Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सुनसरीमा हात्ती आतङ्क, स्थानीय रातभर जाग्राम

इनरुवा, २० पुस । सुनसरी पश्चिम कुशाहा गाविस–४ का योगेन्द्र उराव रातिको समयमा चयनले सुत्न पाउँदैनन् । दिनभरि काममा थाकेर आराम गर्नका लागि घर आउने योगेन्द्रको आराम गर्ने सपना करिब चार महिनादेखि पूरा भएको छैन । कारण एउटै हो, जङ्गली हात्तीको आतङ्क । कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिकरुपमा राति र दिउँसोको समयमा निस्कने हात्तीको आतङ्कले उहाँ हैरान मात्र नभई आजित हुनु भएको छ । उनी मध्यवर्ती क्षेत्रका लागि एक उदाहरणका पात्र मात्र हुन । उनी जस्तै हरिपुर, श्रीपुर क्षेत्रका स्थानीयवासीलाई दिनभरि काम गरेर आउने र राति आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको श्रीपुर गाविसका श्यामनारायण खेरवारको भनाइ छ । हात्तीले आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षतिसमेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको पश्चिम कुशाहा–४ का रामनारायण सिंहको गुनासो छ । आरक्षबाट प्रत्येक दिन रातको समयमा तीन÷चार वटाको समूहमा निस्कने जङ्गली जनावरका कारण स्थानीयवासी जङ्गली जनावर धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएका छन् । आरक्ष क्षेत्रमा सोलार फेन्सीङको केही क्षेत्रमा व्यवस्था गरेको भएपनि कमजोर तारबारका कारण जङ्गली जनावर निर्बाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउने गरेको श्रीपुरका धर्मेन्द्र मेहताको भनाइ छ । स्थानीयवासी मात्र नभई आरक्षबाट दैनिकरुपमा आउने जङ्गली हात्तीका कारण आफूहरु समेत समस्यामा परेको आरक्षका कर्मचारीको गुनासो छ । रातिको समयमा हात्तीले सुतेको कोठाअगाडि आएर बितण्डा मच्चाउने गरेका कारण रातिको समयमा ज्यान जोगाउन समस्या भएको आरक्षका सहायक संरक्षण अधिकृत झोलाइ चौधरीले बताए । स्थानीयवासीलाई काठ दाउरा र चरीचरनबाट रोक लगाउने गरेको भएपनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा स्थानीयवासीले आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासीन रहेको स्थानीयवासीले बताएका छन् । आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न ध्यान नदिएको आरक्ष क्षेत्रका सर्वसाधारणको गुनासो छ । एकतर्फ हात्तीको आतङ्क र अर्कोतर्फ आरक्षमा सुरक्षार्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु पाँचसय जरिवाना तिराउने गरेको स्थानीयवासीको आरोप छ । हात्ती आतङ्क जारी रहेको भएपनि आफूले नियन्त्रणको प्रयास गरिरहेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार शाहले बताए। उनले यहाँ धेरै समस्या रहेको स्वीकार गर्दै समाधानको प्रयासमा आरक्ष लागेको बताउँछन् । हात्तीले स्थानीयवासीको घर तोडफोड गर्नुका साथै आरक्षको कार्यालयलाई समेत अछुतो राखेको छैन । आरक्षको बाउन्ड्री वाल ९घेरा पर्खाल०, भान्सा कोठा पनि हात्तीले तोड्फोड गरिदिएका छन् । यसमा आरक्ष मात्र नभई स्थानीय प्रशासन र सरकारको ध्यान जानु जरुरी छ नत्र अहिले घर तोडफोड गरिरहेको हात्तीले मानिसको ज्यान लिन समेत पछि पर्नेछैन । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy