Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लुटेरै लखपति

\"\"काठमाडौं, २८ पुस । दोरम्बा गाविस–८ रामेछापका सागर भन्ने टीका थापामगरले लुटपाट, चोरी तथा डकैतीबाट पछिल्लो १० वर्षमा लाखौं रुपैयाँ बराबरको सम्पत्ति जोडे । आजको कारोबार दैनिकमा खबर छ– ०६४ सालयता पटके कारबाहीमा पर्दै आएका उनी बैंकबाट रकम लिएर बाहिरिँदै गर्दा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटपाट अभियोगमा बिहीबार पुनः छैटौं पटक प्रहरी फन्दामा परे । प्रहरीका अनुसार थापामगरले लुटेको धनबाटै बनेपामा पक्की घर समेत बनाएको फेला पर्‍यो । ओखलढुंगा चण्डेश्वरीका महेश खड्काले चोरी तथा डकैतीबाटै केही वर्षअघि काठमाडौंमा १२ आना जग्गा जोडेको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । पेसेवर चोर विरुद्धको कारबाहीमा पक्राउ परेपछि उनको अपराध धन्दाबारे महानगरीय प्रहरी अपराध महाशाखाले त्यसको पर्दाफास गरेको थियो । रोजगारीका क्रममा काठमाडौं आएका धादिङका लोकबहादुर विश्वकर्माले पनि पैसा कमाउन अपराधकै सहारा लिए । स्थानीय टोले गुण्डा र लुटेरासँग संगत बढाउँदै उनी लुटपाटको सम्पत्तिबाटै बालाजुमा सुनचाँदी व्यवसायीको रूपमा उदाए । तर चोर÷पकेटमारकै सुराकीबाट उनी प्रहरी फन्दामा परे । राजधानीभित्र चोरी, पकेटमारी, लुटपाट, डकैती जस्ता शृङखलाबद्ध अपराधमा थापामगर, खड्का र विश्वकर्मा प्रतिनिधिमूलक पात्रमात्रै हुन् । महानगरीय प्रहरी अपराध महाशाखा तथा स्थानीय प्रहरीले यस्ता अपराधबाट लाखौं रुपैयाँ बराबरको चलअचल सम्पत्ति आर्जन गर्ने अभियुक्तलाई कारबाहीको दायरामा ल्याएको छ । महाशाखाका अनुसार छिट्टै सम्पत्ति आर्जन गर्ने लोभमा कैयौं युवा यस्ता अपराधमा संलग्न हुँदै आएका छन् । प्रहरीका अनुसार विभिन्न आवरणमा रहेका गुण्डा नाइकेसँग संगत बढाउँदै आफैं अपराधमा संलग्न हुने युवाको संख्या पछिल्ला दिन बढ्दो क्रममा छ । प्रहरीले दैनिकजसो पक्राउ गर्ने अभियुक्तहरुमा विशेषगरी १५ देखि ३५ वर्ष उमेर समूहका होटल÷रेस्टुराँमा काम गर्ने मजदुर÷बाउन्सर, घरेलु कामदार, चालक तथा बेरोजगार युवा रहेको महाशाखाको अपराध तथ्यांकमा उल्लेख छ । पक्राउ परेका लुटेरा तथा चोरमाथि अनुसन्धान गर्ने क्रममा अपराधबाटै कतिपय लाखदेखि करोड रुपैयाँसम्म सम्पत्ति आर्जन गर्ने गरेको देखिन्छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल टोलेगुन्डा हुँदै संगठित अपराधमा संलग्न व्यक्तिसँगको संगतबाट कतिपय व्यक्ति पेसेवर अपराधीको रूपमा सक्रिय हुँदै आएको बताउँछन् । उनका अनुसार उत्यकाभित्र सार्वजनिक यातायातमा तथा भीडभाड हुने स्थानमा पकेट मार्नेदेखि सुनचाँदी पसलमा लुटपाट गर्नेसम्मका विभिन्न गिरोह उपत्यकामा सक्रिय देखिन्छन् । जसलाई स्थानीय क्लब सञ्चालक, डान्स÷रेस्टुराँ, होटल, यातायात लगायतमा आवद्ध मजदुर, सडक बालबालिका लगायतलाई गिरोहले संगठित रूपमा परिचालन गर्ने गरेको प्रहरीको दाबी छ । यस्तो अपराधलाई पेसेवर गिरोहले सम्पत्ति आर्जन गर्ने सजिलो माध्यम बनाएको उनको दाबी छ । “उपत्यकाभित्र सक्रिय गिरोहले अपराधलाई सम्पत्ति आर्जन गर्ने माध्यम बनाएका छन्,” एसएसपी खनालले भने, “यसका पछाडि गरिबी, बेरोजगारी, अशिक्षा तथा प्रलोभन प्रमुख कारण देखिन्छ ।” अपराधबाट धनी बनेका कतिपय अपराधी विस्तारै सामाजिक कामको आवरणमा समाजमा स्थापित हुन खोज्ने क्रम पनि बढेको उनले बताए । त्यस्ता व्यक्तिमाथि प्रहरी निगरानी बढाइएको उनले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy