Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पहिला कमैया छानिन्थ्यो, अहिले गाउँका अगुवा

\"\"नेपालगन्ज, १ माघ । त्यो दिन माघीको उल्लास थियो । उनी नौ वर्षकी थिइन् । घरमा मासु पाकेको थियो, ढिक्री र रोटी पाकेका थिए । उनी भाइबहिनीसँग रमाइलो गर्दै थिइन् । गाउँका जमिन्दार घरमा आए । बाबुआमालाई फकाए । उनलाई आफ्नो घरमा लगे । त्यसपछि दिलकुमारीलाई थाहा भयो, उनी त्यो घरमा कमलहरी भइसकेकी थिइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– त्यसपछिका हरेक माघीमा उनी झस्किन्थिन्, फेरि कमलहरी बस्न कता पो जानुपर्ने हो ? जमिनदारको घरमा ७ वर्ष कमलहरी जीवन बिताएपछि उनलाई केही संघसंस्थाले उद्धार गरे । त्यसपछि उनी स्कुल भर्ना भइन् । बीएको अन्तिम वर्षमा पढ्दै गरेकी ती दिलकुमारी चौधरी अहिले मुक्त कमलहरी मञ्च बाँकेको अध्यक्ष छिन् । अबका माघीले उनलाई झस्काउँदैन । बरू नयाँनयाँ योजना बनाउन उत्साह जगाउँछ । ‘अब त्यस्तो छैन, माघीले झन् नयाँ रौनक दिन्छ । नयाँनयाँ योजना बनाउन मन लाग्छ, साथीभाइ भेला भएर सल्लाह गर्छौ, केही नयाँ गर्न मन लाग्छु, २४ वर्षीया दिलकुमारी भन्छिन्, ‘अझैं पनि लुकीछिपी कम्लहरी राख्नेहरू छन्, ती दिदीबहिनीलाई कसरी त्यो जीवनबाट मुक्त गर्ने भन्ने सोचिरहन्छु, हामी माघीमै यसबारे नयाँ योजना पनि बनाउँछौं ।\' कुनै बेला थियो । माघी आउनासाथ थारू युवायुवतीमा एक प्रकारको त्राश हुन्थ्यो अब कमैया/कमलहरी बस्न कता जानुपर्ने हो ? अनि पुरानालाई एक किसिमको खुसी र त्राश उत्तिकै हुन्थ्यो, अझैं बस्नुपर्ने हो कि, मालिक फेरिने हुन् भन्ने । तर अब माघी फेरिएको छ । अब पहिलाको जस्तो त्रास हैन, उल्लास बोकेर आउँछ माघी । परम्परा उही हो, व्यवहार फेरिएको छ । काम फेरिएका छन् । कैलालीका भलसन्सा (मटहवाँ) का अध्यक्ष बिलारु चौधरीलाई पनि माघी फेरिए झै लागेको छ । कमैया, कमलहरीको अब कुरै उठ्दैन । बरू साँझ खानपिनमा जमेका बेला कसैकसैले पुराना दिन सम्झिन्छन् । हाँसो, रमाइलो हुन्छ । पूजाआजा र खानपिन अनि नाचगानसँगै माघीमा अर्को काम सुरु हुन्छ, भलमन्सा, मटहवाँ अनि चौकीदार र गाउँका अगुवा चुन्ने । ‘पहिला–पहिला त कमैया कमलहरी पनि फेरिन्थे कुन घरबाट कुन जमिनदारलाई कमैया वा कमलहरी पठाउने भन्ने सल्लाह हुन्थ्योु, बिलारु भन्छन्, ‘अब त्यस्तो छैन, माघी फेरिएको छ, संस्कार र परम्परा फेरिन थालेका छन्, अब हामी भलसन्सा, अगुवा अनि चौकीदार चुन्छौँ, कमैया, कमलहरी हैन ।\' बर्दिया भलमन्साका अध्यक्ष मथुरा थारूको अनुभव पनि त्यस्तै छ । उनको अनुभवमा माघी अब विशुद्ध पारिवारिक जमघट, गाउँघरका नयाँ योजना छनोट, अगुवा, भलमन्सा, चौकीदार छनोटकै पर्व भएको छ । ‘पहिलापहिला माघीमा हामी जति खुसी हुन्थ्यौँ, त्यो खानपिनका लागि मात्रै थियो, मीठो खान पाइन्थ्यो, राम्रो लुगा पाइन्थ्यो अनि फेरि दुःखी हुन्थ्यौँ किनकि हामीलाई कमैया बस्न जानुपथ्र्योु, उनी भन्छन्, ‘अब त दिन फेरिएका छन्, अब हामी गाउँमा विकासका योजना छान्छौँ, कमैया हैन ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending