Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

राजनीतिक भर्तीकेन्द्र बन्यो पर्यटन समिति : निर्देशक

जुम्ला, ५ फागुन । राजनीतिक भर्ती केन्द्र बनेकै कारण यहाँको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताएका छन् । पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गरेका हुन् । विसं २०६७ सालमा समिति स्थापना भएदेखि करोडौँको बजेट यहाँ आए पनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उनको भनाइ थियो । “एकरदुई लाखका टुक्रे योजनाबाट मठमन्दिर बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो, तर ठोस योजना बन्नै सकेनन्,” उनले भने । आगामी वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि योजना निर्माण गर्न र नीतिगतरुपमा यसलाई अघि बढाई कर्णालीलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले यहाँका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, पर्यटन तथा होटल व्यवसायी र गैसस लगायतका सबै सरोकारवालासँग छलफल चलाइएको उनको भनाइ थियो । छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औँल्याएका थिए । धुलो उडाएर बजेट सिध्याउन नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए । साथै, उनीहरुले पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार कार्यलाई व्यापक बनाउन आग्रह पनि गरे । कार्यकारी निर्देशक उपाध्यायले कर्णालीसँग सम्बन्धित विभिन्न क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न सूचना केन्द्रको स्थापना गर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: