Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्लान नेपालले राहतको जस्ता पैसा लिएर बाँडेको खुलासा

\"\"चरिकोट, २२ माघ । भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ । एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानविन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा गम्भीर लापर्वाही भएको तथ्य सार्वजनिक भएको छ । दोलखाको शैलुङ्गेश्वर गाविसमा प्लान नेपाल आफैंले ठेकेदारमार्फत बाँडेको जस्तामा १८ प्रति जस्तापाताको हस्ताक्षर गराएर १४ प्रति जस्तापाता मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेसँगै प्लान नेपालले गरेको भ्रष्टाचारको तथ्य सार्वजनिक भएको हो । स्थानीय शिव थपलियाका अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको भेटिएको छ । सोही गाविस वडा नं २ का ५६ परिवारलाई १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिएपछि स्थानीय जनता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आउने भएका छन् । प्लान नेपालले गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै किर्ते हस्ताक्षर गरी राहत सामग्रीमा अनियमितता गरेको भन्दै स्थानीयवासीले सरोकारवाला निकायमा उजुरी गर्ने बताएका छन् । प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ । प्लानले शैलुङ्गेश्वर गाविसमा बाँस, त्रिपाल, चामल, लत्ताकपडा र जस्ता वितरण गरेको थियो । स्थानीय समाजसेवी अरुण उपे्रती भन्छन्, ‘दिउँसो सामान बाँड्ने भनेर राति बोलाइन्छ । सामान ढुवानी गर्ने भन्दै स्थानीयवासीहरुबाट पनि पाँच सय देखि सातसयका दरले रकम उठाएका छन् । प्लान नेपालले ठेकेदारलाई ढुवानीसम्मको रकम उपलब्ध गराएको हुन्छ, तर प्लानका कर्मचारीले यो सिधासिधा भूकम्पपीडित ठग्ने खेल गरे ।’ जस्ता खरिद गरेका संखुवासभाका जस्ता सप्लायर्स कम्पनीका भानुभक्त कलादीले आफूले जस्ता खरिद मात्रै गरेको र वितरण र नपुगकाबारेमा प्लान नेपालका कर्मचारीलाई सोध्न आग्रह गरे । यता, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले गरेको गल्ती पुष्टि भए कानुनी कारबाही गरिने बताए । शैलुङ्गेश्वर वडा नं ८ का कुमार थपलियाले आफूलाई १८ पाता जस्तामा हस्ताक्षर गराएर १६ पातामात्रै जस्ता दिएको बताएका छन् । त्यस्तै, शैलुङ्गेश्वर वडा नं ८ का खड्गबहादुर थपलियाले पनि १८ पाता जस्तामा हस्ताक्षर गर्न लगाएर १६ पाता मात्रै दिन लागेपछि जस्ता नबुझेको बताउँछन् । उनी भन्छन् – पैसा पनि तिर्नु, जस्ता पनि कम पाउनु । त्यसैले मैले जस्ता बुझिनँ । स्थानीयवासी शिव थपलियाले प्लानको चरिकोट कार्यालयमा सूचना मागेर भरपाई अध्ययन गर्दा प्लान नेपालले राहत सामग्री बाँड्दा एउटै व्यक्तिलाई चार थरी सामान दिँदा चार थरीकै हस्ताक्षर भेटिएको तथ्य बाहिर आएको बताए । प्लान नेपालका अनुसार दसैं अगावै जस्ता स्थानीय जनतालाई बाँड्नुपर्ने जस्ता प्रतिकूल मौसम र बाटोको समस्याले गर्दा बाँड्न नसकिएको स्वीकारेको छ । वितरणमा केही त्रुटि भएको पनि उसले बताएको छ । यस विषयमा सोध्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आउन चाहेनन् । प्लान नेपालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा ठेकेदार र वडा नागरिक मञ्चको रोहबरमा विभिन्न राहत सामग्री बाँडिएको र स्थानीयवासीकै सहमतिमा पाँचसय देखि सातसयसम्मको ढुवानी रकम उठाएको बताएका छन् । प्लानले शैलुङ्गेश्वर गाविसमा मात्रै ४९९ परिवारलाई जस्ता वितरण गरेको बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy