Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मधेसी मोर्चालाई प्रधानमन्त्रीका तीन प्रश्न

\"\"काठमाडौं, १८ माघ । मधेसी मोर्चाले संविधान संशोधनविना निर्वाचनको मिति घोषणा नगर्न सत्तारुढ दललाई दबाब दिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मोर्चासहित कांगे्रस र माओवादी केन्द्रबीच सोमबार भएको छलफलमा मोर्चाका नेताहरूले संशोधनविना निर्वाचन हुनै नदिने चेतावनी दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको सुरुमा संविधान संशोधनलाई अगाडि बढाउने, निर्वाचन घोषणा गर्ने र स्थानीय तहको प्रतिवेदन विवाद टुंगो लगाउनेबारे छलफल केन्द्रित गर्न तीनवटा बुँदा राखेका थिए । तर, मोर्चाका नेताहरूले संविधान संशोधनविना निर्वाचन हुनै नसक्ने बताएका थिए । ‘संविधानकै ठेगान छैन, त्यस्तो वेला प्रधानमन्त्री निर्वाचनको कुरा गर्नुहुन्छ, त्यसमाथि स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन भन्नेमा प्रस्ट देखिनुभएन, त्यस्तोमा मोर्चाले समर्थन गर्न सक्दैन,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग भने । बैठकमा स्थानीय तहको निर्वाचन नगरी प्रदेशको निर्वाचन गर्नेबारे पनि कुरा उठेको थियो । मोर्चाका नेता केशव झाले स्थानीय तहको विवाद नटुंगिएकाले प्रदेशको निर्वाचन गर्न सकिने धारणा राखेका थिए । उनको प्रस्तावपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘त्यसो भए तपाईंहरू स्थानीय निर्वाचनको पक्षमा हुनुहुन्न’ भनेर मोर्चाका नेताहरूलाई प्रश्न राखेका थिए । माेर्चालार्इ प्रधानमन्त्रीले साेधे– १. निर्वाचनको तयारी गर्दा के हुन्छ ? संविधान संशोधन विधेयक अगाडि बढाउँदै निर्वाचन आयोगलाई स्थानीय तह चुनावको तयारी गर्न भन्यो भने के हुन्छ भनेर प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरूसँग जिज्ञासा राखेका थिए । विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्‍यो भने मान्नुहुन्छ कि हुन्न प्रस्ट पार्न उनको आग्रह थियो । विधेयकलाई मतदानमा लैजाँदा आउने नतिजा सहर्ष स्वीकार गर्ने कि नगर्ने जानकारी गराउन पनि प्रचण्डको आग्रह थियो । २. भाषा र राष्ट्रिय सभा गठनबारेको परिमार्जन मान्ने कि नमान्ने ? भाषा र राष्ट्रिय सभा गठनबारे संशोधन विधेयकमा परिमार्जन गर्न छलफलमा आएका बुँदामा सहमति छ कि छैन भनेर पनि प्रचण्डले प्रश्न गरेका थिए । सबै मातृभाषालाई अनुसूचीमा राख्ने र राष्ट्रिय सभा सदस्यलाई निर्वाचित गर्दा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार कटौती गर्नेबारे सहमति हो कि होइन प्रस्ट पार्न प्रचण्डले मोर्चालाई आग्रह गरे । ३. स्थानीय तहको प्रतिवेदन संशोधनपछि चुनावमा जाने कि नजाने ? स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई केही फेरबदल गरेर मधेसमा संख्या बढाउने कुराकानी भइरहेको छ, त्यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर प्रधानमन्त्री प्रचण्डले तेस्रो जिज्ञासा राखेका थिए । ‘स्थानीय तहकै निर्वाचनमा सहमत हो कि होइन ? प्रतिवेदनको संख्या फेरबदल गर्न सकिन्छ,’ मोर्चाका नेताहरूसँग प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । त्यसो गर्दा सहमति सहज हुने उनको विश्वास छ । निर्वाचन हुनै नदिने हो ? : देउवा मोर्चाका नेताहरूको भनाइपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘के स्थानीय निर्वाचन हुनै नदिने हो’ भनेर जिज्ञासा राखेका थिए । देउवाभन्दा पहिला बोलेका राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले स्थानीय तहको निर्वाचनभन्दा पहिला प्रदेशको निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए । छलफलको अन्तिममा प्रधानमन्त्री प्रचण्डले चारवटा बुँदामा प्रस्ट भएर अर्को बैठकमा आउन मोर्चाका नेताहरूलाई आग्रह गरेका छन् । चुनाव सुन्नै चाहेन मोर्चाले प्रधानमन्त्रीले निर्वाचनमा जाने कुरा गर्नेबित्तिकै मोर्चाका नेताहरू आक्रोशित भएका थिए । संशोधन विधेयक रोकेर निर्वाचनमा जानै नसकिने उनीहरूको अडान थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले विधेयक पारित नगरीकनै निर्वाचनमा गए तराईमा सुरक्षा निकायबाहेक कुनै पनि सरकारी कार्यालय चल्न नदिने चेतावनी दिए । मोर्चाका तीन नेताको जवाफ महन्थ ठाकुर, अध्यक्ष, तमलोपा यी सबै कुरा सोधेर हामीलाई किन धर्मसंकटमा पारेको ? हामी तपाईंहरूका लागि कहिल्यै निर्णायक होइनौँ । संविधान संशोधनमा एमालेलाई छाडेर जान सकिन्न रु त्यसरी जानुपर्छ हामी भन्दैनौँ । तर, तपार्इंले भनेअनुसार संविधान संशोधनविना यही संविधान मानेर निर्वाचनमा कसरी जान सकिन्छ र ? उपेन्द्र यादव, अध्यक्ष, समाजवादी फोरम अब तीन दल एउटै हो भन्नेमा हामी स्पष्ट भइसक्यौँ । राजनीतिक नियुक्तिका भागबन्डामा कुरा मिल्छ, संशोधनमा मात्रै किन कुरा नमिल्ने ? वास्तवमा तपाईंहरूको अचम्मको तालमेल भइरहेको छ एमालेसँग । यहाँ कुरा गर्नुको औचित्य देखिँदैन, अहिले पनि हाम्रा मान्छे पक्राउ परिरहेका छन् । संशोधन नगर्ने हो भने आ–आफ्नो बाटो लागौँ । राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी मोर्चाको समर्थनमा बनेको सरकार भन्नुहुन्छ, तर हामीलाई महसुस भएन । मोर्चासँग छलफल नै नगरी एमालेसँग मिलेर भागबन्डा गर्नुहुन्छ । निर्वाचन आयुक्त र न्यायाधीश नियुक्तिमा तीन दल मिलेर निर्णय गर्नुभयो । आरक्षण कोटामा पनि त्यस्तै भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy