माघ १८ गते, २०७३ मगलवार 31st January, 2017 Tue०८:४९:१४ मा प्रकाशित
काठमाडौं, १८ माघ । ‘आमा, घरमा बसेर केही हुन्न, अर्काको भारी बोकेर मात्रै हुँदैन, म जान्छु १’ यसै भनिरहन्थिन् मीरा । नभन्दै एकदिन घर छाडेर हिँडिन् ।
आजको कान्तिपुरमा खबर छ– अल्ट्रा म्याराथन धाविका मीरा राईकी आमा पम्फाले विगत सम्झिइन् । जतिबेला मीरा १४ वर्षकी थिइन्, देशमा सशस्त्र द्वन्द्व चर्कंदै थियो । गाउँको मानेडाँडा माविमा कक्षा ६ मा पढ्दै गरेकी मीरा तत्कालीन माओवादी निकट विद्यार्थी संगठनमा लागेर स्कुलबाटै हिँडिन् । हिँडेको दिन, साता, महिना र वर्ष बिते । एक/दुई दिनमै फर्केर आउँछु भनेकी मीरा धेरै समय फर्केर आइनन् । ‘घरमा रुवाबासी थियो, कसैले छोरीलाई अपहरणकारीले लगेर मारिसके भन्थे, कसैले फर्केर आउँछे भन्थे,’ पम्फाले वेदना पोखिन्, ‘खोज्न जाऊँ त कहाँ ?’
सानी, पातली, दुब्ली चेहराकी मीरा सानोमा छरिती, फुर्तिली र साहसी थिइन् । ४५ मिनेट उकालो चढेर स्कुल पुग्थिन् । भारी बोकेर आफ्नो र भाइबहिनीको पढ्ने खर्च धान्थिन् । आधा घण्टा तलको जुकेपानीस्थित पँधेराबाट पानी ओसार्थिन् । ‘सानैदेखि एकछिन बस्दिनथी, एकैछिनमा स्कुल पढेर आउँथी, घाँस, सोत्तर, पानी सकीनसकी ल्याउँथी, भाइबहिनीको हेरचाह गर्थी,’ बुवा सुकाबहादुर राईले उनको बाल्यावस्था सुनाए ।
जिल्लाको पश्चिमी अति विकट गाउँ सानोदुम्मा–९ घोर्लेवनमा जन्मेकी मीरा छिमेकी जिल्ला धनकुटाबाट ७ वर्षकै उमेरदेखि नुन–चामलको भारी बोकेर घरमा ल्याउँथिन् । ‘गाउँको दु:ख, त्यतिबेला एकदमै गाह्रो थियो, भाइबहिनी काखमा च्यापेर हतार–हतार काम गर्थें,’ ईकान्तिपुरकी एम्बेसडरसमेत रहेकी मीराले भनिन् । उनका कान्छा काका नेपाल आर्मीमा थिए । काकाजस्तै आत्मनिर्भर बन्ने सपना थियो उनको । पढाइलाई निरन्तरता दिने आधार थिएन । ‘बाबुआमा, भाइबहिनीलाई सुखी बनाउने, पढीगुनी ज्ञानी बन्ने सपनाले सब चिज छाडेर यता लागें,’ उनले भनिन् । घर छाडेको अढाई वर्षपछि सकुशल रहेको खबरसहित अचानक एउटा चिठी र फोटो आयो बाबुआमाको नाममा । ‘बाँचेकी नै छे भने एकदिन आउली भन्ने लाग्थ्यो, ढुक्क थिएनौं,’ आमाले सुनाइन् ।
चिठी पठाएको ६ महिनापछि छोरी नै घर आइपुगेपछि मात्रै उनका बाआमालाई पत्यार लाग्यो ।
उनी लडाकुको सिन्धुली शिविरमा बस्थिन् । २०६२/६३ मा संयुक्त राष्ट्रसंघीय मिसनले अयोग्य ठहराएपछि घर फर्किनन् । उतैबाट एसएलसी पास गरिन् । १८ महिने कृषि जेटिए पढिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो । २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया जाने निधो गरेर काठमाडौं लागिन् । ‘विदेश जाने रहर थिएन, घरको आर्थिक समस्याले गर्दा, राम्रो कम्पनीका लागि अफर आएको भनेपछि जान लागेकी थिएँ,’ मीराले ३ वर्षअघिको घटना सम्झिइन् । काठमाडौं पुगेपछि बालाजु कराँते एकेडेमीका सञ्चालक धु्रवविक्रम मल्लसँगको भेटले नयाँ मोड लियो । मलेसिया जान लागिसकेको भिसा रद्द गरेर खेलकुदमा लागेकी उनले यतिबेला नाम र दाम कमाएकी छन् ।
भिसा रद्द गरेको ३ महिनापछि हिमालय आउटडोर फेस्टिभलमा पहिलो पटक प्रतिस्पर्धामा सहभागी भइन् । त्यो प्रतियोगिता फूलबारीगेटदेखि मकवानपुरको हात्तीवनसम्म ५० किलोमिटर दौड थियो । प्रतियोगिता जितेर प्रथम भइसक्दा पनि अल्ट्रा रेस के कस्तो हो भन्ने उनलाई थाहै थिएन । दोस्रोपल्ट मुस्ताङमा दौडेपछि मात्र त्यसबारे बल्ल बुझिन् । उनी अहिले विश्व अल्ट्रा रेसमा दोस्रो वरीयतामा छिन् । गत वर्ष फ्रान्समा आयोजित ८० किमिको विश्व म्याराथनमा पूर्वविजेतालाई पछि पार्दै पहिलो स्थान हात पारेपछि मीराको परिचय एकाएक फेरियो । नेसनल ज्योग्रोफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ ९एड्भेन्चर्स अफ द इयर–२०१७० को अवार्ड जितेपछि त यतिखेर उनी चर्चाको शिखरमै छिन् ।
मीराका दाजु पराण र भाउजू झापामा कुखुरा फार्म खोलेर बसेका छन् । झापा सुरुंगामा मीराकै लगानीमा घर बनाइसकेका छन् । भाइ प्रमोद झापामै डिप्लोमा गर्दै छन् । बहिनीहरू लक्ष्मी र फूलमाया धनकुटामा कृषि जेटीए पढदै छन् । बाआमा भोजपुर सानोदुम्मा गाउँमै बसेका छन् । केही वर्षपछि झापामै झर्ने तयारी उनीहरूको छ ।
‘विकट गाउँकी दुस्ख भोगेकी छोरी हो, आज चम्किलो तारा बनेकी छ, उनको संघर्ष बयान गरेर सकिन्न,’ स्थानीय सानोदुम्मा माविका प्रधानाध्यापक अर्जुन राईले भने ।
यतिखेर मीरा थप प्रतिस्पर्धाको तयारीमा छिन् । तर केही महिनाअघि खुट्टामा चोट लागेकाले उपचारमा लागेकी छन् । स्पेन, फ्रान्स, चीन, इटालीमा हुने दौडमा सहभागी हुने उनको योजना छ । २५ वर्षीया मीराले स्वास्थ्यले साथ दिएसम्म खेलमै जीवन बिताउने बताइन् । ‘दौडेर, प्रतिस्पर्धा गरेर म कहिल्यै थाक्दिनँ,’ उनले भनिन् । ट्रेल रनिङ नेपालको आयोजना र लोइड बेल्चरको निर्देशनमा उनको बारेमा ‘मीराज् फिल्म’ वृत्तचित्र बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: