'फागुन १५ सम्म निर्वाचन घोषणा नभए जेठमा स्थानीय निकायको निर्वाचन असम्भव'
माघ १९ गते, २०७३ बुधवार 1st February, 2017 Wed१४:१७:५१ मा प्रकाशित
भक्तपुर, १९ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासद् डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव नभएको बताएका छन् ।
रफत सञ्चार क्लवमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गरे ।
निर्वाचन आयोगले तीन महिनाअगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताए । उनले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए ।
आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उनले आरोप लगाए । उनले भने, सरकारले जेठभित्र स्थानीय निकायको निर्वाचन गरेर देखाए अर्को आउने मंसिरमा प्रदेशको निर्वाचन गराउन सकिन्थ्यो । तर जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिरमहिना यता निर्वाचन सम्भव छैन् । जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा उनले आक्रोश व्यक्त गरे ।
मधेशवादी दलले आफूहरुको सम्पूर्ण माग पूरा नभए निर्वाचन जान्न भन्नु गलत भएको उनको भनाइ थियो । उनले अधुरो जनादेश बोकेर आउने र जनताले पत्याएनन् भन्ने अनि आप्mना सम्पूर्ण माग पूरा भएन भने निर्वाचन जान्न भन्नु गैरजिम्मेवार भएको बताए।
एमालेले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै मधेशवादी दलसँग एमालेले प्रत्यक्ष संवाद गरेर जायज माग पूरा गर्न सक्ने प्रतिबद्धता जनाएर निर्वाचनमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले सरकारले तीन तहको निर्वाचन एक वर्षभित्र गरिसक्नुपर्नेमा कुनै तहको निर्वाचन पनि नगर्ने हो भने वर्तमान सरकारको औचीत्यमाथि प्रश्नचिन्ह्र खडा हुने विचार व्यक्त गरे ।
सरकारले काम गर्दै जाँदा आगामी वर्षको ७ माघभित्र संविधानले ब्यवस्था गरेबमोजिम निर्वाचन गर्न नसके केहि समय पर धकेल्न सकिए पनि कामै नगरी सरकारको आयू लम्ब्याउने खेलमा जो कोही सामेल हुन नहुने उनको भनाई थियो ।
उनले मधेशवादी दललाई पनि आगामी निर्वाचनमा बहुमत ल्याएर आफू अनुकुल संविधान संशोधन गर्न चुनौती दिँदै अनावश्यक बखेडा नझिक्न र निर्वाचन घोषणा गरिए आन्दोलनमा उत्रिने कुरा जायज नभएको बताए । उनले सरकारले एमालेलाई साथमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा त्यसो गर्न नसेको आरोप लगाए ।
एमालेले राष्ट्रियताको नारा दिएर कुनै पनि बहानामा सरकारलाई निर्वाचन गर्ने वातावरणमा ब्यवधान ल्याउन नहुने बताउँदै सबै एकजुट भएर संविधान कार्यान्वयनको दिसामा लाग्नुपर्नेमा जोड दिए । उनले आगामी २०७४ माघभित्र निर्वाचन गर्न नसकिए कानुनी जटिलता आउने भएपनि संसदको दुई तिहाई बहुमतले केहि समय पर थप्न सकिनेसमेत बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: