Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

\"\"मुगु, २ फागुन । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हुँदा र मृत्यु संस्कारमा सरकारले स्थानीयवासीलाई २० किलो चामल अनुदानमा दिने घोषणा गरेको थियो । सरकारले घोषणा गरेको पाँच महिनापछि मुगुलगायत कर्णालीका अन्य पाँच जिल्लामा चामल दिने प्रक्रिया सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गर्दा सामाजिक सञ्जाल र कर्णाली क्षेत्रका राजनीतिज्ञ, विज्ञ, तथा नागरिकले अनुदाने चलनले कणालीवासीलाई परनिर्भर नबनाउने बरु कर्णालीवासी झन गरिब हुने भन्दै दिने भए दीर्घकालीन विकास देउ, शिक्षा, रोजगारीमा अवसर देउ भनी चर्को विरोध गरेका थिए । विरोधका बीच सरकारले संसद्बाट कर्णाली क्षेत्रमा जन्म र मृत्यु संस्कारमा निःशुल्क चामल र ढुवानी खर्च दिनेसम्बन्धी निर्देशिका पारित गरेको थियो । सरकारले २० किलो चामल र ढुवानी खर्च वितरणका लागि सरकार मातहतको नेपाल खाद्य संस्थानलाई जिम्मा दिएको छ । कर्णालीमा रहेका संस्थानका पाँच वटै शाखा कार्यालयले आइतबार पाँच वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खाद्य व्यवस्थापन समितिको बैठक बसी २० किलो चामल र ढुवानी खर्च दिने सरकारको निर्णय कार्यान्वयन गर्न निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला खाद्य व्यवस्थापन समिति मुगुका संयोजक केशवराज शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले जन्म र मृत्यु भएको गाविसको प्रमाणित कागजात ल्याएमा संस्थानमा आउने कर्णालीवासीलाई आइतबारबाट चामल दिने र चामल लिन शाखा तथा डिपो कार्यालय रहेका गाविसभन्दा बाहिरका स्थानीय आएमा प्रतिदिन पाँच सय रुपैयाँका दरले ढुवानी खर्च दिने र यो बढीमा दुई दिनसम्मको मात्र दुवानी खर्च दिने निर्णय भएको बताए । मुगु मात्र नभएर यो प्रक्रिया कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा समेत समितिले निर्णय गरेर संस्थानलाई निर्देशन समेत दिएको पनि प्रजिअ शर्माले बताए । सरकारले गत पुस १ गतेबाट चामल र ढुवानी दिन निर्देशन दिएको भए पनि कर्णालीमा अख्तियारी ढिला आउँदा समय लागेको मुगु खाद्य संस्थानका शाखा प्रमुख गङ्गाराम साहले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: