Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

यस्ता थिए भूपि

\"\"आज १२ पुस । यही दिन वि।सं। १९९२ सालमा मुस्ताङको थाक टुकुचेमा कवि भूपि शेरचनको जन्म भएको थियो । भूपिका कविता अहिले पनि बारम्बार उद्धृत हुने नेपाली कवितामा पर्छन् । सरल तर अत्यन्त प्रभावकारी तथा प्रभावशाली कविता लेख्ने भूपि व्यक्तिगत जीवनमा मृदुभाषी तथा सहज भएको उनीनिकट बताउँछन् । नयाँ पुस्तालाई अत्यन्त माया गर्ने भूपिको स्वभाव थियो । तीमध्ये एक हुन्, नाट्यकर्मी अशेष मल्ल । भूपिजयन्तीको सन्दर्भ पारेर अशेष मल्लले यसरी सम्झीए भूपिका स्वभाव । सहज हुनुहुन्थ्यो यो ०३४/०३५ सालको कुरा हो । म त्यतिवेला त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दै थिएँ । हामीले कलेजमा विभिन्न कार्यक्रम गथ्र्यौं । त्यस्तै, एकपटक हामीले कवि गोष्ठी आयोजना गर्ने भयौँ । त्यो कवि गोष्ठीको संयोजन मैले नै गर्दै थिएँ । त्यसमा हामीले त्यतिवेलाका प्रभावशाली कविहरूलाई बोलाउने भयौँ । केदारमान व्यथित, माधव घिमिरेलगायतलाई बोलाउन म गएँ । हामीले कार्यक्रममा भूपि शेरचनलाई पनि बोलाउने भएका थियौँ । म यो अनुरोध गर्न उहाँको निवासमा पुगेँ । तर, उहाँलाई त्यसअघि मैले भेटेकै थिइनँ । मैले त्यो कार्यक्रमबारे उहाँलाई बताएँ । उहाँलाई कार्यक्रममा सहभागी हुन अनुरोध पनि गरेँ । उहाँले अत्यन्त सहजै त्यसलाई स्वीकार गर्नुभयो । उहाँले सहर्ष स्वीकार गरेकाले म खुसी हुनु स्वाभाविक थियो । माया गर्नुहुन्थ्यो भूपि दाइको सबैभन्दा राम्रो बानी भनेको उहाँ अत्यन्त माया गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँले आफूभन्दा सिनियरलाई जसरी सम्मान गर्नुहुन्थ्यो, त्यस्तै आफूभन्दा पछिल्लो पुस्ताकालाई पनि अत्यन्त माया गर्नुहुन्थ्यो । मलाई पनि उहाँले अत्यन्त माया गर्नुभयो । मलाई उहाँसँग भेट्दा आफ्नै दाजुसँग भेटेजस्तो लाग्थ्यो । मसँग उहाँले सधैँ एउटै परिवारको जस्तो व्यवहार गर्नुहुन्थ्यो । चिन्ता गर्नुहुन्थेन सहज र सरल स्वभावको भएकाले पनि होला, भूपि दाइ धेरै चिन्ता गर्नुहुन्नथ्यो । उहाँ आफ्नैबारे पनि उति धेरै चिन्ता गर्ने व्यक्ति होइन । उहाँ भेटहरूमा भन्नुहुन्थ्यो, ‘म त रोगको घर हुँ ।’ हुन पनि उहाँलाई विभिन्न रोग लागेका थिए । तर, निस्फिक्री भएर उहाँ आफूलाई सबै रोग भएको स्वीकार गर्नुहुन्थ्यो । त्यसमा चिन्ता लिनुहुन्थेन । प्रचुर सेन्स अफ ह्युमर भूपि दाइ जे कुरामा पनि छिटो जवाफ फर्काउन सक्नुहुन्थ्यो । त्यस्ता जवाफमा व्यंग्य र हास्यरस प्रचुर हुन्थे । उहाँ बिरामी भएपछि वीर अस्पतालमा भर्ना हुनुभयो । श्रीमतीसहित म उहाँलाई भेट्न गएँ । त्यहाँ अर्का एकजना कवि पनि पहिल्यै पुग्नुभएको रहेछ । उहाँहरू कुरा गर्दै हुनुहुन्थ्यो । ती कविले भूपि दाइलाई भन्नुभयो, ‘दाइसँग त भेटघाट नै हुन छाड्यो आजभोलि ।’ भूपि दाइले जवाफ दिनुभयो, ‘आज आउनुभयो, ठिकै भयो । नत्र एक–दुई दिनपछि त मलाई भेट्न भेटघाटको भेट काटेर घाटमा आउनुपथ्र्यो ।’ यो त उहाँले गरेको जोक थियो । तर, यही जोक वास्तविकतामा परिणत भयो । केही दिनपछि उहाँ हामीमाझ रहनुभएन । त्यस्तै, अर्को प्रसंग पनि म सम्झिन्छु । त्यो तिहारको समय हो । हामी उहाँको घरमा देउसी–भैलो खेल्न गएका थियौँ । राति पुगेका हामीले बिहानसम्मै त्यहाँ रमाइलो गरेर मनायौँ । उहाँले त्यतिवेला पनि फ्याट्ट जवाफ दिनुभएको थियो । ‘अनुमान छैन दाइ’ भन्दा उहाँले भन्नुभयो– अनुमान त हनुमानले पनि गर्न सक्दैन । यस्तो जीवन्त र हसमुख कवि मैले अरू कोही भेटेको छैन । विचारमा अडिग म विराटनगरमा थिएँ, बिए पढ्दै थिएँ । उहाँको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भन्ने कविता संग्रह हात पर्‍यो । त्यो संग्रह मेरा लागि ‘गीता’ भयो । त्यसका प्रत्येक कविता जीवन्त छन् । हाम्रो जेनेरेसनका प्रायःलाई ती कविता कण्ठस्थ पनि थियो । त्यसैले पनि भूपि अत्यन्त प्रिय लाग्न थाल्यो । मोहन कोइराला र भूपि शेरचन मेरा प्रिय कवि हुन् । भूपि दाइका कविताको विषय र प्रस्तुतिले छोयो, प्रभावशाली रूपमा । त्यस्तो कविलाई काठमाडौंमा भेट्न पाउँदा म अत्यन्त खुसी भएँ । तर, उहाँलाई हामीले कविका रूपमा मात्र होइन, विद्रोही कविका रूपमा लिन्थ्यौँ । तर, विश्वविद्यालयको कविता गोष्ठीमा उहाँले राजाका पक्षमा पो कविता सुनाइदिनुभयो । हामीले त्यस्तो आशा गरेकै थिएनौँ । त्यस्तो ठूलो विद्वान् कविले त्यस्तो गर्नुहोला भन्ने सोचेका पनि थिएनौँ । मलाई पनि लाग्यो– भूपि दाइले यस्तो कविता नलेखेको भए हुन्थ्यो नि १ पछि हामीले उहाँलाई यो कुरा पनि भन्यौँ । तर, उहाँले विचार परिवर्तन गर्नुभएन । त्यस्तो विचार किन उहाँमा आयो भन्नेचाहिँ पछिसम्म पनि थाहा पाउन सकेनौँ । काठमाडौंमा स्ट्यान्डर्ड बसाइ भूपि दाइ चिटिक्क परेर हिँड्न रुचाउनुहुन्थ्यो । जहिले पनि आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुहुन्थ्यो । उहाँको घरमा पनि त्यस्तै वातावरण थियो । काठमाडौंको खानदानीको घरजस्तो लाग्थ्यो । आएका पाहुनालाई दिल खोलेर खुवाउनुहुन्थ्यो । एकपटक म पनि पुगेको थिएँ । केहीअघि मात्र खाजा खाएर गएकाले उहाँलाई भनेँ, ‘दाइ, मैले भर्खर खाएर आएको, अहिले खान्नँ ।’ उहाँले फ्याट्टै भन्नुभयो, ‘तिमी गरिब छौ, खाऊ भनेको त कहाँ हो र रु’ उहाँले रक्सी खाएको विषयमा धेरै कुरा चल्छन् । तर, मैले उहाँलाई रक्सी पिए पनि तल्लो स्तरमा पुगेर पिएको चाहिँ कहिल्यै देखिनँ । दुई क ले बिग्रिएँ भन्नुहुन्थ्यो उहाँ अत्यन्त बौद्धिक मान्छे हुनुहुन्थ्यो । अध्ययन त्यस्तै गहिरो गर्नुहुन्थ्यो, कुराकानी पनि अत्यन्त गहिरा । उहाँहरू एकपटक रुस जानुभएको थियो । फर्केर आएपछि त्यहाँका कुरा धेरै समयसम्म गरिरहनुहुन्थ्यो । त्यतिवेला म ‘गरिमा’ पत्रिकामा निरन्तर लेखकहरूसँग अन्तर्वार्ता गरिरहेको हुन्थेँ । एकपटक त्यही स्तम्भका लागि मैले भूपि दाइको अन्तर्वार्ता लिएँ । उहाँले भन्नुभयो, ‘मलाई दुई क ले बिगा‍र्‍यो । एउटा कवि भएर म बिग्रिएँ, अर्को कम्युनिस्ट भएर म बिग्रिएँ ।’ उहाँलाई सबैले कम्युनिस्टका रूपमा बुझ्थे, तर पछि त उहाँले नै आफूलाई ‘कम्युनिस्ट होइन’ भनेर घोषणा गर्नुभयो । कविता सुन्न उत्सुक भूपि दाइ जहिले भेट्दा पनि कविता सुनाउन भन्नुहुन्थ्यो । उहाँ जहिले पनि ‘ल कविता सुना त’ भन्नुहुन्थ्यो । त्यसैले उहाँलाई भेट्न जाँदा म सधैँ एउटा कविता लिएरै जान्थेँ । उहाँले कविता सुनिसकेपछि त्यसमाथि कमेन्ट पनि गर्नुहुन्थ्यो । उहाँका धेरै कविता त मलाई कण्ठस्थ आउँथ्यो । त्यसैले पनि म उहाँबाट धेरै प्रभावित थिएँ । आफू प्रभावित भएको मान्छेलाई कविता सुनाउन पाउँदा म पनि खुसी हुन्थेँ। मेरो एउटा अपूरो चाहना उहाँको हामी कविता मलाई अत्यन्त मन पर्ने कवितामध्ये एक हो । म त्यो कवितामाथि नाटक मन्चन गर्न चाहन्थेँ । मेरो चाहना थियो, भूपि दाइलाई पनि त्यो नाटक देखाउँ । तर, म त्यसमा सफल भइनँ । मेरो त्यो चाहना पूरा भएन । यो कुराको मलाई थकथकी लागिरहन्छ । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy