माघ १८ गते, २०७३ मगलवार 31st January, 2017 Tue०६:१६:४५ मा प्रकाशित
काठमाडौं, १८ माघ । उपत्यका विकास प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्र मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । पछिल्लोपटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन गरेको छ ।
आजको कान्तिपुरमा खबर छ– ‘रोपनीका जग्गा कित्ताकाट भएर, घडेरीमा परिणत भएका छन्,’ बाहिरी चक्रपथ आयोजनाका निमित प्रमुख ध्रुव सापकोटाले भने, ‘अब केही समस्या छैन, ठूलो आयोजना भएकाले मन्त्रिपरिषदबाट अन्तिम स्वीकृत चाहिन्छ, साता दिनभित्रै स्वीकृत हुन्छ होला ।’
पहिलो चरणमा सतुंगल–चोभार खण्डको करिब ६ किमिमा आयोजनाले काम गर्ने तयारी गरेको उनले बताए । पुरै बाहिरी चक्रपथले निर्माण गर्दा करिब ८० हजारदेखि १ लाख रोपनीसम्म जग्गा अधिग्रहरण गर्नुपर्ने उनले बताए । चक्रपथ निर्माण गर्दा भत्किएका घरको मुआब्जा दिने, जग्गाको साटो जग्गै दिने उनले बताए ।
‘५० मिटर चौडाइ सडकवरपरै व्यवस्था गर्छौं, कसैले पनि विस्थापित हुनु पर्दैन,’ उनले भने, ‘तर, २ सय ५० मिटर दायाँबायाँ परेका घर भत्काउँदैनौं, खाली जग्गालाई ‘जग्गा विकास कार्यक्रम’ मार्फत घडेरीमा परिणत गर्छौं ।’ सरकारले निर्णय गरेको ११ वर्षपछि प्राधिकरणले ‘बाहिरी चक्रपथ’ को अन्तिम डीपीआर तयार पारेको उनले बताए ।
निर्माणका क्रममा जग्गा परे स्थानीय बासिन्दाले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको उनले बताए । ‘विरोध पनि छैन,’ उनले भने, ‘अब सरकारले निर्देशन दिनेबित्तिकै प्रक्रिया अघि बढ्छ ।’ आव ०५६र५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो ।
व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्त्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको थियो । बाहिरी चक्रपथवरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको सापकोटाले बताए । बाहय चक्रपथको सामाजिक तथा वातावरणीय अध्ययन पूरा भएको उनले जानकारी दिए ।
उपत्यकाका तीनवटै जिल्लाका तत्कालीन ४० गाविस र ३ नगरपालिका छोएर ७१ दशमलव १० किमिको चक्रपथ प्रस्ताव गरिएको छ । उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने उद्देश्यले आयोजना ल्याइएको हो । सम्पूर्ण चक्रपथ ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको उनले बताए । सतुंगलदेखि गम्चा हुँदै चोभारसम्म नयाँ ट्रयाक खोल्ने तयारी पूरा भएको उनले बताए ।
७ वर्षअघि अर्थ मन्त्रालयले आयोजनाका लागि करिब १० करोड र क्षतिपूर्तिमा खर्च गर्न ३ करोड रुपैयाँ छुटयाएको थियो । त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ भने मुआब्जाका लागि छुटयाएको रकम खर्च गर्न नसकेर प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ ।
बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरमा क्रमशः ३५.८, १५.८० र २१.०५ किमि रहने अनुमान छ । सडक खण्डका विभिन्न स्थान गरी १ दशमलव ५ किमि सुरुङमार्गसमेत रहनेछ । चक्रपथको चौडाइ ५० मिटर रहनेछ जसमा ८ लेन हुनेछ । यसले उपत्यकाभित्रको ठूलो भूभागलाई ओगट्नुका साथै तीव्र गतिमा बस्ती विकास हुने तथा सहरीकरणको चापमा परेका अधिकांश क्षेत्रलाई समेट्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: