Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने तयारी

\"\"काठमाडौं, ५ माघ । स्थानीय तह पुनर्संरचना आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न मापदण्ड बनाउने तयारी गरेको छ । आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको आधार भने यसअघि नै तयार गरे पनि उक्त आधारमा रहेर मापदण्ड निर्धारण गर्ने तयारीमा आयोग रहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ– पहिलो चरणमा गाउँपालिका र नगरपालिकाको सङ्ख्या, सिमाना निर्धारण र दोस्रो चरणमा विशेष संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न सरकारले आयोगलाई कार्यादेश (टीओआर) प्रदान गरेको थियो । आयोगका सदस्य सुनीलरञ्जन सिंहका अनुसार विशेष, संरक्षित र स्वायत्त क्षेत्रको मापदण्ड निर्धारण गरेपछि मात्रै कति सङ्ख्यामा विशेष, संरक्षित र स्वायत्त क्षेत्र बन्छ भन्ने एकिन हुनेछ । आयोगले विशेष क्षेत्र निर्धारणका आधारमा आर्थिक रूपमा पछि परेका क्षेत्र वा समुदाय, सामाजिक रूपमा अति पछि परेका समुदाय र भौगोलिक कठिनाइ भएको क्षेत्रलाई विशेष क्षेत्र निर्धारण गर्न सकिने आधार बनाएको छ । त्यस्तै संरक्षित क्षेत्रका लागि अति अल्पसङ्ख्यक, लोपोन्मुख समुदाय र अति सिमान्तकृत समुदायको बसोबास भएको क्षेत्रलाई संरक्षित क्षेत्र निर्माणको आधार तय गरिएको छ । आयोगले स्वायत्त क्षेत्र निर्धारणका आधारमा जिल्लामा कुनै भाग वा क्षेत्रमा कुनै जाति, समुदाय वा भाषा, संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्य भएको खण्डमा सो समेटी स्थापना हुने गाउँपालिका वा नगरपालिका र उक्त गाउँपालिका वा नगरपालिकाको वडालाई स्वायत्त क्षेत्रका रूपमा प्रस्ताव गरिने आधार तय गरेको छ । सिंहले भने, “मापदण्ड निर्माणका लागि अहिले आयोगले तथ्याङ्क सङ्कलन गर्ने काम तीव्र बनाएको छ । ” बढीमा एक साताभित्र आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमानाको मापदण्ड तयार गर्ने र सोको आधारमा जिल्ला प्राविधिक सहयोग समितिलाई जिल्लामा बन्नसक्ने विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सिफारिस गर्न आयोगले आग्रह गर्ने सिंहले जानकारी दिए । आयोगका अर्का सदस्य माधव अधिकारीले आयोगले निर्धारित समयभित्रै विशेष, संरक्षित र स्वायत्त क्षेत्रको मापदण्ड निर्माण गरी सोको सङ्ख्या र सिमानासमेत तयार गरी सरकारलाई बुझाउने बताउनुभयो । आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रसँगै काठमाडौँ उपत्यकाको एकीकृत तथा समन्वयात्मक विकासका लागि उपयुक्त संरचनाका बारेमा आवश्यक सुझाव दिनेछ । त्यस्तै संविधानको अनुसूचीमा प्रस्तावित स्थानीय तहको अधिकार क्षेत्रका आधारमा उपयुक्त स्थानीय सेवाको ढाँचासमेत पेस गर्नुपर्ने आयोगलाई दिएको टीओआरमा उल्लेख गरिएको छ । सरकारले गत चैत १ गते घोषणा गरेको स्थानीय तह पुनर्संरचना आयोगले पहिलो चरणमा ७१९ स्थानीय तह बन्ने प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, जसमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउँपालिका रहेका छन् । आयोगको पदावधि आगामी फागुन मसान्तसम्म रहेको छ । यसैबीच आयोगले ७१९ स्थानीय तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएपछि प्रतिवेदनबारे असहमति राख्दै राजनीतिक दल र कतिपय स्थानीयले आयोगमा नाराबाजी, जुलुस र धर्ना दिन थालेपछि आयोगका पदाधिकारीहरू आयोगभन्दा बाहिरै बसेर विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारणको काममा जुटेको आयोगले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy