Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

चरिकोट, २७ पुस । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ । दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छिन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ । बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् । तर यहाँ उमेर समूहका आधारमा र कक्षा चढेका आधारमा विद्यालय नहुँदा दोलखाका थुप्रै बहिरा शिक्षा लिनबाट वञ्चित छन् । यही उदारहण हो लक्ष्मी श्रेष्ठको पनि । उनी भूकम्प जानुभन्दा पहिले सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा पढ्थिन् । भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको समबन्ध छुटायो उनलाई । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन् । लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नु पर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो साङ्केतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् । आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ रहेको छ । उनी भन्छिन् – “मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर मू कक्षा २ मा अध्ययन गरिरहेको छु ।” “मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु,” उनी दुखेसो गर्दै भन्छिन्, “मानिस अगाडि बढ्छन् तर मेरो जिन्दगी पछाडि फर्किएको छ । मैले दुई वर्ष मात्रै पढ्ने अवसर पाएको भए यति बेला एसएलसी पास गर्ने थिएँ होला । पढ्ने अवसर गुम्दा जिन्दगीमा थुप्रै अवसर गुम्यो ।” उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन् । एउटै कक्षा कोठामा तीन वटा कक्षा भनेर पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ यहाँ । पछाडि एक कक्षा चलिरहेको भने अगाडि दुई कक्षा सञ्चालन भइरहेका छन् । बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन् । अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन् । भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ । विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन् – “यहाँ दुई कक्षा मात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भयो ।” यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पु¥याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा साङ्केतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ । उनी थप्छिन् – “नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् साङ्केतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन ।” बहिरालाई दया गर्ने मात्र हैन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ रहेको छ । सुन्ने विद्यालयमा नसुन्नेले पढेपछि उन्नाइस वर्षीय सुवास मगर बैतेश्वर मावि नाम्दुमा कक्षा १० मा सुन्ने विद्यालयमा पढ्थे । आफूले केही नजाने पनि विद्यालयले उसै कक्षा चढाइदिएकाले अहिले बहिरा विद्यालयमा केही नआउँदा वा नजान्दा आफूलाई लाज हुने गरेको बताउँछन् । त्यस्तै, ज्ञानु तामाङ पनि कक्षा ७ मा सुन्ने विद्यालयमा नै अध्ययन गरेकी हुन् । उनी पनि आफूले अक्षर चिन्न बहिरा विद्यालयमा आएर थालेपछि कक्षा कतिमा पढ्ने भन्ने थाहा भएको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy