माघ १३ गते, २०७३ बिहिवार 26th January, 2017 Thu०६:३१:१२ मा प्रकाशित
काठमाडौं, १३ माघ ।विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठुलो धक्का दिएको छ । धेरैले अनुमान गरे विपरित निर्वाचित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हटने निर्णय लिएका छन्।
आजको कान्तिपुरमा खबर छ– त्यति मात्र होइन, अब उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र, चीन, जापान र मेक्सिकोसंगको व्यापारमा उनको विशेष चासो देखिन्छ । उनको चासोले सन १९४८ देखि थालिएको स्वतन्त्र र खुला व्यापार प्रणालीमा ठुलै उथलपुथल ल्याउने संकेत मिलेको छ । ‘व्यापार, कर, आप्रवास र वैदेशिक नीति सम्बन्धि सबै निर्णय अमेरिकी कामदार र उद्योगलाई हेरेर गरिनेछ,’ ट्रम्पले सपथ समारोहमै भनेका थिए । स्वतन्त्र व्यापारका नाममा अमेरिकी रोजगारी गुमिरहेकोमा ट्रम्पको विशेष चिन्ता देखिन्छ ।
उनका अनुसार टिपिपीमा समावेश भएका अन्य ११ देशका कारण २० लाख अमेरिकीले रोजगारी गुमाएका छन् । उनको दावी अनुसार सबैभन्दा बढि ७ लाख ४० हजार मोटर उद्योगमा काम गर्नेहरुको गुमेको छ । उनले जापान र मेक्सिकोका कारण यो क्षति भएको घुमाउरो पारामा आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् ।
त्यहि भएर उनले मेक्सिकोमा बनाउन लागेको टोयोटाको कारखानालाई लक्षित गर्दै त्यहाको उत्पादन नलिने भनिसकेका छन् । ६ बर्षपछि व्यापार नाफामा गएको जापानका लागि यो ठूलो धक्का हो ।
टिपिपिमा जापानसंगै प्रसान्त महासागरको एसिया तर्फका भियतनाम, मलेसिया, ब्रुनाइ, सिंगापुर, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । यसैगरि दक्षिण अमेरिका तर्फका चिलि र पेरुलाई पनि समेटिएको छ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र (नाफ्टा) का ३ सदस्य राष्ट्र क्यानडा, अमेरिका र मेक्सिको पनि निवर्तमान राष्ट्रपति बाराक ओबामाले परिकल्पना गरेको टिपिपिमा छन् । अब अमेरिका त्यसबाट बाहिरिएको छ ।
अष्ट्रेलियाले अमेरिका बाहेक पनि टिपिपिलाई अगाडि बढाउन सकिन्छ कि भनेर प्रयास गर्दैछ । टिपिपिमा नरहेको चीन अब यी मुलुकमा अवसर खोज्न सक्ने अनुमान विज्ञहरुको छ । तर अन्य सदस्य मुलुकका लागि चीनमा बजार खोज्नु त्यति सहज हुने छैन ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले प्राय सबै थोक बनाउछ । त्यो पनि सस्तोमा । त्यसले त्यहा बजार लिनु अरुका लागि फलामको च्युरा चपाउनु सरह नै हुनेछ । अमेरिकालाई पनि चीनमा प्रवेश सहज नभएकाले ट्रम्पले चीनप्रति पनि अनुदार हुने संकेत दिइसकेका छन् । उनको वेबसाइटमा चीनले अमेरिकाको नक्कल गरी उत्पादन गरेका कारण अमेरिकामा रोजगारी गुमिरहेको उल्लेख छ ।
चिनियाँँ सामानमा ४५ प्रतिशत सम्म भन्सार महसुल बढाउने सम्भावना रहेको समाचार अमेरिकी संचार माध्यममा आएका छन् । ‘कमिसन अफ द थेफ्ट अफ द अमेरिकन इन्टिलेक्चुअल प्रोपर्टि’ भन्ने संस्थाको हवाला दिदै चिनियाँको वौद्धिक चोरी रोक्न सके अमेरिकामै २० लाख रोजगारी सिर्जना गर्न सकिने उल्लेख छ ।
अमेरिकाको चीनसंगको व्यापार घाटा ३ खर्ब ६७ अर्ब डलर छ । अमेरिकाबाट चीनतर्फको निर्यात जम्मा एक खर्ब १६ अर्ब डलर थियो भने सन २०१५ मा ४ खर्ब ८३ अर्ब डलर बराबरका सामान अमेरिकाले आयात गरेको थियो । ‘ट्रम्पले नीतिले खुला व्यापार व्यवस्थालाई चुनौति दिएको छ,’ पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘यसले अब चीन खुला बजारको नेतृत्व कर्ता हुने पनि संगसंगै देखिन्छ ।’
भारतसंग भने ट्रम्पले सौहार्द सम्बन्ध राख्ने वताएका छन् । राष्ट्रपति बनेपछि एक हिन्दु पण्डितलाई समेत प्रार्थना सभामा समावेश गराएकाले भारतसंग सुमधुर सम्बन्ध हुन सक्ने विश्लेषण आइरहेको छ । उनले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन वार्ता गरेका छन् ।
मोदीले ट्विट मार्फत ट्रम्पसंग ‘न्यानो सम्वाद’ भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले पनि भारत असल मित्र भएको प्रतिक्रिया दिएका छन् । भारतको अर्थतन्त्रमा अमेरिकाबाट आउने अनलाइन कामको ठूलो हिस्सा छ । तर ट्रम्प भने अमेरिकाको रोजगारी बाहिर सार्ने बिषयमा सकारात्मक छैनन । यसलाई मोदी ट्रम्प मित्रताले कसरी व्यवस्थापन गर्नेछ त्यो भने हेर्न बाँकी नै छ ।
ट्रम्पको अर्को प्रहार उसकै छिमेकी मेक्सिकोमा हुने देखिएको छ । उनले बुधबार दिउसो ९अमेरिकी समय अनुसार० मेक्सिकोसंग सबैतिर पर्खाल लाउने सम्बन्धि बिषयमा हस्ताक्षर गर्ने आकलन गरिएको छ । यसैगरि अमेरिका, क्यानडा र मेक्सिको सदस्य रहेको उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र ९नाफ्टा० लाई पनि फेरि पुर्नमुल्यांकन गर्ने घोषणा गरेका छन् ।
उनले भने जसरी नभए अमेरिका उक्त स्वतन्त्र व्यापार क्षेत्रबाट पनि बाहिरिन सक्नेछ । अमेरिका बाहिरिएपछि नाफ्टाको कुनै अर्थ रहनेछैन । ट्रम्पको बुझाइमा अमेरिकामा नाफ्टाका कारण एक तिहाइ रोजगारी गुमेको छ ।
दक्षिण कोरियासंगको व्यापारमा पनि ट्रम्प उदार नहुने देखिएको छ । उनको दावी अनुसार कोरियाली सामानको अमेरिकामा बढदो प्रभावका कारण अमेरिकीले रोजगारी गुमाएका छन् । सायद यहि देखेर हुनुपर्छ उत्तर कोरियाली नेता किम जुंग उनले ट्रम्पसंग भेटन चाहिरहेको सिएनएनको समाचार छ । उत्तर कोरिया र अमेरिका परम्परागत दुस्मन रहँदै आएका छन् ।
त्यसो त ट्रम्पले ओबामा प्रशासन र त्यस अघि पनि कटु शत्रुता रहेको मुलुक रुससंग पनि सौहार्द व्यवहार गर्ने जनाएका छन् । उनका परराष्ट्र मन्त्री रेक्स टिलरसन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका मित्र भएको अमेरिकी संचारमाध्यममा आइसकेको छ ।
अतिकम बिकसित मुलुकका बारेमा टम्पले बोलिसकेका छैनन । त्यसैले नेपाल जस्ता मुलुकमा के हुने भन्ने प्रष्ट छैन । ओबामाले ६६ वटा नेपाली उत्पादनलाई भन्सार रहित पहुँच दिने भनेका थिए । यसलाई ट्रम्पले फिर्ता लिने सम्भावना न्युन छ । तर उनले सबै देशलाई दिइरहेको सहुलियतपूर्ण बजार पहुँच खारेज गरे भने त्यसको असर नेपालमा पनि पर्न सक्छ ।
‘६६ वटा उत्पादन हामीले चाहेको नभइ अमेरिकाको रुचिमा दिइएको हो,’ ओझाले भने, ‘सायद यसलाई खारेज गरिदैन होला ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: