Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सरकारलाई सर्वोच्चको परमादेश : ‘बेपत्ताको अंश नामसारी कानुन बनाऊ’

\"\"काठमाडौं, २१ पुस । सर्वोच्च अदालतले बेपत्ताको अंश परिवारका व्यक्तिका नाममा सार्ने व्यवस्थाका लागि कानुन बनाउन बुधबार सरकारलाई परमादेश दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– सर्वोच्चले बेपत्ता व्यक्ति कानुनतः बाह्र बर्षसम्म नफर्केमा हकवालाले अंश बाँडीचुडी खाने व्यवस्था गर्न पनि परमादेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकास मिश्र र केदार चालिसेको संयुक्त इजलासले पीडितको हकमा उक्त बाध्यकारी परमादेश जारी गरेको हो । अन्तरिम संविधान २०६३ को धारा १९(१) ले प्रदान गरेको सम्पत्ति आर्जन गर्ने, वेचविखन गर्ने, भोग गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने मौलिक हक हुने सुनिश्चित गरे पनि बेपत्ता परिबारका लागि न्यायप्राप्तिको अनुभूति नभएको दाबीसहित कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) का तर्फबाट अधिवक्ता अनिता न्यौपाने थपलिया र शशीकुमारी अधिकारीले २०६८ जेठमा रिट दिएका थिए । कानुनी अभाव र झञ्झटका कारण दश बर्षे युद्धका क्रममा मारिएका र बेपत्ता हजारौं व्यक्तिका परिबार बढी पीडित भएको दाबी उनीहरुको थियो । द्वन्द्वमा एक हजार तीन सय ७८ बेपत्ता भएको रेडक्रसको तथ्याङ्क पनि रिटसँगै पेश भएको थियो । बेपत्ता आयोगमा पीडितका तर्फबाट झण्डै २९ सय उजुरी परेका छन् । अन्य अबस्थामा बेपत्ता भएका व्यक्तिको संख्या एकिन हुन सकेको छैन । द्वन्द्वमा अधिकांश घरका मुल व्यक्ति बेपत्ता भएको अबस्था छ । यस्तो अबस्थामा घरपरिबारको हेरचाह, पालनपोषण, शिक्षा दिक्षा जस्ता पारिबारिक जिम्मेबारी सहसंरक्षणको हुन्छ । मौजुदा कानुनले मुख्य संरक्षक बेपत्ता भएको अबस्थामा सहसंरक्षकले उस्को नामको सम्पत्ति बेचविखन वा अन्य कारोबार गर्नसक्ने गरी कानुनी अधिकार नदिएको भनाई पनि उनीहरुको थियो । \'यस्तो व्यवहारिक कठिनाईले बेपत्ताका पत्नी तथा छोराछोरीले आर्थिक अभावमा शिक्षा र स्वाश्थ्य जस्ता आधारभुत आवस्यकताबाटै वञ्चित हुनुपरेको अबस्था छ,\' परमादेश जारी भएपछि अधिवक्ता थपलियाले भनिन् । थपलियाका अनुसार मुलुकी ऐनमा अंश, अपुताली तथा वकसपत्रमार्फत सम्पत्तिको हक हस्तान्तरण हुने बाटो छ । कानुनले अंशलाई जन्मसिद्ध नैसर्गिक अधिकार पनि मानेको छ । तर बेपत्ता व्यक्ति जिवित छ वा मृतभनेर निक्र्योल नभएको अबस्थामा अंश मुद्दाबाट हकवालाले अनेकौं झञ्झट व्यहोनुपर्ने अबस्था छ । यस्तै अपुतालीको हकमा पनि व्यक्तिको मृत्युपश्चात निजको नजिकको हकवालामा सर्ने कानुनी व्यवस्था छ । तर बेपत्ता भएका व्यक्तिको परिबारको सम्पत्तिसम्बन्धी हक प्रचलनका लागि कुनै विशेष कानुनी व्यवस्था छैन । ुबेपत्ता भएका व्यक्तिले ऋण लिएर चुक्ता गर्न बाँकी रहेको अबस्थामा निजका पत्नी तथा छोराछोरीलाई धरपकड गर्ने अबस्था छ । तर सम्पत्तिको निर्णय गर्न भने बेपत्ता भएको बाह्रबर्षसम्म कुर्नुपर्ने कानुनी बन्धन रहेको छ,ु थपलियाले भनिन् । यस्तो अन्यौलपूर्ण अबस्थामा नयाँ कानुन निर्माण गर्न परमादेश माग गर्दै महिला अधिकारकर्मी अधिवक्ता थपलिया, दवाडी र शकुन्तला बस्नेतले वहश गरेका थिए । नेपाल पक्ष भएका सन्धि सम्झौताले पनि सम्पत्तिको हकलाई सुनिश्चित गरेको अबस्थामा मुलुकी ऐन, अंशवण्डाको महल, अपुतालीको महलले व्यवस्था गरेका प्रावधानहरु बेपत्ता परिबारको हकमा पर्याप्त नभएको गुनासो पीडितको थियो । अंशवण्डाको महल अनुसार मुद्दा दायर गरेपछि प्रतिबादी बनाउनुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले घरमुली बेपत्ता भएको अबस्थामा प्रतिबादी कायम व्यवधान उत्पन्न गरेको छ । यस्तै अपुतालीको महल अनुसार व्यक्ति मरेपछि पनि सम्पत्तिको हक रहने भनिएको पनि बेपत्ताको बिषयमा मौन छ । सर्वोच्चले बेपत्ता भएका परिबारका सदस्यले सम्मानपूर्वक बाँच्न तथा संविधानप्रदत्त सम्पत्तिसम्वन्धी हकको प्रचलनका लागि बेपत्ता व्यक्तिको एक भाग अंश छुट्याएर अन्य अंशियार पत्नी तथा छोराछोरीलाई आफ्नो नाममा मालपोत कार्यालयबाट नामसारी गर्ने व्यवस्था गर्न परमादेश दिइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy