेशीहरू जासुसका रूपमा खटिएका छन्,’ रेग्मी भन्छन्, ‘त्यसैले नेपालले पनि जासुसी संयन्त्रलाई बलियो बनाउनुपर्छ ।’
के हो प्रतिजासुसी ?
विदेशी कूटनीतिक निकाय, तिनका जासुसी निकाय र उनीहरूको सम्बन्धबारे गरिने जासुसी प्रतिजासुसी हो । विदेशीहरूले चलखेल बढाएकाले नेपालामा प्रतिजासुसी निकाय अत्यावश्यक भएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारी बताउँछन् ।
प्रतिजासुसीमा छुट्टै कानुन बनाएर फोन टेपिङदेखि निगरानीसम्म गर्न सक्ने अधिकार हुन्छ । ‘यसले विदेशीहरूसँग मर्यादाविपरीत भेटघाट गर्ने नेताहरूको गतिविधि पनि कम हुन्छ,’ विभागका ती अधिकारीले भने, ‘नेपालको आन्तरीक राजनीति तथा अन्य क्षेत्रमा बिदेशीहरूको अनुचित प्रभाव पनि कम हुन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: