पौष १२ गते, २०७३ मगलवार 27th December, 2016 Tue०८:३९:३९ मा प्रकाशित
काठमाडौं, १२ पुस ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिब्बत जोड्ने १४ करिडोरको निर्माण कार्य अघि बढाएको छ ।
आजको कान्तिपुरमा खबर छ– सरकारले तिब्बती नाकासम्म सम्बन्ध विस्तारका साथै पर्यटन, कृषि र औद्योगिक क्षेत्रको विकासका लागि करिडोरको निर्माण अघि बढाएको हो । तमोर करिडोरले धनकुटा (मूलघाट)–लुम्बुघाट–ताप्लेजुङ (माझीटार)–दोभान–ओलाङचुङगोला हुँदै तिप्तला (तिब्बत सिमाना) नाका जोड्नेछ । तमोर कडिडोरको लम्बाइ २ सय ६५ किलोमिटर छ ।
धनकुटा–ताप्लेजुङ खण्डको १ सय ७० किमिमध्ये २५ किमि ट्रयाक निर्माण बाँकी रहेको छ । ताप्लेजुङ–ओलाङचुङगोला–तिप्तला खण्डको ९५ किमिमध्ये ३० किमि सडक निर्माण सम्पन्न भइसकेको छ । विभागले बाँकी निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कोसी करिडोर विराटनगर (रानी)–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी हुँदै किमाथांकासम्म जोडिनेछ । यसको लम्बाइ ३ सय १० किलोमिटर छ । रानी विराटनगर–इटहरी २६ किलोमिटर विस्तार भइरहेको छ । यस करिडोर निर्माणले पूर्वी क्षेत्रमा पर्यटकीय विकास निकै फडो मार्ने विश्वास गरिएको छ । उक्त करिडोरको खाँदबारीदेखि किमाथांका १ सय ६२ किलोमिटरमध्ये ८० किलोमिटर ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । सरकारले बाँकी निर्माणका लागि ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कालीगण्डकी करिडोरलाई चौडा गर्ने काममा तीव्रता दिइएको उत्तरदक्षिण लोकमार्ग प्रमुख गोपालप्रसाद सिग्देलले बताए । उनका अनुसार गैंडाकोट–रिडी–रुद्रबेनी–पुर्तिघाट–बाग्लुङ–बेनी–जोमसोम हुँदै कोरला नाकासम्म जोडिनेछ । त्यसको लम्बाइ ४ सय ३५ किलोमिटर छ । हालसम्म ४ सय २६ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
पालुङखोला–मालढुंगा २६ किलोमिटर सडक नेपाली सेनाले चौडा पारिरहेको छ । जोमसोम–कोरला खण्डको करिब १ सय १० किलोमिटर सडकलाई ग्राभेलमा स्तरोन्नति गर्ने काम भइरहेको उनले बताए । सडक विभागका अनुसार बाँकी निर्माणका लागि यस आर्थिक वर्षमा करिब ८५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
भेरी करिडोर जाजरकोट–दुनै–मरिम–तिन्जे धो भएर तिब्बत जोडिनेछ । यसको लम्बाइ १ सय ९० किलोमिटर छ । जाजरकोट–दुनै १ सय १७ किलोमिटरमध्ये १ सय २ किलोमिटर नेपाली सेनाले ट्रयाक खोलेको छ । खलंगा–रिम्ना खण्डको १८ किलोमिटर सडक कालोपत्रेको ठेक्का भइसकेको विभागले जनाएको छ । दुनै–मरिम–तिन्जे–धो सडकको करिब ७० किलोमिटरमध्ये ८ किलोमिटर ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको प्रमुख सिग्देलले बताए । बाँकी करिडोर निर्माणका लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।
करिडोर निर्माणसँगै यस क्षेत्रमा विकासको ढोका खोल्न सकिने विभागले जनाएको छ । ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी १ सय ८८ किलोमिटर सडकको निर्माण कार्य अघि बढेको छ । त्यसमध्ये ठोरी–भण्डारा–मलेखु ८६ किलोमिटरमध्येको ४२ किलोमिटर निकुञ्जका कारण निर्माण बाँकी छ ।
गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ ४८ किलोमिटर सडकलाई दुई वर्षभित्र दुई लेन निर्माण गर्ने लक्ष्यका साथ विभागले ठेक्का आहवान गरिसकेको छ । मैलुङ-स्याफ्रुबेंसी खण्डको करिब १८ किलोमिटर सडक सेनाले ट्रयाक खोलिसकेको छ । स्याफ्रुबेंसी–रसुवागढी १६ किलोमिटर दुई लेन सडक चीन सरकारले कालोपत्रे गर्न अध्ययन भइरहेको विभागले जनाएको छ । बाँकी करिडोर निर्माणका लागि १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
भिट्टामोड–ढल्केबार–सिन्धुली–मन्थली–दोलखा–लामाबगर–लाप्चा सडकअन्तर्गत लामाबगरसम्म यातायात सञ्चालनमा छ । यो सडकमा १० करोड रुपैयाँ विनियोजन गरिएको छ । लामाबगर–लाप्चा सडक खण्डमा करिब १ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।
वीरगन्ज–हेटौंडा–नारायणघाट–मुग्लिन–काठमाडौं–धुलिखेल–दोलालघाट–बाह्रबिसे–कोदारीसम्म ३ सय ९० किलोमिटर छ । त्यस खण्डको धुलिखेल–दोलालघाट–बाह्रबिसे ६२ किलोमिटर ४ लेन र बाह्रबिसे–कोदारी खण्ड २५ किलोमिटर २ लेन स्तरोन्नति ५ वर्षभित्र सम्पन्न गरिने जनाइएको छ ।
सेती लोकमार्गअन्तर्गतको टीकापुर-लोडे-चैनपुर-ताक्लाकोट २ सय ९८ किलोमिटर निर्माण गरिनेछ । त्यसमध्येको ४४ किलोमिटर ट्रयाक निर्माण, ३ किलोमिटर कालोपत्रे, ३० किलोमिटर ग्राभेल भइसकेको छ । बाँकी निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ । महाकाली करिडोर खण्डको ब्रहमदेव–झुलाघाट–दार्चुला–टिंकर खण्डको ४ सय २० किलोमिटर ट्रयाक खोल्ने काम अघि बढेको छ ।
गोरखाको नल्याङ भन्ज्याङ–छेकम्पार–चुम्चेत–सिर्दिवास, गुम्दा खण्डको १ सय २० करिब १९ किलोमिटर ट्रयाक खुलिसकेको छ । यस आर्थिक वर्षमा १० किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको विभागले जनाएको छ ।
दोलखाको जिरी–सल्लेरी–ढिंग्री तिब्बत सीमासम्म करिब ८८ किलोमिटर छ । यसमध्ये ५५ किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । यस आर्थिक वर्षमा ८ किलोमिटर सडकको ट्रयाक खोलिनेछ । त्यसका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मुगु–तिब्बती सीमा न्याक्चेलाग्नासम्म करिब ८५ किलोमिटर लम्बाइ छ । १३ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । त्यसमध्येको ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन भएको छ ।
१ सय ५ किलोमिटर लम्बाइको हुम्ला–सिमकोट–लिमी–लाप्चा सडकमा ८२ किलोमिटर ट्रयाक खुलिसकेको छ । ६ किलोमिटर ट्रयाक खोल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली करिडोरमा करिब २ सय ८५ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: