माघ १९ गते, २०७३ बुधवार 1st February, 2017 Wed०७:३४:१० मा प्रकाशित
काठमाडौं, १९ माघ ।राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा संसद्मा एकसिटे दलहरूको ‘बार्गेनिङ’ बढेको छ । ०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे दलका नेताहरूले आफ्नो स्वार्थअनुकूल पार्टी विभाजन गर्ने र मन्त्री बन्नेसम्मका घटना पटक–पटक दोहोरिएका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक–एक सिट भएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का मन्त्री बनेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएयता एकसिटे दलका नेताहरूको मन्त्रिपरिषद्मा हालीमुहाली सुरु भएको हो । खासगरी सत्ता गठबन्धन परिवर्तनका लागि एकसिटे दलहरूलाई प्रमुख भनिएका दलहरूले नै निर्णायक बनाउने गरेका छन् ।
अझै टुंगिएन थ्रेसहोल्ड
थ्रेसहोल्डबारे दलहरूबीचको विवाद अझै टुंगिएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्र तीन प्रतिशतसम्म थ्रेसहोल्ड राख्न सहमतिनजिक छन् । राप्रपा अध्यक्ष कमल थापाले पनि आफ्नो पार्टी तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा रहेको बताएका छन् । संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिमा छलफलका क्रममा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा मुख्य दलहरू तीन प्रतिशत थ्रेसहोल्डको सहमतिनजिक छन् । तर, साना दलहरूले त्यसलाई मानिरहेका छैनन् । उनीहरू संगठित रूपमै थ्रेसहोल्ड राख्न नहुने भन्दै लबिङमा लागेका छन् ।
थ्रेसहोल्ड लगाउन नहुने भन्दै उनीहरू मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ दबाब दिन पुगेका थिए । माले महासचिव सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतका सांसदहरू थ्रेसहोल्डको व्यवस्था कानुनी रूपमा नराख्न माग गर्दै देउवानिवास पुगेका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने १७ दलले संयुक्त रूपमा यस्तो दबाब सुरु गरेका छन् । उनीहरूले यसअघि नै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई समेत भेटी थ्रेसहोल्डको व्यवस्था नराख्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
थ्रेसहोल्ड राखिएको भए अहिले संसद्मा कति दल हुन्थे ?
राजनीतिक दलसम्बन्धी व्यवस्थामा निर्वाचन आयोगले भनेअनुसार १।५ प्रतिशत थ्रेसहोल्ड भएको भए ०७० को निर्वाचनमा ११ दलको मात्रै संसद्मा प्रतिनिधित्व हुने थियो । त्यसो हुँदा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, नेकपा माले, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र सद्भावना पार्टीले मात्रै संसद्मा प्रतिनिधित्व पाउने थिए । तर, अहिले संसद्मा ३१ दलले प्रतिनिधित्व गर्छन् । तीन प्रतिशत थ्रेसहोल्ड राखिएको भए ०७० को निर्वाचन परिणाममा पाँच दलले मात्रै संसद्मा प्रतिनिधित्व पाउने पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले बताए । संसारमा सबैभन्दा कम थ्रेसहोल्ड राख्ने देश नेदरल्यान्ड हो, जसले शून्य दशमलव ६७ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरेको छ । सबैभन्दा धेरै टर्कीमा १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था छ ।
एकसिटे दल क–कसले मन्त्री खाए ?
२० साउन ०७३ मा गठन भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा दुईजना एकसिटे मन्त्री छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टीका अध्यक्ष कुमार खड्कालाई प्रधानमन्त्री प्रचण्डले माघ पहिलो साता मन्त्रिपरिषद्मा सहभागी गराएका थिए । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पु¥याउन खड्का र सिंहलाई सरकारमा सहभागी गराइएको हो ।
२५ असोज ०७२ मा गठन भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि एकसिटे दलका नेताहरू मन्त्री बनेका थिए । बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवान, मधेस समता पार्टीका मेघराज नेपाली निषादले ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए ।
१८ भदौ ०६८ मा गठन भएको तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सबैभन्दा बढी एकसिटे दलका नेताहरूले मन्त्रिपरिषद्मा हालीमुहाली गर्ने मौका पाए । त्यतिखेर नेपाः पार्टीका केशवमान शाक्य, नेकपा संयुक्तका चन्द्रदेव जोशी, परिवार दलका एकनाथ ढकाल, चुरेभावर पार्टीका बद्रीप्रसाद न्यौपाने, सद्भावना पार्टी आनन्दी देवीकी सरिता गिरी, सद्भावना आनन्दी देवीकै अनिल झासम्मले मन्त्री बन्ने अवसर प्राप्त गरेका थिए ।
११ जेठ ०६६ मा गठन भएको एमाले नेता माधव नेपाल नेतृत्वको सरकारमा पनि एकसिटे दलका नेताले मन्त्री बन्ने अवसर पाए । समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह त्यसवेला कानुनमन्त्री बनेका थिए ।
०६४ को संविधानसभा निर्वाचनपछि हालसम्म आठपटक सरकार परिवर्तन भएको छ । पहिलो संविधानसभा निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेयता एमाले माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली हुँदै पुनः प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।
मधेसी दलहरूमा विभाजनै–विभाजन
०६४ को संविधानसभा निर्वाचनमा जम्मा नौ सिट जितेको राजेन्द्र महतोको सद्भावना पार्टी १९ साउन ०६८ मा अनिलकुमार झाले विभाजन गरे । १५ माघ ०६८ मा रामनरेश रायको नेतृत्वमा राजेन्द्र महतोकै सद्भावना पार्टी विभाजन भयो । झाले संघीय सद्भावना पार्टी नाम राखे । रामनरेशले राष्ट्रिय सद्भावना पार्टी नाम राखे ।
कात्तिक ०६५ मा आनन्दीदेवी सिंह नेतृत्वको नेपाल सद्भावना पार्टी ९आनन्ददेवी० सरिता गिरीले विभाजन गरिन् । उनी त्यहीवेला बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्री बन्न पुगिन् । आनन्दीदेवीको पार्टी ०६५ कात्तिकमा पुनः खुसीलाल मण्डलको नेतृत्वमा विभाजन भयो । पछि श्यामसुन्दर गुप्ताले पनि आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे । त्यसवेला सद्भावना आनन्दीदेवी तीन टुक्रा बनेको थियो । श्यामसुन्दर गुप्ता पार्टी विभाजन गरी मन्त्री बने । सरिता गिरी नेतृत्वको पार्टी ८ भदौ ०६६ मा विकास तिवारीको नेतृत्वमा पुनः फुट्यो । पार्टीको नाम नेपाल सद्भावना पार्टी गजेन्द्रवादी हुन पुग्यो ।
उपेन्द्र यादवसँग फुटेर जयप्रकाशप्रसाद गुप्ताले ९ जेठ ०६८ मा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टी गठन गरे । तर, त्यसलाई पनि ११ पुस ०६९ मा राजकिशोर यादवले विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरे । त्यही नाम दर्ता गराएर यादव बाबुराम भट्टराई नेतृत्व सरकारमा सञ्चारमन्त्री बने । अनिल झाको संघीय सद्भावना पार्र्टीबाट अहिले सरिता गिरी विभाजित भई हाल निष्क्रिय छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: