Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

टेन्डर गरेर म्याद नाघेको औषधि खरिद !

\"\"बझाङ, १७ फागुन । जिल्ला स्वास्थ्य कार्यालय बझाङ र ठेकेदारको लापर्बाहीले सम्झौता विपरीत म्याद गएको औषधिको टेन्डर गरेर औषधि ल्याएको अस्पताल विकास समितिका सदस्य लोकेन्द्रसिंह धामीले बताएका छन् । नवनिर्वाचित अस्पताल विकास समितिले जिल्ला स्वास्थ्य कार्यालय माथि औषधि खरिद गर्दा शङ्का लागेपछि जिल्ला अस्पताल बझाङको स्टोरमा औषधिको अनुगमन गर्दा सम्झौता अनुसार औषधि नल्याई मनोमानी ढङ्गबाट १८ महिनासम्म मिति भएको औषधि खरिद गरेर ल्याउनुको साटो तीन महिना मात्र म्याद भएको औषधि टेन्डर गरेर ल्याएको अस्पताल विकास समितिका अध्यक्ष जगतबहादुर सिंहले बताए । उनका अनुसार २०७३ साल ८ महिना ३ गते टेन्डर गरेर ३५ लाखको औषधि खरिदको ठेक्का ड्रग सेन्टर धनगढीका प्रोपाइटर हेमन्तकुमार बस्नेतले पाएका थिए । नवनिर्वाचित अस्पताल विकास समितिले औषधि खरिद माथि शङ्का लाग्दा छड्के अनुगमन गर्दा जिल्ला स्वास्थ्य कार्यालय र ड्रग सेन्टर धनगढीबीच १८ महिना म्याद भएको औषधि खरिद गरेर ल्याउनुको साटो जिल्ला स्वास्थ्य कार्यालयकै मिलोमतोमा तीन महिनादेखि पाँच महिना म्याद भएको औषधि जिल्लामा भित्र्याउनुमा ठूलो पैसाको चलखेल भएको अध्यक्ष सिंहले बताए । औषधिको बाहिरी कभरको मिति र भित्री औषधिमा राखेको मिति पनि फरकफरक हालेर प्याकिङ गरेको अनुगमन गर्दा भेटिएको छ । औषधि खरिदमा ठेकेदार र डाक्टरको मिलोमतोमा म्याद जान लागेको र म्याद गुजे्रको औषधि जिल्ला स्वास्थ्य कार्यालयमै भेटिँदा कति चलखेल भएको हो भन्ने स्पष्टै रहेको छ । जिल्लामा ४७ वटा स्वास्थ्य चौकी र १० वटा सेवा केन्द्र रहेका छन्, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीकै लापर्बाहीले विकट गाउँका हजार्रां जनता औषधिको पहुँचबाट टाढा बसिरहेका छन् । जिल्ला अस्पताल जस्तो संवेदनशील कार्यालयमा त यति ठूलो अनियमितता हुँदै आएको छ भने अन्य कार्यालयको अवस्था सहजै थाहा पाउन सकिन्छ । जिल्लाका सरोकारवाला निकायले भने अनुगमन गरे जस्तो गरेर खासै यसमा ध्यान नदिएको जनगुनासो रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: