पौष २९ गते, २०७३ शुक्रवार 13th January, 2017 Fri१०:५४:४२ मा प्रकाशित
चितवन, २९ पुस । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन् ।
निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा पठाइसकिएकाले अर्ना नियन्त्रणमा लिन त्यहीँका हात्ती परिचालन गरिनेछ । डार्ट गरेर बेहोस बनाई ल्याउनुपर्ने भएकाले चितवन राष्ट्रिय निकुञ्जबाट वरिष्ठ पशु चिकित्सकसहित १५ जनाको टोली त्यसतर्फ जाने तयारीमा छ ।
बेहोस बनाएपछि अर्नालाई खोरमा राखेर ल्याइनेछ । यसअघि गैँडा स्थानान्तरणका लागि बनाइएको एउटा खोर र अर्नाका लागि हालै बनाइएको दुईवटा खोर गरी तीनवटा खोर अर्ना पहिलो चरणमा ल्याउने तयारी गरिएको कँडेलले बताए । चार देखि ६ वर्ष उमेर समूहका अर्ध वयस्क अर्ना ल्याइँदैछ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण कार्य सम्पन्न भएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर छ फिट अग्लो खोर बनाइएको उनले बताए ।
खोरमा वरिपरि सोलार (विद्युतीय) फेन्सिङ गरिएको छ जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । अर्नाको सबैभन्दा ठूलो शत्रु बाघ हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बथानमा परिणत नभएसम्म अर्नालाई खोरमै राख्ने तयारी गरिएको छ ।
बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताए । बाघबाट बचाउनका लागि पनि विद्युतीय तारबार प्रभावकारी हुने ठानिएको छ ।
खोरसम्म जानका लागि सौराहाबाट ६ किलोमिटर र कसराबाट २० किलोमिटर दूरी पार गर्नुपर्छ । सो स्थानसम्म जाने बाटोसमेत मर्मत गरिएको कँडेलले बताए । खोर नजिक मचान रहेको छ । सोही मचानमा रहेर अर्नाको अनुगमन गरिने पनि कँडेलले जानकारी दिए ।
कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँचभाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि यहाँ ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पाँच भाले र २० वटा पोथी बाह्रसिङ्गे पनि ल्याइने भएको छ ।
इन्क्लोजरभित्र चारसय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसेमैदान हो । एकै ठाउँमा रहेका वन्यजन्तु अर्को ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आइएको छ ।
गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्ती लगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारीमा पर्यटक आउने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: