Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेमा ६ महिना कैद सजाय हुने

\"\"रामेछाप, २३ फागुन । सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक नागरिकको अधिकारलाई संरक्षण गर्दै कार्यस्थलमा हुने यौनदुव्र्यवहार निवारण सम्वन्धि कानुनी व्यवस्था वारे रामेछाप जिल्लाका कार्यालय प्रमुखहरूलाई एकसाथ जानकारी गराईएको छ । नेपाल कानुन आयोगले सामेबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयमा प्रमुखहरुलाई कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐनमा भएका प्रावधानका बारेमा जानकारी गराइएको हो । ऐनको प्रावधान बारे जानकारी दिनु हुदै नेपाल कानुन आयोगका सह सचिव ईन्दिरा दहाल भट्टराईले कानुन नजानेको भनेर मुक्ति नपाइने भएकाले कानुनमा भएका प्रावधानबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा उनले यौनजन्य दुव्र्यवहार निवारण ऐनमा भएका मुख्य प्रावधानका बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिइन् । समाजमा रहेका ‘जुनसुकै सरकारी तथा अर्ध सरकारी कार्यालय, गैरसरकारी कार्यालय, निकाय, संघसंस्था, व्यवसायिक फर्म लगायतमा कार्य सम्पादनको क्रममा यौनजन्य दुव्र्यवहार हुन सक्ने उनको भनाई थियो । कुनैपनि कार्यालय तथा कार्यस्थलमा यौनजन्य हिंसा वा दुव्र्यवहार हुन सक्ने र हतोत्साहित गरी कुनैपनि कर्मचारी तथा सेवाग्राहीलाई कार्यस्थलमा यौन हिंसा भएमा यस्ता हिंसा हुन नदिन वा हिंसा निवारणको लागि व्यवस्थापकको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख गरिएको उनले जानकारी दिइन् । ‘व्यवस्थापकले कर्मचारी तथा सेवाग्रहीलाई यौन हिंंसावारे सजग गराउने, हिंसा दोहोरिन नदिन सुधारात्मक उपाय अवलम्वन गर्ने तथा पीडितलाई मनोविमर्श सेवा दिने कार्य गर्नु पर्ने व्यवस्था ऐनमा छ’ भट्टराईले भनिन् । ‘व्यवस्थापकले पीडितलाई उजुरी गर्ने अवधी, कार्यविधी र उजुरी सुन्ने अधिकारीको सम्वन्धमा स्पष्ट पार्नु पर्ने उनको भनाइ थियो । घटनाको १५ दिनभित्र लिखित वा मौखिक उजुरी दिन सकिने व्यवस्था कानुनमा छ ऐनमा व्यवस्थापक कार्यलय प्रमुख रहने प्रावधान छ । ऐनको प्रावधान अनुसार दुवै पक्ष मञ्जुर भएमा मेलमिलाप, नभए माफी र सचेत पनि नभए पीडितलाई क्षतिपुर्ति वा विभागीय कारवाही समेतको व्यवस्था भएको उनले बताइन् । जिल्ला अदालत राामेछापका न्यायधीश किरणप्रसाद सिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले कानूनको सकारात्मक पक्ष र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा सुझाब समेत दिएका थिए । यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७१ ले कसेलै आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारीलाई वा सेवाग्राहीलाई कार्यस्थलमा कुनैपनि व्यक्तिले यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा त्यस्तो कार्यलाई यौनजन्य दुव्र्यवहार गरेको मानेको छ । यसैगरी अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामाग्री प्रयोग वा प्रदर्शन वा प्रकट गरेमा, लेखेर बोलेर वा इशाराले अश्लील तथा यौजजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलाको लागि प्रस्ताव गरेमा र यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा समेत यौनजन्य दुव्र्यवहार गरेको मानिने ऐनमा उल्लेख छ । दुव्र्यबहार गरेको ठहरेमा कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय सम्म हुन सक्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy