Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

बागमतीको शङ्खमूल–गुह्येश्वरी खण्ड सफाइ

\"\"काठमाडौँ, २ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १८८ औँ हप्तामा आज बल्खु पुल र तरकारी बजार क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले बल्खुपुल क्षेत्रमा र अर्को समूहले तरकारी बजारमा सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए । सरसफाइसँगै त्यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम समेत गरिएको उनले बताए । बल्खु क्षेत्रका घरदैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको थियो । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापाको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लोकसेवा आयोगबाट अधिकृत परीक्षा उत्तीर्ण गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालिम लिइरएका १०० जना, रोयल सहकारी, जीवन विज्ञान नेपाललगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल–गुह्येश्वरी खण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४७ औँ हप्तामा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सो अवसरमा मन्दिर परिसरबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, लिटिल फ्लावर स्कुल, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो । विष्णुमती सफाइमा महायज्ञ, फोहर नफाल्ने सङ्कल्प विष्णुमती सफाइको एकसय २१ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित तारकेश्वर मन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै मन्दिरमा गायत्री परिवार नेपालको सक्रियतामा वैदिक यज्ञ गरी स्थानीयवासीले नदीमा फोहर नफाल्ने सङ्कल्प गरेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए । नख्खुखोला सफाइको ६७ औँ हप्तामा आज नख्खुपुलमुनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालि, श्रीकुल स्कुल, विश्व सफाइ अभियन्ताद्वय राजमान महर्जन र सुशीला महर्जनको सहभागिता रहेको अभियानकर्मी बलुदेव पाण्डेले बताए । गुह्येश्वरीमाथिको बागमती सफाइको एकसय ४९ औँ हप्तामा आज गोठाटार र जोरपाटी पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतको सक्रियता थियोे । सफाइसँगै नदी किनारमा रोपिएको बिरुवामा पनि गोडमेल गरी पानी हालिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । आगामी हप्ता यस क्षेत्रमा सफाइ सुरु गरिएको एकसय ५० औँ हप्ताका अवसरमा विशेष कार्यक्रमको तयारी भएको पनि उहाँले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy