Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सांसदले खोजे 'एयरपोर्टका दुला'

\"\"काठमाडाैं, २८ माघ । सांसद्‌ मिलन राजवंशी त्रिभुवन विमानस्थलका कर्मचारीसँग जिज्ञासा राख्दै थिइन्, \'विमानस्थलभित्र पुग्न सामान्य यात्रुले प्रयोग गर्नेभन्दा अन्य बाटो पनि छन् रे, ती कहाँ छन् हेरौं न !\' अाजको अन्नपूर्ण पोस्टमा खबर छ– संसद्को सुशासन तथा अनुगमन समितिको एक टोली बिहीबार दिउँसो विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानदेखि आगमनसम्मको स्थलगत भ्रमणमा थियो। प्रस्थानतर्फ अध्यागमन पार गरेपछि आगमनतर्फ टोली बढ्दै गर्दा पूर्वमन्त्री कृपासुर शेर्पाले विमानस्थलका कर्मचारीले मात्र प्रवेश पाउने बाटोतर्फ हेर्दै भने, \'माननीयज्यू, हेर्नुस् यो पनि एउटा हात्ती छिर्ने दुलो हो।\' गत महिना त्रिभुवन विमानस्थलबाट बाहिरिनेक्रममा ३३ केजी सुनसहित भरिया पक्राउ परेको र त्यसपछि उच्चपदस्थ प्रहरी अधिकृतसमेत पक्राउ परेको अवस्थामा संसदीय समितिले विमानस्थलको अनुगमन गरेको हो। अनुगमनक्रममा समितिका सदस्यहरू हात्ती छिर्ने दुला खोज्न आतुर थिए। त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय, प्रहरी इन्चार्ज नायब महानिरीक्षक (डीआईजी) गोविन्द निरौला, विमानस्थल भन्सार प्रमुख नारायण सापकोटा अनुगमन टोलीलाई आ-आफ्नो क्षेत्रका अधिकार र जिम्मेवारी बुझाउनमै व्यस्त थिए। अनुगमनमा टोली जतिजति अगाडि बढ्दै गयो, सांसदहरू त्यति नै अचम्मित बन्दै थिए। ठूलो परिमाणमा सुन बरामद भएको सन्दर्भमा खासगरी विदेशबाट आएका नेपाली तथा विदेशी भित्रबाट कसरी बाहिर आइपुग्छन् र उनीहरूको सामान कसरी जाँच हुन्छ भन्नेमा अनुगमन केन्द्रित थियो। बाहिरबाट आएका गैरव्यावसायिक पार्सल जाँच गर्ने ठाउँ र कार्गो हुने सामानको जाँच देखेर उनीहरू चकित भए। गैरपार्सल जाँच गरिने ठाउँनजिकै केही ठाउँमा ठुल्ठूला भ्वाङ छन्, जहाँबाट सामान एक्स रे मेसिनमा नछिराई भित्र ल्याउन सकिन्छ। त्यसपछि ती सामानले कहीँ पनि \'एक्स रे\' जाँच गर्नुपर्दैन। ती प्वाल कसले टाल्ने भन्नेमा भन्सार र विमानस्थलबीच विवाद देखिएको छ। \'एक्स रे जाँचमा कालो दाग देखिए त्यसलाई शंकास्पद भनी भन्सार अधिकृतको जिम्मा लगाइन्छ। सुन र फलाम दुवैको दाग कालै देखिन्छ। कालो दाग नदेखिए व्यक्तिको व्यवहार हेरेर मात्र पुनः जाँच गरिन्छ\', विमानस्थल भन्सारप्रमुख सापकोटाले भने। बाहिरबाट एकपटकमा आएका बढीमा १० वटा विमानको सामान जाँच गर्नसक्ने मात्र क्षमता भए पनि अहिले ४० वटासम्म विमान आइरहेकाले शंकास्पद भनी उल्लेख भएका सामानको जाँच राम्रोसँग गर्न नसकिएको कर्मचारी बताउँछन्। यसैगरी कार्गोका सामान विमानबाट बिनाजाँच सोझै गाडीमा राखेर करिब एक किलोमिटर पर रहेको भन्सार कार्यालयमा पुर्‍याइन्छ। \'गाडीमा ल्याउँदा सामान बीचबाटोमै गायब गर्न सकिने रहेछ\', अनुगमन टोलीका अम्बरबहादुर लामाले भने। सांसदले विमानस्थलमा प्रवेश पास वितरणमा कडाइ गर्नुपर्ने, प्रवेश पास प्रयोगकर्ताको कडा अनगमन गरिनुपर्ने, अनावश्यक बाटा बन्द गरिनुपर्ने, भीआईपी र भीभीआईपीको समेत सुरक्षा जाँच गरिनुपर्ने, सुरक्षाकर्मीको पनि जाँच गरिनुपर्ने बताए। सांसद जनकराज जोशीले प्रवेश पासका कारण बिनाअवरोध जहाँ पनि जान सकिने भएकाले वितरणमा कडाइ र प्रयोगकर्ताको अनुगमन गरिनुपर्ने बताए। \'विमानस्थलभित्र प्रवेश गर्ने सबैको सुरक्षा जाँच गरिनुपर्छ त्यसमा भीभीआईपी हुन् या प्रहरी वा विमानस्थलकै कर्मचारी। इमर्जेन्सी ढोका जतिबेला पनि खुला हुँदा त्यसले तस्करी वा अन्य गैरकानुनी काम गर्न सजिलो भएको छ\', उनले भने। विमानस्थल प्रहरी प्रमुख डीआईजी निरौलाले विमानस्थलमा कुनै पनि कर्मचारीलाई दुई वर्षभन्दा बढी राख्न नहुने बताए। \'भन्सारका कारण कमजोरी \' सुन तस्करी काण्डमा विमानस्थलको सुरक्षा व्यवस्थालाई जोड्नु त्रुटिपूर्ण भएको विमानस्थल प्रमुख देवानन्द उपाध्यायले बताएका छन्। अनुगमनपछि आयोजित छलफलमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले भन्सार कार्यालयको कमजोरीका कारण सुन तस्करी सफल भएको बताए। \'बाहिरबाट आएका हवाईजहाज उतैबाट सुरक्षा जाँच भएर आएका हुन्छन्। हाम्रोबाट बाहिर जानेमा हामीले सुरक्षा व्यवस्था कडा पार्ने हो। बाहिरबाट जहाज र यात्रु हाम्रोमा आइपुगेपछि जाँच गरिनुपर्ने भनेको भन्सारसँग सम्बन्धित विषय हो। भन्सार छलेर कुनै सामान ल्याएको छ कि छैन भन्ने जाँच गर्ने हो\', उनले भने। छलफलमा अध्यागमन, भन्सार, प्रहरी, विमानस्थलका पदाधिकारीले सुन तस्करीमा आफ्नो कमजोरी नरहेको जिकिर गरेपछि सांसदहरू जंगिएका थिए। सांसद नरसिंह चौधरीले विमानस्थलको समस्या भएकाले सम्बन्धित सबै सरोकारवालाले जिम्मेवारी लिएर त्यसलाई सच्याउनुपर्ने बताए। अम्बिका राजवंशीले विगतमा नेताका कारण बदनाम भएको देश अहिले कर्मचारीका कारण बदनाम भइरहेको बताइन्। \'सुधार गर्न के-के गर्नुपर्छ भन्नुस्। तपाईंहरुले सक्ने भए निर्देशन दिन्छौं। नसक्ने भए माथिबाट भए पनि पहल गर्छौं\', उनले भनिन्। विमानस्थल भन्सार प्रमुख सापकोटाले जर्मनीबाट ११ वटा एक्स रे मेसिन ल्याउन लागिएको जानकारी दिँदै त्यसले विमानस्थलको जाँचमा धेरै सुधार ल्याउने बताए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy