पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ निर्वाचित, १ मतले पूरी पराजित
फाल्गुन १८ गते, २०७३ बुधवार 1st March, 2017 Wed०९:४४:१४ मा प्रकाशित
सिन्धुपाल्चोक, १८ फागुन ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६० मत ल्याएर प्रत्यासी युवराज पुरीलाई १ मतले पराजित गराए ।
उपाध्यक्षमा टिका दाहाल र ज्ञानेन्द्र तिमल्सिनाबीच प्रतिष्पर्धा भएको थियो । ज्ञानेन्द्र तिमल्सिनाले ७१ मत ल्याई विजयी भएका छन् । प्रत्यासी टिका दाहालले ४८ मत ल्याए ।
सचिव दिनेश थापाले ६५ मत ल्याएर प्रत्यासी दिनेश दुलाललाई ११ मतले पराजित गराउन सफल भए ।
महिला उपाध्यक्षको लागि गोमा खत्री र दुर्गा आचार्यबीच प्रतिष्पर्धा भएकोमा आचार्यले ६५ मत ल्याई विजय हासिल गरीन् भने खत्रीले ५३ मत प्राप्त गरीन् ।
त्यस्तै, सचिवमा दिनेश दुलाल र दिनेश थापाबीच प्रतिष्पर्धा भएको थियो । दिनेश थापाले ६५ मत ल्याएर विजय हासिल गरे उनको प्रत्यासी दिनेश दुलालले ५४ मत प्राप्त गरे । सह–सचिव खुल्लाको लागि विदुर आचार्य र किशोर बुढाथोकी बीच प्रतिष्पर्धा भएको थियो । किशोर बुढाथोकीले अत्याधिक ७२ मत ल्याई विजय हासिल गरेका छन् । प्रत्यासी आचार्यले ४७ मत मात्र ल्याए ।
त्यस्तै समावेशी सह–सचिवमा प्रकाश सुन्दास र केदार माझीको प्रतिष्पर्धा भएकोमा माझीले ६८ मत ल्याई विजय हासिल गरे । सुन्दासले ४७ मत प्राप्त गरे । कोषाध्यक्षमा दिपक अर्याल र विदुर गिरीबीच प्रतिष्पर्धा भएको थियो । जसमा गिरीले ६१ मत ल्याई विजयी भए भने प्रतिद्वन्द्वी दिपक अर्यालले ५५ मत प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार ३ सदस्य समावेशीको लागि सिर्जना बराल दलित निर्विरोध निर्वाचित भए भने जनजाती सदस्यमा नेत्र तामाङ र सुनिता रखाल मगर बीच प्रतिष्पर्धा भएको थियो । जसमा तामाङले ५७ मत ल्याई विजय हासिल गरे भने सुनिता रखाल मगरले ४७ मत प्राप्त गरीन् ।
समावेशी महिला सदस्यमा कमला तामाङ र मिना गुरुङबीच भएको प्रतिष्पर्धामा कमला तामाङले ५४ मत ल्याएर विजयी हासिल गरीन् । उनको प्रत्यासी गुरुङले १४ मत मात्र प्राप्त गरीन् ।
त्यस्तै तीन सदस्य खुलाको लागि सुन्दर शिरिष, टिका सुवेदी, नानिराम नेपाल, सुरेश बुढाथोकी, आदित्य दाहालबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धीमध्ये सुरेश बुढाथोकीले ६८, सुन्दर शिरीषले ६१ र आदित्य दाहालले ६० मत ल्याएर निर्वाचित भएका छन् । भने प्रत्यासी नानीराम नेपालले ५६ र टिका सुवेदीले ५३ मत ल्याए ।
त्यसैगरी अधिवेशनमा १० जना केन्द्रीय पार्षद्को लागि २१ जनाले प्रतिष्पर्धा भएको थियो जसमा सुरेश कसजू, रेवती सापकोटा, ऋषिराम पौडेल, माधव नेपाल, ध्रुव दंगाल, रामकृष्ण थापा, बालचन्द्र सापकोटा, राम केसी, सिताराम कोइराला, प्रमोद न्यौपाने निर्वाचित भएका छन् । महिला केन्द्रीय पार्षदमा लक्ष्मी पौडेल, विमला काफ्ले, शर्मिला ठकुरी महिला केन्द्र पार्षद्मा निर्विरोध निर्वाचित भए ।
त्यस्तै १७ प्रदेश सदस्यको लागि २६ जनाबीच प्रतिष्पर्धा भएको थियो । जसमा जीवन श्रेष्ठ, चित्रकुमार मिजार, मनोज खतिवडा, कला अनुरागी, जगन्नाथ दुलाल, भरत चौलागाई, रुपक पुरी, रामचन्द्र नेपाल, ङेम्लिङ लामा, टंक खड्का, तिलक सापकोटा, दुर्गाप्रसाद दुलाल, सिद्धी श्रेष्ठ, चन्द्रकला खत्री, तारानाथ नेपाल, लालकाजी तामाङ र अनिरुद्र न्यौपाने निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनमा १२८ मतदाता मध्ये १ सय २२ मत खसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: