Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्राकृतिक सङ्कट व्यवस्थापनमा सरकारले ध्यान दिएको छ– प्रचण्ड

\"\"काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक बनावटका दृष्टिकोणले नेपाल सङ्कटभित्र पर्ने मुलुक भएको र सङ्कट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताएका छन्। इन्टिच्युट अफ क्राइसीस म्यानेजम्यान्ट इटडिज कलेजमा आजदेखि सुरु भएको ‘सङ्कटमा विज्ञान र प्रविधिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गदै उनले भने – “मुलुकमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिइरहेको छ । ” प्रधानमन्त्री दाहालले नेपालमा भूकम्प, बाढीपहिरो, आगलागी, जलवायु परिर्वतनआदि जस्ता सङ्कटले गर्दा मानिसलाई बाँच्न र जीवनयापन गर्न कष्टपूर्ण हुने गरेको बताउँदै सङ्कटपछिको तयारीमा सरकारले ध्यान दिएको विचार व्यक्त गरे । नेपालमा २०७२ सालमा गएको भूकम्पले ठूलो क्षति पु¥याएको र सो सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय, सरकारी तथा गैरसरकारीको सहयोग निकै उल्लेखनीय रहेको चर्चा गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए । प्रधानमन्त्री दाहालले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सङ्कटको प्रभावकारी व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताए । प्राकृतिक सङ्कटसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्नु महत्वपूर्णकार्य भएको उल्लेख गर्दै उनले गोष्ठीबाट आएका सुझावलाई सरकारले ग्रहण गर्ने बताए । पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले नेपाल प्राकृतिक विपद् आइपर्नेमूलुक भएको हुँदा सङ्कट व्यवस्थापन गर्ने खालको गोष्ठी आवश्यक रहेको उल्लेख गरे । सो कलेजका अध्यक्ष राम थपलियाले नेपालजस्तो विकासन्मुख देशमा प्राकृतिक सङ्कट समाधान गर्न र आगामी दिनमा आइपर्ने समस्याको पहिचन गर्नका लागि अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरेको जानकारी दिए । गोष्ठीले नेपालको सङ्कट व्यवस्थापनमा राष्ट्रियस्तरमा नीति निर्माण गर्न सरकारलाई सुझाव दिने तयारी रहको उल्लेख गर्दै नेपाल जोमिखपूर्ण देश भए पनि सो विषय ओझेलमापर्ने गरेको हुँदा वृहत छलफल जरुरी भएको उनको भनाइ थियो । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending