Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

आकर्षक र गुणस्तरीय बन्दै अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’

\"\"काठमाडौँ, ४ फागनु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत गरिने भएको छ । गतवर्षको भूकम्पका कारण क्षतिग्रस्त भएका उपकरणका साथै डेक्सलाई गुणस्तरीय र आकर्षक बनाउन विश्व स्वास्थ्य सङ्गठनको रु ३५ लाखको सहयोगमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेल्थ डेक्सको मर्मत गरी गुणस्तरीय बनाउन लागिएको हो । अफ्रिकन देशमा इबोलको महामारी फैलिएपछि बाहिरी मुलुकबाट आएका पर्यटक तथा नेपाली यात्रुबाट रोगको सङ्क्रमण भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँच गर्न सरकारले सो हेल्थ डेक्स स्थापना गरेको थियो । मुख्यतयाः रोगग्रस्त मुलुकबाट आएका यात्रीसँगै रोगको सङ्क्रमण देशभित्र भित्रनसक्ने हुनाले विमानस्थललै त्यसको जानकारी लिई सजकता अपनाउनु पनि हेल्थ डेक्सको उद्देश्य हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आर्चायले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्स गुणस्तरीय र आकर्षक पनि हुनुपर्छ भनी पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । १५ दिनभित्र मर्मत कार्य सकिने बताइएको छ । निर्देशक आचार्यका अनुसार आगमन स्थलमा राखिएको थर्मल स्क्यानर क्यामरा जडान पनि गतवर्षको भूकम्पले काम नलाग्ने गरी बिग्रिएको छ । उक्त क्यामराको फोकस बाहिरबाट आएका यात्रुको निधारमा परी उसको शरीरको तापक्रम नाप्ने काम गर्छ । सोही तापक्रमको आधारमा बढी तापक्रम भएका व्यक्तिलाई हेल्थ डेक्समा ल्याई परामर्श गरी थप जाँच गरी कुनै रोगको जोखिम भए नभएको पत्ता लगाउने गरिन्छ । अब बन्ने हेल्थ डेक्सको स्वरुप नै परिर्वतन हुने निर्देशक आर्चायको भनाइ छ । उहाँले उक्त हेल्थ डेक्स आर्कषक र स्तरीय मात्र नभई त्यहाँबाट दिइने सेवा गुणस्तरीय बनाउन परामर्श दिने, त्यसको तथ्याङ्क राख्न कम्प्युटरको पनि व्यवस्था हुने बताए । उक्त डेक्समा सिनियर अहेब र हेल्थ असिस्टेन्ट गरी पाँचजना कर्मचारी २४ सै घन्टै सेवामा खटाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पालैपालो कर्मचारी त्यहाँ परिचालन गर्दै आएको छ । तर निर्देशक आचार्य उक्त डेक्सका लागि छुट्टै दरबन्दी सिर्जना गरी सोही स्थानका लागि नै कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको बताउँछन् । यस्तै हेल्थ डेक्स सरकारले छिमेकी देशसँग जोडिएका छ । जिल्लामा सिमानामा पनि स्थापना गरेको छ । झापाको काँकडभित्ता चौकी, विराटनगरको रानीभन्सार, रसुवाको रसुवागडी नाका कञ्चनपुरको गड्डाचौकी, भैरहवामा बेलिया नाका, नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । विमानस्थलमा थर्मल स्क्यानर क्यामराको माध्यमबाट बिरामी पत्ता लगाइने भए पनि सिमाका रहेका अन्य ६ हेल्थ डेक्समा भने टाँसिएको सूचनाको आधारमा शङ्कास्पद बिरामी आफँै हेल्थ डेक्सको सम्पर्कमा आएर जाँच तथा परामर्श लिने गरेका छन् । उक्त डेक्स सञ्चालन गर्नका लागि सरकारले वर्षको रु तीन लाख बजेट प्रत्येक हेल्थ डेक्सलाई उपलब्ध गराउँदैँ आएको छ । सरकारले सात स्थानमा राखिएको हेल्थ डेक्समा अहिलेसम्म १५ हजार ९८१ जनाले स्वास्थ्यबारे परामर्श लिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०७२÷७३ मा वर्ष १३१ जना र आव २०७३÷७४ मा ३२० बिरामीसँग परामर्श गरिएको थियो । काकडभिट्टामा रहेको स्वास्थ्य सहायता कक्षमा आर्थिक वर्ष २०७२÷७३ मा वर्ष एक हजार आव २०७३÷७४ मा तीन सय बिरामीले परामर्श लिएका थिए । त्यस्तैगरी भैरहवाको सुनौली नाकामा आव २०७२÷७३ मा ४५० र २०७३÷७४ मा ८४, नेपालगन्जको जमुनामा आव २०७२÷७३ सबैभन्दा १३ हजार यो चालु आवमा तीन महेन्द्रनगरको गड्डाचौकीमा आव २०७२÷सात सय ३ र अहिले दुई जनाले मात्र परामर्श लिएका छन् । रसुवागडी र विराटनगर रानी भन्सारको भने तथ्याङ्क नआएको महाशाखाले जनाएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy