फाल्गुन ५ गते, २०७३ बिहिवार 16th February, 2017 Thu०८:३३:१३ मा प्रकाशित
[caption id=\"attachment_115809\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption]
पाल्पा, ५ फागुन ।सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले । तर यो ज्वलन्त र यथार्थ उदाहरण हो, रामपुर नगरपालिका–१० को बालेपधेँरा, बाहुनडाँडा र कामिटोलको ।
गाविसबाट नगरवासीमा परिणत भएका यहाँका स्थानीयवासीले आधारभूत आवश्यकता त परै जाओस् पिउने पानीको पनि सुविधा उपभोग गर्न पाइरहेका छैनन् ।
नगरपालिकाको केन्द्र नजिकका साबिक रामपुर गाविस वडा नं – १, ३, ४, ५, ६, ७, ९ र दर्छा गाविसका नं ७ र ८ मा रामपुर दोस्रो खानेपानी आयोजनामार्फत सबैका घरघरमा धारा जडान गरेर खानेपानीको सुविधा उपभोग गरिरहेका बेला यहाँका स्थानीयवासीलाई भने दिनभर पानीको जोहो गर्दै ठिक्क छ । यस क्षेत्रका स्थानीयवासी चरम खानेपानीको अभावमा गाउँ–बस्ती नै छाड्न बाध्य भएका छन् ।
बस्ती नजिकै कुवा, मूल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पछिल्लो समय खानेपानीकै समस्याले यहाँका बस्ती नै पातलिँदै गएका छन् । बाले पधेँरा, बाहुनडाँडा र कामिटोल क्षेत्रमा झन्डै एक सयभन्दा बढी घरधुरी रहेकामा बस्ती पातलिँदै जाँदा हाल २० घरधुरी मात्र सीमित हुन पुगेको छ । गाउँसम्म पुग्ने बाटोको समस्या, खानेपानीको चरम अभाव, बिजुली लगायतका सेवासुविधाविहीन बनेका स्थानीयवासीले गाउँका उर्वर भूमि छाडेर अन्यत्र बसाइँसराइ गर्न बाध्य भएका हुन् ।
स्थानीयवासीको दैनिकी भनेको नै बिहान उठ्यो गाग्री बोक्यो अनि गाउँभरि डुलेर पानीको जोहो गर्दै बितेको छ । बस्तीभन्दा करिब दुई किलोमिटर टाढा रहेको कालो पहाडमा एउटा सानो पानीको मूलबाट एक घरपरिवारलाई दिनमा एक गाग्रीदेखि दुई गाग्रीसम्म बडो मुस्किलले पानीको व्यवस्था मिलाइएको कुलबहादुर सिञ्जालीले बताए । कामिटोलका रितुमान विक ७३ वर्ष पुगिन् । तर उनलाई बस्तीदेखि करिब तीन किलोमिटर टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता उनको जीवनभर हट्न सकेन ।
दिउँसोको समयमा डोकोमा पानी बोक्दै गरेको अवस्थामा भेटिएकी विक भन्छिन्, “नगरवासी भएपछि पानी त सजिलो गरी पिउन पाइन्छ कि भनेको समस्या ज्यूँका त्यूँ नै छ ।”
“खानेपानीको व्यवस्थासम्म नगरपालिकाले मिलाइदिए पानी बोक्ने समय अन्य काममा खर्चन पाइन्थ्यो”, विकले भनिन् । स्थानीयले लुगा धुन, नुहाउन, गाईभैँसीका लागि आवश्यक पर्ने पानी बस्तीदेखि तीन किलोमिटर तल रहेको फार्सेखोलाबाट बोकेर गुजारा चलाउँदै आएका छन् । यस क्षेत्रमा पानीको चरम अभावले बसाइँसराइ गर्दा एक घरपरिवारको कम्तीमा पनि ३० देखि ४० रोपनी जग्गा बाँझिन पुगेको छ ।
बस्तीमुनि रहेको फार्सेखोलाबाट लिफ्टिङ गरेर गाउँमा पानी पु¥याउन सकेको खण्डमा बसाइँसराइको क्रम रोकिने थियो । पानीको स्रोतको वैकल्पिक व्यवस्थाका लागि स्थानीय निकायमा पटकपटक आग्रह गरेपनि चासो नदिएको स्थानीयवासीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: