Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हेलो सरकारमा पाँच वर्षमा ५५ हजार उजुरी

\"\"काठमाडौं, २१ माघ । नागरिकका पीरमर्कालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले पाँच वर्षदेखि सञ्चालनमा ल्याएको ‘हेलो सरकार’मा हालसम्म ५५ हजार ४ सय ५६ वटा उजुरी परेका छन् । ती उजुरीमध्ये ५० हजार १ सय २६ को फस्र्योट भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तर, नागरिकको गुनासो सम्बोधन भए÷नभएको अनुगमन भने कुनै निकायले गरेको छैन । अनुगमन हुन नसक्दा हेलो सरकारको प्रभावकारिताबारे प्रधानमन्त्री कार्यालयकै अधिकारीहरू अनभिज्ञजस्ता देखिन्छन् । अाजको नयाँ पत्रिकामा खबर छ– १७ कात्तिक २०६८ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकका गुनासा टेलिफोनको माध्यमबाट सुनेर तत्काल समाधान गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत हेलो सरकार सञ्चालनमा ल्याएका थिए । सुरुवाती दिनमा हेलो सरकार निकै प्रभावकारी देखिएको थियो । देशभरबाट नागरिकहरूले विभिन्न प्रकारका गुनासा टिपाउने र तत्कालै सुनुवाइ गर्ने गरिएको थियो । तर, समयक्रमसँगै हेलो सरकारको प्रभावकारिता घट्न थालेको गुनासो नागरिकहरूले गरेका छन् । कस्ता गुनासा आउँछन् ? राजनीतिक विकृति, सेवा प्रवाहमा देखिएका समस्या, भ्रष्टाचार, लैंगिक हिंसा, नीतिगत सुधारका विषय, पूर्वाधार विकासमा भएका ढिलासुस्ती र बदमासीका गुनासा बढी आउने गरेका छन् । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ आउनुपूर्व लोडसेडिङ अत्यधिक भएको समयमा सबैभन्दा बढी गुनासा प्राधिकरणकै बारेमा आउने गरेका थिए । तर, अहिले त्यस्ता उजुरी आउने क्रम रोकिएको हेलो सरकार कक्षले जनाएको छ । गुनासा टिपाउने दर घट्दो पछिल्ला समय हेलो सरकारमा गुनासा टिपाउने दर पनि झन्डै ५० प्रतिशतले घटेको देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकार कक्षका अनुसार सुरुका दिनमा मासिक दुई हजारसम्म उजुरी आउने गरेका थिए । तर, अहिले १ हजारदेखि १२ सयसम्म उजुरी आउने गरेका छन् । हेलो सरकार कक्षले त्यस्ता उजुरीहरूलाई सम्बोधन गर्न विषयगत रूपमा मन्त्रालयहरूमा पठाउने गरेको छ । त्यसरी गरिएको पत्राचारलाई नै हेलो सरकार कक्षले उजुरी फछ्र्योट दरको रूपमा लिएको छ । ती गुनासा सम्बोधन भए-नभएको तथ्यांक संकलन र अनुगमन हुने गरेको छैन । उजुरी घट्दा रात्रिकालीन सिफ्ट हट्यो हेलो सरकार डेस्कमा उपसचिवको नेतृत्वमा ६ जना अधिकृत, ६ जना नायव सुब्बा, एकजना खरिदार, एकजना कार्यालय सहयोगी र दुईजना चालकसहित १७ जनाको जनशक्ति छ । सो टिम बिहान ७ बजेदेखि राति ९ बजेसम्म गुनासा संकलन गर्ने कार्यमा खटिने गरेको छ । प्रधानमन्त्री कार्यालयले सुरुका दिनमा गुनासा सुनेर तत्काल समाधान गर्न रातिसमेत छुट्टै सिफ्टको व्यवस्था गरेको थियो । अहिले रात्रिकालीन सिफ्ट हटाइएको छ । उपसचिव उपाध्यायका अनुसार गुनासाहरू आउने क्रम निकै न्यून भएकाले रात्रिकालीन सिफ्ट हटाइएको हो । छुट्टै अनुगमन संयन्त्र जरुरी उपसचिव उपाध्यायले हेलो सरकारलाई प्रभावकारी बनाउने हो भने छुट्टै अनुगमन संयन्त्र बनाउनुपर्ने जरुरी रहेको बताए । हेलो सरकारमा आएका उजुरीहरू मन्त्रालय तथा केन्द्रीय निकायबाट वास्तविक रूपमा कार्यान्वयन भए÷नभएको नियमित अनुगमन गर्न त्यस्तो संयन्त्रको आवश्यकता रहेको उनको भनाइ छ । संयन्त्र नबनाउ“दासम्म गुनासाहरूको वास्तविक सम्बोधन हुन नसक्ने र हेलो सरकारप्रति जनताको विश्वास वृद्धि हुन नसक्ने उपाध्यायले बताए । अहिलेसम्म उजुरीको अवस्था गृह मन्त्रालय – ९७७ शिक्षा मन्त्रालय – ५७६१ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – ४४४५ नेपाल विद्युत् प्राधिकरण – २५९७ स्वास्थ्य मन्त्रालय – २२७३ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – ४४९० अर्थ मन्त्रालय – २३८७ वाण्ज्यि मन्त्रालय – २००७ श्रम तथा रोजगार मन्त्रालय – १८२६ नेपाल दूरसञ्चार कम्पनी लिमिटेड – १६२३ सहरी विकास मन्त्रालय – १३३० भूमिसुधार तथा व्यवस्था मन्त्रालय – ११४७ कृषि विकास मन्त्रालय – ११४५ ऊर्जा मन्त्रालय – १०५७ परराष्ट्र मन्त्रालय – ८३४ त्रिभुवन विश्वविद्यालय – ९६८ राष्ट्रिय सतर्कता केन्द्र – ७१८ आपूर्ति मन्त्रालय – ५२३ उद्योग मन्त्रालय – ६४४ वन तथा भूसंरक्षण मन्त्रालय – ८६६ कानुन मन्त्रालय – ४८६ महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय – ८३० राष्ट्रिय पुनर्निर्माण प्राधिकरण – २८० राष्ट्रिय योजना आयोग – २०८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय – १३३ जनसंख्या तथा वातावरण मन्त्रालय – १५९ पशुपक्षी विकास मन्त्रालय – ९७ विज्ञान तथा प्रविधि मन्त्रालय – १७० सूचना तथा सञ्चार मन्त्रालय – १२४५ सहकारी तथा गरिबी निवारण मन्त्रालय – २१६ सार्वजनिक खरिद अनुगमन कार्यालय – ६५ सिँचाइ मन्त्रालय – ३९४ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – ९७० सामान्य प्रशासन मन्त्रालय – ७८४ प्रधानमन्त्रीविरुद्ध – ४७ युवा तथा खेलकुद मन्त्रालय – २६० निर्वाचन आयोग – ४० पश्चिमाञ्च विकासक्षेत्र – ३८८ पूर्वाञ्चल विकासक्षेत्र – १७ मध्यपश्चिमाञ्चल विकासक्षेत्र – २११ मध्यमाञ्चल विकासक्षेत्र – ४७८ सुुदूरपश्चिमाञ्चल विकासक्षेत्र – ८ किन घटे उजुरी ? प्रधानमन्त्री कार्यालयका अनुसार हालसम्म परेका ५५ हजार ४ सय ५६ उजुरीको फस्र्योट दर ८१ प्रतिशत भए पनि गुनासा गर्नेहरूको सन्तुष्टि दर भने २० प्रतिशत मात्रै छ । गुनासा सम्बोधन भए–नभएको अनुगमन हुन नसकेकाले पनि सन्तुष्टि दर कम भएको हुन सक्ने हेलो सरकार कक्ष प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए । मन्त्रालयमातहतहका निकायका विरुद्धमा आएका उजुरी कार्यान्वयन गर्न मन्त्रालय तथा विभागहरू नै संवेदनशील हुनुपर्ने उनको भनाइ छ । हेलो सरकारमा आएका गुनासा सम्बोधन गर्ने उद्देश्यले सबै मन्त्रालय र केन्द्रीय निकायमा उपसचिवहरू नै नोडल अफिसरका रूपमा रहेका छन् । अनुगमन छैन : उपाध्यायका अनुसार प्रभावकारी अनुगमन संयन्त्रको अभावमा उजुरीको वास्तविक सुनुवाइ भए–नभएको जानकारी पाउन नसकिएको हो । ‘उजुरी आउनासाथ त्यसको गाम्भीर्यतालाई हेरेर तत्काल कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने गरेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘तर, त्यहाँबाट उजुरी सम्बोधन भए–नभएको वास्तविक जानकारी हामीले पाउन सक्दैनौँ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy