Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बढ्दो चिनियाँ चासो : एक सातामै काठमाडौंमा चार टोली

\"\"काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि हरेक महिनाजसो चिनियाँ टोलीले नेपाल भ्रमण गरिरहेको छ । गत १९ साउनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गरी दाहालले सत्तारोहण गरेसँगै नेपालप्रति चिनियाँ चासो थप बढ्दै गएको छ । आजको राजधानीमा खबर छ– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता कार्यान्वयन नै चिनियाँ पक्षको प्रमुख चासोको रूपमा रहँदै आएको छ । प्रचण्ड प्रधानमन्त्री हुनासाथ चीनले यस विषयमा चासो व्यक्त गर्दै प्रचण्ड नेतृत्वको सरकारसँग पनि पहिलेकै जस्तो सम्बन्ध रहने प्रतिक्रिया दिएको थियो । प्रधानमन्त्री प्रचण्ड निर्वाचित भएकै दिन लाजिम्पाट पुगेर तत्कालीन चिनियाँ राजदूत वु चुन्ताईले सबैभन्दा पहिले बधाईसहित पुष्पगुच्छा दिएका थिए । पछिल्लो साता मात्र चारवटा चिनियाँ टोलीले नेपालको भ्रमण ग¥यो । यसले पनि नेपालप्रति चीनको बढ्दो चासोलाई देखाउँछ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिबाओले नेतृत्व गरेको ३२ सदस्यीय प्रतिनिधि मण्डल गत मंगलबार स्वदेश फर्कियो । नेपाल बसाइका क्रममा यो टोलीले देशका प्रमुख राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग भेट गरेको थियो । सो टोली फर्किएको अर्को दिन बुधबार चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाइ मा चिलिन नेतृत्वको टोली बुधबार काठमाडौं आएको छ । चिलिन नेतृत्वको १८ सदस्यीय टोली सभामुख ओनसरी घर्ती मगरको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणमा आएको हो । भ्रमणटोलीले चीन सरकारले भर्खरै लागू गरेको १३औं पञ्चवर्षीय विकास आयोजनामा समेटिएको रेल्वे, सडक यातायातलगायत पूर्वाधार विकासका प्रयास ओबीओआरअन्तर्गत दक्षिण एसियालाई जोड्नका लागि भएको भन्दै यसबाट नेपालले पनि फाइदा लिनुपर्ने संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेसँगको भेटमा बतायो । सो टोलीले गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा नेपालमा चीन विरोधी गतिविधि नियन्त्रण गरिने प्रत्याभूति दियो । केरुङ र तातोपानीबाहेक अरू नाका पनि सञ्चालनमा ल्याउन सकिने विश्वास दिलाएको छ । चीनको तिब्बत स्वशासित क्षेत्रका पिपुल्स कंग्रेसका अध्यक्ष लिनिन नेतृत्वको टोलीले चीनको ‘एक क्षेत्र, एक मार्ग’ (ओबीओआर) परियोजनाको छलफलका लागि टोली नेपाल आएको बताइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको जनसरकारले नेपालका तिब्बतसँग सिमाना जोडिएका जिल्लामा सन् २००९ देखि खाद्यान्न तथा वस्तुगत सहायता गर्दै आएको छ । चिलिन नेतृत्वको टोलीले सभामुख ओनसरी घर्तीसँगसमेत छलफल गरेको थियो । यो टोली पनि ६ दिन ९सोमबार०सम्म राजनीतिक भेटघाटमा व्यस्त हुनेछ । चिलिन नेतृत्वको टोली नेपालमा राजनीतिक भेटघाटमा व्यस्त हुँदै गर्दा चिनियाँ सेनाका कर्णेल लिओ ज्याम्लिनपाङ नेतृत्वको उच्चस्तरीय टोलीसमेत नेपाल आइपुग्यो । विपद् व्यवस्थापनका साथै नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासबारे छलफल गर्न यो टोली नेपाल आएको हो । यो टोलीको अर्को उद्देश्य भनेको नेपाली सैनिकसँग संयुक्त अभ्यासको व्यवस्था मिलाउनु हो । चिनियाँ सैनिक टोलीले नेपाली सेनासँगको छलफलका क्रममा चिनियाँ टोलीले दुई देशको संयुक्त सैन्य अभ्यासको प्रस्ताव अघि सारेको नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले जानकारी दिए । यस विषयमा प्रारम्भिक छलफल भए पनि निर्णय भने भइनसकेको उनले जानकारी दिए । नेपाली सेनासँग भारतीय र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । यस्तो अवस्थामा चीनले पनि आफ्नो उपस्थिति देखाउन चाहेको छ । यता यी दुई टोली राजधानीमा रहेका बेला चीनको अर्को टोलीसमेत काठमाडौं आइपुग्यो । चीनको सिचुवान प्रान्तको छेङ्दु नगरका पूर्वमेयर तथा चिनियाँ कम्युनिस्ट पार्टीका नगर सचिवको नेतृत्वको छेङ्दु नगर प्रतिनिधिहरूको टोली काठमाडौंमा आएको हो । यो टोलीले काठमाडौं–छेङ्दु नगरको भगिनी सम्बन्ध स्थापनासम्बन्धी औपचारिक सम्झौतासमेत गरेको छ । चिनियाँ चासो प्रचण्ड प्रधानमन्त्री भएदेखि नै बढ्न थालेको देखिन्छ । उनी प्रधानमन्त्री साताभित्रै चीनबाट इन्स्टिच्युट अफ कन्टेम्प्रोरी इन्टरनेसनल रिलेसनका अध्यक्ष जी झेई, दक्षिण तथा दक्षिणपूर्वी एसियाका निर्देशक हु सिसेङसहितको टोली नेपाल भ्रमणमा आयो । यो टोलीको प्रमुख उद्देश्य भनेको चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणको तयारीस्वरूप थियो । तर, सीको नेपाल भ्रमण भने हुन सकेन । प्रचण्ड प्रधानमन्त्री हुनुअगाडि असारको अन्तिम साता तिब्बतका जनसुरक्षा मामिला महानिर्देशक मेजर नजरल फु फेङसहित ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गरेको थियो । चीनबाट आएको विज्ञहरूको टोली फर्किएलगत्तै चीनका सैनिक अधिकारीहरूको टोलीले नेपालको भ्रमण गरेको थियो । असोजको अन्तिम साता नेपालका लागि चीनले नयाँ राजदूतको रूपमा यु होङलाई पठायो । कात्तिकको पहिलो साता गुडबिल फाउन्डेसनका महासचिव माझी जियाङ नेतृत्वको टोली नेपाल भ्रमणमा आयो । कात्तिकको पहिलो साता नै चीनको राज्यप्रशासन तथा वाणिज्यमन्त्री झाङ माओको नेतृत्वको टोलीले नेपाल भ्रमण ग¥यो । मन्त्री झाङसँग नेपालका वाणिज्यमन्त्री दीपक बोहोराले उपभोक्ता अधिकारी संरक्षण सहयोग सम्झौतामा हस्ताक्षर गरे । पुसको पहिलो साता नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो तथा प्रकाशन विभाग प्रमुख लिउ छिबाओ नेतृत्वको टोली नेपाल भ्रमण गरेर फर्किएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy