पौष २४ गते, २०७३ आइतवार 8th January, 2017 Sun०७:५६:५१ मा प्रकाशित
काठमाडौं, २४ पुस ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै यहींबाट ठूला–ठूला तस्करीका घटना हुने गर्छन् ।
आजको कान्तिपुरमा खबर छ– कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर आएको ३३ किलो अवैध सुन बरामदको पछिल्लो घटनाले यहाँको सुरक्षा प्रणालीमाथि गहन प्रश्न उठाएको छ । जवाफमा सबै निकाय एकले अर्कालाई दोष दिन्छन् । जानकारहरू भन्छन्, ‘सबैको मिलेमतोमा हुने सेटिङबिना यस्ता घटना हुनै सक्दैनन् । तस्करी गर्नेहरू उम्किनै पाउँदैनन् ।’
पूर्वएआईजी नवराज ढकाल यसलाई घुमाउरो पारामा ‘अन्तरसमन्वयमा कमजोरी’ ठान्छन् । ‘कमजोरी भएपछि एउटाले अर्को निकायलाई दोष लगाउने तर अन्तरसमन्वयमा कसरी चुकियो भनेर समीक्षा नगर्ने प्रवृत्तिले यस्ता घटना दोहोरिइरहेका छन्,’ उनले भने, ‘३३ किलो सुन बरामदको घटनाले विमानस्थलको सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठेको छ । यो घटनाले आशंका जन्माउँछ कि– विमानस्थल ठूला अपराध र गैरकानुनी तस्करीको केन्द्र भइरहेको त छैन ?’
सिनामंगलस्थित भन्सार कार्यालयका अनुसार विमानस्थलभित्र २०७१र७२ मा अवैध सुन बरामदका २२ घटना भए । त्यस अवधिमा १२ नेपाली, १४ भारतीय, एक बंगलादेशीसहित २७ जनाबाट १८ किलो ३ सय ९५ ग्राम अवैध सुन बरामद भयो । २०७२र७३ मा १४ केजी ८ सय ४ ग्राम अवैध सुन बरामद भयो । जसमा ३७ नेपाली, ६ भारतीय, ३ बंगलादेशी, एक थाई र एक बेलायतीसहित ४८ जना पक्राउ परे । विमानस्थलकै अधिकारीहरू भन्छन्, ‘नसमातिएका र बाहिर नआएका घटना झन् धेरै हुन्छन् । सेटिङमा हुने तस्करीमा कहिलेकाहीं लेनदेन नमिल्दा पक्राउ पर्ने हुन् । कुनै बेला काम गरेको देखाउन पक्रिने गरिन्छ । तर, अधिकांश घटनामा मूल तस्कर उम्किएकै हुन्छन् । घानमा पर्ने बिचौलियाहरू हुन्छन् ।’
महानगरीय प्रहरी परिसरका अनुसार साउनयता पाँच महिनामा मात्रै काठमाडौंका विभिन्न स्थानबाट १९ किलो ५ सय ९८ ग्राम अवैध सुन बरामद भएको छ । अनौठो यो छ कि, बरामदका पाँचमध्ये तीन घटना विमानस्थलसँग सम्बन्धित छन् । अवैध सुन बरामदका तथ्यांक केलाउने हो भने कैयन् घटनामा विमानस्थलको संलग्नता जोडिन्छ । यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएको करिब ३३ केजी सुन बरामद गरेको बिहीबारको घटना पहिलो हो । यति ठूला बरामद हतपति हुँदैनन् । यसअघि कात्तिकमा विमानस्थलबाटै ६ केजी ३ सय ७४ ग्राम अवैध सुन बरामद भएको थियो ।
विभिन्न तहमा हुने सुरक्षा जाँच छलेर कसरी अवैध सुन तस्करी भइरहेको छ भन्ने बुझ्न विमानस्थलको कमजोर सुरक्षा प्रणाली र अन्तरनिकाय समन्वय अभाव वा सबैको ‘सेटिङ’ लाई बुझ्नुपर्ने हुन्छ ।
विमानस्थलबाट यसअघि सुनका अलावा लागूऔषध र अवैध विदेशी मुद्रा ओसारपसारका कैयन् घटना सार्वजनिक भइसकेका छन् । २०७१र७२ मा विमानस्थलबाट हङकङ, मलेसिया, थाइल्यान्ड, युरोपेली मुलुक र अफ्रिका पुर्याउन खोजिएको ११ किलो कोकिन र २ हजार २ सय ६० किलो चरेस बरामद भएको थियो । त्यस्तै २०७२/७३ मा ७ केजी कोकिन र १ हजार ३ सय २६ केजी चरेस बरामद भएको थियो ।
अवैध सुन, लागूऔषध र अवैध मुद्रा कारोबारीले विमानस्थललाई सुरक्षित ट्रान्जिटका रूपमा प्रयोग गरिरहेका देखिन्छन् । २०७२ मंसिरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको अवस्था सुधार्न भन्दै अध्ययन टोली गठन गरेको थियो । टोलीले २०७२ मंसिर १४ मा सार्वजनिक गरेको प्रतिवेदनमा विमानस्थलभित्र अन्तरनिकाय समन्वयको अभाव मात्रै औंल्याइएको छैन, गम्भीर सुरक्षा खतरा निम्तिने विषयलाई समेत विमानस्थल प्रशासनले सामान्य रूपमा लिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘विमानस्थलको पास बोकेका अनावश्यक व्यक्तिसमेत प्रस्थान गेटभन्दा बाहिर एयरसाइडमै पुग्ने गर्छन् ।’ प्रतिवेदनले अध्यागमनमा कार्यरत कर्मचारीहरू अफिसियल पोसाकमा नरहने गरेको समेत देखाएको छ । यस्तो तथ्यले गैरकानुनी काममा कर्मचारीको संलग्नतालाई बल पुर्याउँछ भन्ने प्रतिवेदनको आशय हो ।
त्यही समितिले २०७३ जेठ २५ गते विमानस्थलको अनुगमन गरेर सुझावसमेत दिएको थियो । हवाई सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रहरू एयरसाइड तथा अन्तर्राष्ट्रिय उडानका यात्रुको ब्यागेज मेकअप एरिया र आगमनको ब्यागेज स्क्रिनिङमा सीधै प्रवेश गर्नेहरूको सुरक्षा जाँच हुने नगरेको तथ्य प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनले विमानस्थलमा कार्यरत विभिन्न निकायका कर्मचारी नै गैरकानुनी तथा अवैधानिक काममा संग्लन हुने गरेको समेत देखाएको छ । प्रतिवेदनमा छ, ‘यस्ता अवैधानिक गतिविधि हुन सक्ने स्थानको पहिचान गरी थप निगरानी बढाउनुपर्ने देखिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: