Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

ओम पुरी, जसले गरेका थिए आफ्नो मृत्युको भविष्यवाणी

\"\"शुक्रबार बिहान भारतका अभिनेता ओम पुरीको मृत्युको खबर अचानक आयो । अघिल्लो दिनसम्म उनी फिल्मको सुटिङमा व्यस्त थिए । त्यसैले अचानक शुक्रबार बिहान आएको समाचारले सबैलाई आश्चर्य चकित बनाइदियो । अाजकाे नयाँपत्रिकामा प्रकासित अाेम पुरीकाे ८ किस्सा  : १. ओम पुरीलाई थिएटरसँग ठूलो लगाव थियो । एकपटक नाटकमा अभिनय गर्न जानका लागि उनलाई अफिसले छुट्टी दिएन । नाटकमा उनी कतिसम्म लगाव राख्थे भने उनले त्यतिवेला त्यो जागिर नै छाडिदिएका थिए । उनले भनेका थिए, ‘म एउटा वकिलसँग काम गर्थें, उनले मलाई लगातार तीन दिन बिदा दिन मानेनन् । त्यतिवेला मैले आफ्नो हिसाब मागेर जागिर छाडिदिएको थिएँ ।’ सन् २०१४ मा ‘द अनुपम खेर सो’मा ओम पुरीले यो विषयमा जानकारी दिएका थिए । सन् १९९० मा भारतको सबैभन्दा प्रतिष्ठित सम्मान पद्मश्री पाएका ओम पुरीले कुनै समय ढावा पसलमा काम मात्र गरेनन्, चियाका गिलास माझेर जीवन गुजारा पनि गरे । २. ओम पुरी खासमा सेनामा जान चाहन्थे, तर उनी अभिनेता बने । उनले भनेका छन्, ‘मैले स्कुलमा तीनवटा छोटा फिल्म गरेको थिएँ । तर, यसैका कारण म अभिनेता बन्छु भन्ने मलाई पनि लागेको थिएन । म सेना बन्न चाहन्थेँ । तर, जब म कलेजमा आएँ, तब मलाई अभिनेता बन्ने, एक्टिङ गर्ने भोक जाग्यो ।’ ३. ओम पुरी नाटकबाट हुने सन्तुष्टिका कारण अभिनयमा लागिरहेका थिए । उनले भनेका छन्, ‘मलाई सधैँ लागिरहेको हुन्थ्यो, म जे महसुस गर्छु त्यो मेरो जीवनको वास्तविकता हो, सत्यता हो । मलाई सधैँ केही भन्न मन लागिरहेको हुन्थ्यो । त्यसका लागि नाटक माध्यम बन्यो । हामी जुन नाटक गरिरहेका थियौँ, त्यो मेरो नशा बन्यो । यसको कारण नाटकले दिने सन्तुष्टि थियो ।’ ४. ओम पुरी सरकारी जागिर छाडेर अभिनय गर्न थालेका थिए । उनका अनुसार उनी ‘लोअर डिभिजन क्लर्क’ थिए । तर, उनी त्यतिवेला भारतको नाटक स्कुलमा भर्ना हुन चाहन्थे । उनले यही चाहना डिवानासँग राखे । डिवानाले उनलाई भने, ‘हेर, तिमी सरकारी जागिर गरिरहेका छौ र यस्तो जागिर पाउन अत्यन्त गाह्रो हुन्छ । तिमी किन थिएटरमा जान चाहन्छौ रु त्यहाँ खासै पैसा पनि हुँदैन । तिमी गरिब परिवारका हौ, त्यसैले के कमाउँछौ रु’ तर, उनले आवेदन दिइसकेका थिए । उनी छानिए पनि । अनि उनले डिवानालाई जवाफ दिए, ‘म छानिएँ, सरकारी जागिर छाडिदिएँ ।’ ५. अभिनेता नसिरुद्दिन शाह जहिले पनि ओम पुरीको प्रशंसा गरिरहेका हुन्थे । यी दुईको भेट पनि भारतको नेसलन स्कुल अफ ड्रामामा भएको थियो । पहिलो भेटबारे नसिरुद्दिन शाहले सम्झिएका छन्, ‘म एनएसडीको सिँढी चढिरहेको थिएँ । उताबाट ओम आइरहेका थिए । उनले आफैँ परिचय गरे– माइ नेम इज ओम पुरी । त्यतिवेला उनको स्वर सुन्दा मलाई लागेको थियो– ओहो, मेरो पनि यस्तै आवाज भइदिएको भए !’ ६. ओम पुरी आफूलाई ओम पुरी बनाउन साथीहरूको ठूलो हात रहेको बताउँथे । उनले भनेका थिए, ‘मलाई बा–आमाले जन्म दिनुभयो । तर, साथीहरूले पाल्नुभयो । त्यस्ता साथीमध्ये एक त नसिरुद्दिन नै हुन् । म सानोमा अत्यन्त इन्ट्रोभर्ट थिएँ । युवतीसँग त झन् बोल्न नै सक्दिनथेँ । तर, जब म नाटकमा काम गर्न थालेँ, तब मैले मनको कुरा पनि सहजै भन्न सकेँ ।’ ७. ओम पुरीले आफूलाई अंग्रेजीले गर्दा समयसमयमा समस्या हुने गरेको बताएका थिए । उनले भनेका थिए, ‘एनएसडीमा मलाई अंग्रेजीका कारण धेरै समस्या भएको थियो ।’ तर, उनलाई पछि कलेजका शिक्षकले अंग्रेजीमा नबोल्न र अंग्रेजी सुधार्नका लागि पत्रिका पढ्न सल्लाह दिए । उनले साथीहरूसँग पनि अंग्रेजी बोल्न थाले । तर, जब उनीहरू उनको गल्तीमा हाँस्थे, तब ओम पुरी सजग हुन्थे । साथीहरूले हाँसेर उडाउँदा पनि उनले समस्या मानेनन् । पछि त ओम पुरीले २२–२३ वटा अंग्रेजी फिल्ममा नै काम पनि गरे । ८. मार्च २०१५ मा ओम पुरीले बिबिसी हिन्दीका लागि अन्तर्वार्ता दिएका थिए । त्यो अन्तर्वार्तामा ओम पुरीले आफ्नो मृत्युबारे पनि कुरा गरेका थिए । उनले भनेका थिए, ‘मेरो मृत्यु अचानक हुन्छ ।’ बिबिसीका पत्रकार आलोकप्रकाश पुतुललाई दिएको त्यो अन्तर्वार्तामा ओम पुरीले भनेका थिए, ‘मृत्युको डर हुँदैन । तर, रोगको डर हुन्छ । जब म बिमारीका कारण मानिसहरू लाचार भएको र अरूप्रति निर्भर भएको देख्छु, तब मलाई डर लाग्छ । त्यस्तो नहोस् भनेर डर लाग्छ । मृत्युसँगचाहिँ डर लाग्दैन ।’ अन्तर्वार्तामा उनले थपेका थिए, ‘मृत्युबारे त तपार्इंलाई थाहा पनि हुँदैन । सुत्दासुत्दै मृत्यु हुन सक्छ । (मेरो मृत्युबारे) तपार्इंलाई थाहा हुनेछ कि ओम पुरीको आज बिहान ७ बजेर २२ मिनेट जाँदा मृत्यु भयो ।’ यति भनेर उनी अन्तर्वार्तामा हाँसेका थिए ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy