Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मन्त्रीलाई टेरेनन् सहसचिवले

\"\"काठमाडौं, १९ पुस । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले कार्यभार समालेकै दिन साउन ३० गते गरेको निर्णय साढे चार महिना बित्दा पनि लागू हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ– उनले सातवटै प्रदेशमा दुईदुई सहसचिवलाई स्थानीय निकायको सघन अनुगमन गर्न सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा पठाउने निर्णय गरेका थिए । पञ्जीकरण विभागका महानिर्देशक सहसचिव अनिलकुमार ठाकुरबाहेक ११ जना सहसचिव अनुगमनमा नगएकाले मन्त्री पाण्डेको पहिलो निर्णय कागजमा सीमित भएको हो । मन्त्री पाण्डेले प्रदेश नम्बर १ मा गोपीकृष्ण खनाल, प्रदेश नम्बर २ मा पुरुषोत्तम नेपाल र पवनकुमार श्रेष्ठ, प्रदेश नम्बर ३ मा केदारनाथ शर्मा र गणेशराज वस्ती, प्रदेश नम्बर ४ मा हरि पौडेल र रामकृष्ण सापकोटा, प्रदेश नम्बर ५ मा रेश्मीराज पाण्डे र जीवनकुमार श्रेष्ठ, प्रदेश नम्बर ६ मा अनिलकुमार ठाकुर र प्रदेश नम्बर ७ मा मधुसूदन बुर्लाकोटी र चक्रबहादुर बुढालाई सघन अनुगमनको जिम्मेवारी दिएका थिए । प्रत्येक अनुगमन र निरीक्षण टोलीले आफ्नो वार्षिक अनुगमनरनिरीक्षण कार्ययोजना तयार गरी मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखामा भदौ १५ गतेभित्र बुझाउनुपर्ने अनुगमन÷निरीक्षण टोलीको कार्यसर्त (टीओआर) मा उल्लेख छ । उनीहरूले सम्भव भएसम्म आफ्नो क्षेत्रभित्रका सबै निकाय (जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समिति) को प्रतिनिधित्व हुने गरी अनुगमन गर्नुपर्ने गरी कार्यसर्त तोकिएको थियो । सबै स्थानीय निकाय सम्भव नभए प्रत्येक प्रदेशको अनुगमन टोलीले चालू आर्थिक वर्षमा कम्तीमा चार जिविस, पाँच नगरपालिका र ६ गाविसको अनुगमन गर्नुपर्ने र त्यसमा पनि पहिलो चौमासिक अवधिमा कम्तीमा एकपटक, दोस्रो चौमासिकमा कम्तीमा दुईपटक र तेस्रो चौमासिकमा कम्तीमा एकपटक गर्नेगरी कार्ययोजना बनाएर अनुगमनरनिरीक्षण गर्नुपर्ने थियो । प्रदेशको जिम्मा पाएका संयोजकले अनुगमन टोलीका सदस्यहरू विशेषज्ञता र अवसरको समन्यायिक वितरण हुने गरी छनोट गर्न पाउने अधिकार छ । बजेटको आयतन, प्राप्त गुनासो तथा अनियमितताका मुद्दा, गत आर्थिक वर्षको सघन अनुगमन निरीक्षणमा नपरेका जिल्ला आदिलाई आधार मानी जिल्ला र स्थानीय निकायको छनोट गर्ने प्रावधान छ । टोली प्रस्थान गर्नुपूर्व गत आवको प्रगति प्रतिवेदन, चालू आवको स्वीकृत कार्यक्रम, कर्मचारी दरबन्दी विवरण, बेरुजूजस्ता विवरण संकलन तथा विश्लेषण गर्ने साथै अनुगमन÷निरीक्षणको रणनीति सम्बन्धमा समेत छलफल गर्नुपर्ने प्रावधान छ । सम्बन्धित स्थानीय निकायले उल्लेख गरेका प्रमुख समस्या एवं चुनौती, प्रमुख अनुकरणीय काम, समाधानका लागि चालिएका कदम र उपयुक्त विकल्प, बेरुजू फस्र्यौट प्रगति, सञ्चालित योजनारआयोजनाको स्थलगत अनुगमन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रबाट मन्त्रालयमार्फत पठाइएका उजुरी र फस्र्योटको अवस्था आदिको प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । प्रदेश नम्बर ५ को टोली संयोजक एवं मन्त्रालयको स्वायत्त शासन महाशाखाका प्रमुख पाण्डेले अनुगमन/निरीक्षणका लागि समूह जानुपर्ने भएकाले मन्त्रालयको काममा बाधा नपर्ने गरी अनुगमन गर्नु उपयुक्त हुने बताए । उनले भने, ‘मुलुक संघीयताका क्रममा रहेकाले विशेष, आकस्मिक र राष्ट्रलाई प्राथमिकता दिनुपर्ने विषयमा लागेकाले अनुगमनमा जान सम्भव नभएको हो ।\' पाण्डेलाई स्थानीय तहसम्बन्धी संघीय कानुन तर्जुमाका लागि कार्यदल बनाएर कात्तिक १० गतेदेखि जिम्मेवारी सुम्पिएको छ । सोही क्रममा अन्य सहसचिवलाई पनि अन्य क्षेत्रको जिम्मेवारी दिइएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रीस्तरीय उक्त निर्णयमाथि पुनर्विचार भएको जानकारी दिए । कात्तिक मसान्तदेखि मन्त्रालयको जिम्मेवारी समालेका उनले भने, ‘स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले माघ १ गतेदेखि अनुगमनरनिरीक्षण गर्नका लागि निर्देशन दिइएको छ ।\' १ गतेदेखि भनिए पनि समयसीमा तोकिएको छैन । उनले भने, ‘एकैपटक सबै सहसचिवले मन्त्रालय छोड्ने हो भने सबै काम रोकिन सक्छ, त्यसैले अनुकूलतामा जान सक्ने गरी मिलाइएको हो ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy