माघ २२ गते, २०७३ शनिवार 4th February, 2017 Sat०८:५१:०३ मा प्रकाशित
ई.सं. १९३० को दशक (वि.सं. १९९० को पूर्वाधमा) युरोपमा विश्वयुद्धको तयारी भइरहेको थियो । १९९१ साल (ई.सं. १९९३०) देखि विश्वयुद्धको शुरुवात १९९६ साल (ई.सं. १९३९) को बीचमा युरोप र पूर्वी एसियाका धेरै देशहरुको प्रतिनिधिमण्डलले नेपाल आई तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई सम्मान गरी पदक दिए भने जुद्धले पनि नेपालको पदक दिए । ई.सं. १९३३ मामुसोलिनीले शासनगरिरहेको इटलीको फासिष्ट सरकारको प्रतिनिधि नेपाललाई पदकहरुको आदान प्रदान भयो ।
ई.सं. १९३४ माफ्रान्सको प्रतिनिधिमण्डल आई पदकहरुको आदान प्रदान भयो । यसैगरी च्याङ काई शेकको चीनको प्रतिनिधमण्डल पनि नेपाल आयो । यही अवधिमा बेल्जियम र नेदरल्याण्डको प्रतिनिधिमण्डल पनि आयो । पोल्याण्डमा हिटलरको जर्मनीले ई.सं. १९३९ मा आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध शुरु भएको थियो ।
यो घटना हुनुभन्दा दुई वर्ष अघि सन् १९३७ मा जर्मनीको एक प्रतिनिधिमण्डल नेपाल आई जर्मन पदक जुद्धलाई दिए । जुद्धले हिटलरको शासनकालमा जर्मनीले गरेको उन्नति बारे प्रशंसा गरे । त्यसपछि फिनल्याण्डको प्रतिनिधि मण्डल समेत ई.सं. १९३७ मा आएर पदकको आदान प्रदान भयो । १९९६ साल (सन् १९३७) मा केशर शमशेर लन्डनमा राजा जर्ज छैटौंको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पठाइए । यी घटनाक्रमले विश्वमा नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको कुरा स्थिापित गर्न मद्दत ग¥यो ।
जर्मनीकोविरुद्ध युद्धको घोषणा हुने बेलामा जुद्धले ८ हजार नेपाली सेना ब्रिटेनको सहायताको निम्ति पठाउन प्रस्ताव गरे । १९९७ साल (सन् १९४०) मा आठ बटालियनमध्ये चार भारतको देहरादून र चार काकुल (हाल पाकिस्तानको अवोटावाद नजिक) पठाइए । केही समयपछि नेपाली सेनाको कालीबहादुर, शेर दलर महेन्द्र दल भारतको आसाम र बर्मामा जापानी विरुद्ध युद्धमा परिचालन गरिए ।
नेपाली सेनाको संख्या भन्दा बढी सेना ब्रिटिस गोर्खामा भर्ती गरी युद्धमा पठाइए । नेपालबाट दोस्रो विश्वयुद्धमा लड्नकै लागि १६ हजार जवान भर्ती गरिए । त्यसबेला नेपालको जनसंख्या ६० लाख थियो र जनसंख्याको प्रतिशतको हिसाबले युद्धमा मारिने र घाइते हुनेमध्ये नेपालले सबभन्दा बढी नोक्सान बेहोर्नु परेको थियो भनी ऋषिकेश शाहले लेखेका छन् । जुद्धले नेपालबाट भर्ती गरिएका गोर्खा सैन्यलाई समुद्र पार पठाउन पनि अनुमति दिए । १९९८ साल (ई.सं. १९४१) मागोर्खा सैन्यलाई इरान, इराक र साइप्रस पनि पठाइयो । त्यसपछि गोर्खा सैनिकलाई जर्मनहरुसँग लड्न उत्तरी अफ्रिकाको ट्युनिशिया पनि पठाइयो । त्यसपछि ग्रीस र इटलीमा पुगे ।
भारतको आसाम र बर्मामा जापानीहरुसँग लड्न गएका गोर्खा सैनिकको बहादुरीको कदरमा धेरै जनाले भिक्टोरिया क्रस पनि पाए । नेपाली सेनाको तीन रेजिमेन्टले भारतको आसाममा जापानी विरुद्ध लडी भारतको पूर्वोत्तर भागमा जापानी आक्रमण रोक्न सघाउ पु¥याए ।
जंगबहादुरले १९१३ साल (ई.सं. १८५७) मा उत्तरी भारतमा सिपाही विद्रोह (जसलाई हाल भारतमा स्वतन्त्रताको पहिलो संघर्ष भनिन्छ) मा अंग्रेजलाई सहायता दिएको हुनाले सुगौली सन्धिबाट गुमेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा फिर्ता ल्याए भने चन्द्रशमशेरले पहिलो विश्वयुद्ध (ई.सं. १९१४–१९१८) मा ब्रिटिश सरकारलाई मद्दत गरे वापत स्वतन्त्र र सार्वभौम देशको रुपमा ब्रिटेनले मान्यता दियो ।
दोस्रो विश्वयुद्धमा जर्मनी र जापानको विरुद्ध भाग लिएर नेपालले के पायो त ?
विन्स्टन चर्चिल आफैंले जुद्धलाई पत्र लेखि अत्याचारी जर्मन र जापानीको पराजयमाउनको र वीर गोर्खाहरुको योगदानलाई कुनै अंग्रेजले बिर्सन नसक्ने कुरा अवगत गराए । २००२ साल(ई.सं. १९४५) मा जुद्धले सत्तात्याग गरी राजर्षि भई अर्घेली जानुभन्दा एक महिनाअगाडि विश्वयुद्धमा पठाइएका सबै नेपाली सेना नेपाल फर्किए । दोस्रो विश्वयुद्ध अघि ब्रिटेनले नेपाललाई प्रति वर्ष दश लाख भारु दिने गरेकोमा सो बढाएर बीस लाख भारु गरिदियो ।
पुरुषोत्तम शमशेरले २००२ साल (ई.सं. १९४५) मा जुद्धले भारतका वाइसराय लर्ड वाभेलसँग भेट्दा निजले ब्रिटिस भारतलाई स्वाधीन भारत र पाकिस्तानको रुपमा देश बन्ने र देशी राज्यलाई भारत वा पाकिस्तानमा मिल्न पाइने कुरा बंगालसँग जोडिने गरी इलाका माग गरेमा नेपाललाई दिनेछौं भनी भनेको कुरा लेखेका छन् ।
२००४ साल(ई.सं. १९४७) मा जुद्धले सत्तात्याग गरेको डेढ वर्षपछि भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएका थिए । बंगालमा मुस्लिम बहुसंख्यक र हिन्दू अल्पसंख्यक थिए तर कलकत्तालगायत बंगालको पश्चिमी भागमा हिन्दू बहुसंख्यक थिए ।
त्यसैताका बंगाललाई स्वतन्त्र अथवा भारतभित्रै स्वायत्त इकाईको रुपमा राख्ने भन्ने पनि कुरा भएको थियो । बंगालको मुस्लिम बहुल पूर्वी भाग पूर्वी पाकिस्तान हुने भयो भने हिन्दू बहुल पश्चिमी बंगाल भारतमा रहने भयो । २०२८ साल(ई.सं. १९७१) मा पूर्वी पाकिस्तान बंगलादेश बन्यो । त्यसबेला पूर्वी पाकिस्तान र नेपालको सिमाना जोडिन पाएको भए भारतको उत्तरपूर्वी क्षेत्र नै भारतबाट छुट्टिन जाने थियो । त्यसो हुन नदिन नेपाललाई भारतमा मिलाउनुपर्छ भन्ने दबाब पनि आउन सक्दथ्यो होला ।
भारतमा उपप्रधानमन्त्री सरदार पटेलको २००७ साल(ई.सं. १९५०) तिर त्यस्तै बिचार थियो भन्ने सुनिएको हो । बंगालको पूर्वी र पश्चिमी भागको सीमांकन भारत र पाकिस्तानको स्वतन्त्रताको बेलामा २००४ सालमा(ई.सं. १९४७ अगस्टमा) भयो र यासलाई रेडक्लिफ अवार्ड भनिन्छ । त्यसबेला नेपालका प्रधानमन्त्री पद्म शमशेर भइसकेका थिए । तर नेपाललाई भारतको भूमिदिने भन्ने कुनै प्रस्ताव नेपालबाट गएको अथवा ब्रिटिश सरकारबाट नेपालमा आएको भन्ने कुनै दस्तावेज भेटिएको छैन ।
नेपालमा कमजोर सरकार र प्रधानमन्त्री हुनाले यसबारे फलो अप हुन सकेन जस्तो देखिन्छ । भारतका भाइसराय लर्ड वेभेल शिकारमा २००१ साल(ई.सं. १९४४) मा नेपाल आउँदा यसबारे कुरा भएको भने हुन सक्छ । जे भएपनि भारत स्वतन्त्र भएपछि नेपाल र पूर्वी पाकिस्तान(हाल बंगलादेश) को बीच सिलीगुढी क्षेत्रमा १८ किमीको भारतीय भूमिले छुट्याइ राख्यो ।
दोस्रो विश्वयुद्धमा हिटलरजस्तो अधिनायकबादी ६० लाख यहुदीहरुको सामुहिक हत्याको निमित्त उत्तरदायी अडोल्फ हिटलरको नेतृत्वको जर्मनीको हार हुनु विश्वकै उदार र लोकतन्त्रवादका समर्थक सबैको निमित्त खुशीको कुरा हो ।
दोस्रो विश्वयुद्धकै कारणले एशिया र अफ्रिकामा उपनिवेश राख्ने ब्रिटेन, फ्रान्स, बेल्जियम जस्ता देशहरुको जीत भएपनि विश्वयुद्ध समाप्त भएको केही दशकभित्र नै उपनिवेशहरु स्वन्त्र हुन पुगे । विश्वयुद्धमा ब्रिटेनलाई सघाएर नेपाललाई प्रत्यक्ष लाभ नभएता पनि छिमेकका भारत, पाकिस्तान, बर्माजस्ता छिमेकी देशहरु उपनिवेशबाट स्वतन्त्र भए । यसको प्रभाव नेपालमा समेत पर्न गई जुद्धले सत्ता त्याग गरेको पाँच वर्ष भित्रै र भारत स्वतन्त्र भएको तीन वर्ष भित्रै नेपालमा राणा शासन ढलेर प्रजातन्त्र आयो । दोस्रो विश्वयुद्धमा सहभागि भएर नेपालले केही फाइदा पाएको भए यही हो ।
(राणा प्रधानमन्त्रीहरुको जीवनीबाट)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: