पौष १९ गते, २०७३ मगलवार 3rd January, 2017 Tue०९:३०:०६ मा प्रकाशित
काठमाडौं, १९ पुस ।विवाहमा लेनदेन हुने दाइजोलाई नियन्त्रण गर्ने कडा प्रावधानसहितको कानुन बनाउने तयारी थालिएको छ । दाइजो नियन्त्रणसम्बन्धी कानुन पुरानो भएको र प्रभावकारी समेत नभएकाले व्यवस्थापिका–संसद्ले नयाँ कानुन बनाउन लागेको हो । देशका विभिन्न भागमा दाइजोकै कारण हिंसात्मक घटना बढिरहेकाले दाइजोलाई दण्डनीय बनाई नियन्त्रण गर्ने कानुन बनाउन लागिएको हो । ४ दशकअघि बनेको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।
आजको कान्तिपुरमा खबर छ– प्रस्तावित नयाँ विधेयकमा विवाहमा दबाब दिई दाइजो दिनरलिन नहुने व्यवस्था गरिएको छ । सामाजिक व्यवहार सुधार गर्न प्रस्तावित नयाँ विधेयकको दफा ४ ले राजीखुसीले दिइने उपहारको पनि सीमा तोकिदिएको छ । त्यसमा दुलहा पक्षले दुलहीलाई कपडा तथा बढीमा ४० ग्राम सुन वा त्यस बराबरको प्रचलित मूल्यले हुने रकमको गहना राजीखुसीले दिन सकिने उल्लेख गरिएको छ । त्यसबाहिर गई दबाब वा करकापमा पारी दाइजो लेनदेन गरेमा बिगो जफत गरी सोहीबमोजिम जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
दाइजो लेनदेन भइनसकेको तर लेनदेन हुन लागेको सूचनाका आधारमा ५० हजार रुपैयाँसम्म जरिवाना वा डेढ महिना कैद वा दुवै सजाय हुन सक्नेछ । सामाजिक व्यवहारमा अनुत्पादक खर्च तथा भडकिलो प्रदर्शन गर्ने प्रवृत्तिलाई रोक्न, सर्वसाधारण जनताको आर्थिक हित कायम गर्न तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ, मितव्ययी र मर्यादित बनाउन कानुन परिमार्जन गर्न लागिएको हो । त्यसैगरी दाइजो वा तिलक लेनदेनसम्बन्धी कुनै सम्झौता भए यही कानुनअनुसार स्वतस् बदरभागी हुनेछ । यसअघिको कानुनमा विवाहमा ५१ जनासम्म मात्र जन्ती जान सक्ने व्यवस्था भए पनि सबैतिरबाट त्यसको उल्लंघन गरिएको थियो । प्रस्तावित कानुनमा भने जन्ती संख्या बढाएर एक सय ५० पुर्याइएको छ । जन्तीमा सहभागीलाई नगद वा जिन्सी उपहार समेत दिन नमिल्ने भनिएको छ ।
अनावश्यक रूपमा हुने भोज र सहभागी संख्यालाई समेत नियन्त्रण गरिएको छ । प्रस्तावित कानुनमा विवाहका लागि हुने भोजमा ३ सय ५० र अन्य सामाजिक व्यवहारको काममा हुने भोजमा एक सयभन्दा बढी सहभागी हुन नपाइने व्यवस्था छ । धार्मिक, सामाजिक कार्य वा कल्याणकारी कामका लागि खर्च जुटाउने हिसाबले गरिने काममा भने यो बन्देज हुने छैन ।
सामाजिक व्यवहार गर्ने व्यक्तिले काम सम्पन्न भएको १५ दिनभित्र सम्पूर्ण हिसाबकिताब स्थानीय निकायमा बुझाउनुपर्ने नयाँ प्रावधान समेत त्यसमा छ । प्रस्तावित कानुन उल्लंघन गर्ने विरुद्ध फौजदारी अभियोगमा सरकारवादी मुद्दा चल्ने व्यवस्था पनि छ ।
यो विधेयक हाल संसदको राज्य व्यवस्था समितिमा विचाराधीन छ । ‘विधेयकमाथि दफावार छलफल भइरहेको छ ।
केही महिनाभित्रै संसद्को पूर्ण बैठकमा पेस हुनेछ,’ समितिका एक सदस्यले भने । यो विधेयकले ऐनको रूप लिएपछि २०३३ सालको सामाजिक व्यवहार सुधार ऐन भने खारेज हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: