Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मुलुकलाई एकताबद्ध गर्न तीनै तहको निर्वाचन आवस्यक –प्रचण्ड

\"\"काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले मुलुकलाई एकताबद्ध गर्नका लागि तत्काल निर्वाचन आवश्यक रहेको भन्दै सरकार निर्वाचनको वातावरण बनाउन लागिपरेको बताएका छन् । सोमबार काठमाडौंमा छैठौ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले केही दलले निर्वाचन गर्न नदिने षडयन्त्रमा लागेको आरोप लगाए । ‘सरकार भनेकै मितिमा निर्वाचन गराउन प्रयासरत छ, तर केही दल र व्यक्ति चुनाव नहोस भनेर लागिपरेका छन्’ उनले भने–‘सरकारले आउने जेठभित्र स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्रको एकतालाई सुढृढ गर्न र समृद्धिको बाटोमा लाग्न पनि चुनाव आवश्यक छ ।’ प्रधानमन्त्री प्रचण्डले केही व्यक्ति र प्रवृत्ति पुरानै सत्ता सिंहदरबारमै रहोस भन्ने चाहेका कारण गतिरोध लम्बिएको दाबी गरे । जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा पनि अधिकार केन्द्रीत गरेर सिंहदरबारमै रहोस् भन्ने दल र व्यक्तिको स्वार्थका कारण समस्या भैइरहेको उनको भनाई थियो । ‘नेपालको इतिहासको विशिष्ठ मुडमा जनतालाई अधिकार दिइनुपर्छ । उनले चुनावको लागि मिसन बनाएर रेडियोहरुले जनतामा जागरण ल्याउनुपर्ने बताए । सबैको पहलकदमी भएमा निर्वाचनका लागि सबै ग्रामिण भेगका जनतामा एकता ल्याउन सम्भव हुने प्रचण्डको भनाई थियो । प्रधानमन्त्रीले रेडियोहरुले विगतको झै सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्ने बताए । ‘तपाईँहरुले जागरण ल्याउने उद्देश्य तपाईहरुले निर्वाचनको लागि दुर्गम र ग्रामिण भेगमा जाउ । मिसनको रुपमा काम गर्नुपर्यो । नेपाली जनताको बीचमा एकता गर्न पहल गर्नुछ । संविधान कार्यान्वयन मार्फद आर्थिक समृद्धितिर देशलाई लानुपर्ने छ । सबैको सामुहिक संकल्प र पहलकदमीको खाँचो छ ।’ देशलाई एकतावद्ध र परिवर्तनलाई संस्थागत गर्न अनुरोध गरे । वर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाई आगामी १ वर्षभत्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । सरकारले तय गरेको लक्ष्यलाई प्राप्त गर्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहन्छ । सामुदायिक रेडियो सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम हुन् । यसमा यहाँहरुको सकारात्मक सहयोग र सहकार्य रहनेमा म विश्वस्त छु । यस सन्दर्भमा आगामी बैशाख जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारीमा साथ दिन म विशेष अपील पनि गर्न चाहन्छु –उनले भने । क्रममा उनले भने–   रेडियो दिवसका सन्दर्भमा छापा माध्यमसरह विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था, विद्युतीय सञ्चार माध्यमले अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्थामा परिमार्जन, अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विषेश सहुलियत र सहयोगको प्रबन्ध, सामुदायिक रेडियो प्रशारणलाई गुणस्तरीय, दीगो र विश्वासिलो बनाउन, महिला र दलितद्धारा सञ्चालित रेडियोहरुलाई विशेष सहुलियत दिन, सामुदायिक रेडियोकर्मीका लागि सीपमूलक एवं क्षमता विकास सम्बन्धी तालिम तथा सामुदायिक रेडियोको संस्थागत विकासका निम्ति सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को आयोजनामा काठमाडौंमा नेपालका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सुरु भएको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending