Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

समान सेवा असमान तलब

\"\"काठमाडौं, १० पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महाराजगन्जको कम्पाउन्ड एउटा बाटोले मात्रै छुट्याउँछ । सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलबसुविधामा भने आकाश जमिनको अन्तर छ । आजको नागरिक दैनिकमा खबर छ– शिक्षण अस्पतालमा कार्यरत नवौं तह ९विशेषज्ञ० का डाक्टरले मासिक तलबभत्तासहित ८५ हजार ५ सय ५० रुपैयाँ पाउँछन् । कान्तिमा कार्यरत सोही तहका डाक्टरले भने ३६ हजार ७ सय ३० रुपैयाँमात्र पाउँछन् । त्यस्तै यी दुई अस्पतालबाट करिब तीन किमि टाढा रहेको वीर अस्पतालमा सोही तहका डाक्टरले तलबभत्ता ९२ हजार रुपैयाँ बुझ्छन् । डाक्टरको तलबसुविधामा यस्तो असमानता राजधानीमा मात्र होइन, बाहिर पनि छ । पूर्वको कोसी अञ्चल अस्पतालमा कार्यरत नवौं तहका चिकित्सकले मासिक तलब ३८ हजार ९ सय ४० रुपैयाँ पाउँछन् भने बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानमा कार्यरत सोही तहका डाक्टरले १ लाख ४० हजार रुपैयाँ बुझ्छन् । सहरी र सुगम क्षेत्रमा मात्र होइन, दुर्गममै कार्यरत डाक्टरको तलबमा पनि निकै अन्तर छ । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान, जुम्लाका चिकित्सकले मासिक १ लाख ४० हजार तलब बुझ्दा जुम्लाबाट दुई दिन हिँडेर पुगिने कर्णालीकै अर्को जिल्ला मुगुमा कार्यरत विशेषज्ञ डाक्टरले ४८ हजार ९ सय ३० रुपैयाँ पाउँछन्, जब कि मुगु जिल्लामै कार्यरत राजस्व कार्यालयका खरिदारले विशेषज्ञ चिकित्सकको हाराहारी ९करिब ४४ हजार० तलब पाउँछन् । सामान्यतया चिकित्सक बन्न छात्रवृत्तिबाहेक हालको अवस्थामा कम्तीमा ६० लाख रुपैयाँ खर्च लाग्छ । सरकारी अस्पतालमा काम गर्न लोकसेवा आयोग जाँच पास गर्नुपर्छ । सरकारले नै सेवासुविधामा विभेद गरेको गुनासो चिकित्सकको छ । नाम चलेका र अधिकांश विशेषज्ञ चिकित्सकले सरकारी काम छल्दै क्लिनिक चलाएर आकर्षक कमाइ गरिरहे पनि आम चिकित्सक भने तलबमै निर्भर छन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारीले १ सय ५० प्रतिशतसम्म भत्ता पाउँछन् । बेसिक तलबमान ७० हजार पाउने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत चिकित्सकले १ लाख रिसर्च अनुदान र ३० हजार कन्फरेन्स अनुदानसमेत पाउँछन् । त्यसबाहेक आवास सुविधा बेग्लै उपलब्ध हुन्छ । वीरमा टिचिङ एलाउन्सका नाममा सतप्रतिशत र सेवा विस्तार भत्ताका नाममा ५० प्रतिशत अतिरिक्त सुविधा दिइन्छ । यसरी विशेष सुविधा पाउने चिकित्सकको संख्या ७ सय हाराहारी भए पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतको दरबन्दीमा रहेका १ हजार ५ सय चिकित्सकले न्यून सुविधामै सेवा दिइरहेका छन् । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा। केदारनरसिंह केसी ग्रामीण क्षेत्रमा चिकित्सक नजानु र सरकारी सेवामा आकर्षित नहुनुको प्रमुख कारण यसैलाई ठान्छन् । ‘एउटा विशेषज्ञलाई राजधानीस्थित मेडिकल कलेजले कम्तीमा डेढ लाख रुपैयाँ दिन्छ, त्यही विशेषज्ञलाई सरकारीमा २८ हजारमा जोताउँछु भन्ने सोच नै गलत हो,’ उनले भने, ‘अहिले त साँच्चै सेवाभाव भएका चिकित्सकको भरमा मात्रै सरकारी स्वास्थ्य सेवा टिकेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy