Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सीता बचाउ अभियानमा ४० लाख

\"\"म्याग्दी, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब ४० लाख रुपैयाँ सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो । सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको उपचारमा न्यूनतम ७० लाख रुपैयाँ खर्च हुने भएपनि हालसम्म ४० लाख रुपैयाँ मात्र आर्थिक सङ्कलन भएको जानकारी दिए । उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा सहयोग सङ्कलन गर्ने काम भइरहेको छ । “क्षेत्रीको जीवनरक्षाका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्नेहरुप्रति आभारी छौं, सहयोगदाताबाट प्राप्त सहयोगले पीडित क्षेत्रीको उपचारमा ठूलो राहत मिलेको छ, उहाँहरुप्रति हामी आभारी छौँ’’– अभियानका संयोजक नन्दबहादुर खत्रीले भने । गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । क्षेत्रीको बोनम्यारो प्रत्यारोपणका लागि अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरागान्धी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबारदेखि क्षेत्रीको उपचार प्रक्रियाअन्तर्गत बोनम्यारो प्रत्यारोपणको परीक्षण सुरु हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । क्षेत्रीको सहयोगार्थ गठित सीता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy