Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

नारायणगढ-मुग्लिन सडक खण्डको पहाड काट्न कठिन, नयाँ प्रविधिको खोजी हुँदै

चितवन, १९ माघ । नारायणगढ– मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन नजिकको सडक चौडा गर्न चट्टानको पहाड काट्ने काम कठिन भएपछि अहिले वैकल्पिक उपायको खोजी सुरु भएको छ । सो ठाउँमा ६०० मिटर लामो चट्टानी पहाड पर्दछ । जुन ५६ मिटरसम्म अग्लो छ । हाल पाँच दशमलब पाँच मिटर सडक चौडा छ । त्यसलाई दोब्बर बनाउनुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट एक दशमलब पाँच किलोमिटर नारायणगढतर्फ पर्ने सो क्षेत्रमा विगत दुई महिनादेखि चट्टानी पहाडको माथिल्लो भागबाट फुटाल्न सुरु गरिएको छ । यद्यपि कामले गतिलिन नसकेको उनले बताए । एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, ट्रिपरसहितका उपकरण प्रयोग गरिएको भए पनि कामले गतिलिन सकेको छैन, इन्जिनियर खनालले भने, यही गतिमा काम भए थप १८ महिनाभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपायको खोजीका लागि भारतीय विज्ञ झिकाइएको छ । उनीहरुले क्यान्टिलिभर स्टक्चरबाट सडक फराकिलो बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन गरिरहेका छन् । यसरी फराकिलो बनाउँदा सडकभन्दा बाहिरी ठाउँमा ठूला र बलिया स्लयाब निर्माण गरी सडकमा क्रेनले झारेर रक बेल्डिङ (चट्टानमा फलामको लठ्ठाले बाँध्ने काम) गर्नुपर्दछ । जसले दुई मिटरसम्म सडक चौडा गर्न सकिने इन्जिनियर खनालले बताए । सडकको त्रिशूलीपट्टिको भागमा दुई मिटर बाहिरसम्म स्लयाव राख्न सकिन्छ । यसो गर्दा बाँकी सडक चौडा गर्न धेरै माथिबाट पहाड काट्नु नपर्ने खनालले बताए। यो प्रविधि हालसम्म नेपालमा प्रयोगमा आएको छैन । क्यान्टिलिभर स्टक्चर निर्माण गर्न सकिएमा ७० देखि ८० प्रतिशत भित्तो काट्ने काम कम हुने अनुमान छ । कडा चट्टान भएकाले ब्रेकरले काट्दा आगो बल्ने गरेको छ । दैनिक रुपमा थोरै भू–भाग मात्रै काट्न सकिएको छ । जसका कारण काममा प्रगति हुन सकेको छैन । हालसम्म सम्पूर्ण सडकलाई हेर्दा ३६ प्रतिशत मात्रै काम भएको छ । लक्ष्य अनुरुप काम भएको भए हालसम्म ५८ प्रतिशत काम हुनुपर्ने थियो । पहिलेको लक्ष्य अनुरुप ८० प्रतिशत काम हुनुपर्ने हो । २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक भूकम्प र नाकाबन्दीका कारण त्यसको म्याद थप गरी भदौ मसान्तमा पुयाइएको थियो । निर्माण कम्पनीले थप तीन महिना १५ दिन समय थप गर्न माग गरेका छन् । सोही सडकको पहिलो खण्ड आँपटारीदेखि दासढुङ्गासम्म पहाड काट्नुपर्ने काम नभएकाले केही समयभित्रै कालोपत्रेको काम थालिँदै छ । दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १६ किलोमिटर र घुमाउनेमा पहाड काट्ने काम भइरहेको खनालले बताए । १६ किलोमिटरमा चार सय मिटर लम्बाई र ४५ मिटर अग्लो पहाडलाई काटेर सडक चौडा गर्नुपर्ने हुन्छ । जहाँ हाल ६ देखि ६ दशमलब ५ मिटर चौडा सडक रहेको छ । जसलाई ११ मिटर बनाउनुपर्ने हुन्छ । त्यस्तै घुमाउनेमा उत्तिकै अग्लो २५० मिटर लामो पहाड काट्ने काम आधा सकिएको खनालले बताए । ती क्षेत्रको काम निर्धारित समयमा सम्पन्न गर्न सके पनि मुग्लिन नजिकको पहाड भने काट्न कठिन देखिएको छ । विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवे अन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । राजधानी काठमाडौँबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडकव्यस्त रहने गर्दछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy