Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

भारतमा पिएचडी गर्दै गरेका दलित छात्रद्वारा आत्महत्या

\"\"एजेन्सी, १ चैत । भारतको सबैभन्दा चर्चित र बौद्धिक बहसको थलो भनेर चिनिने जवाहरलाल विश्वविद्यालयमा एकजना दलित छात्रको संदिग्ध मृत्यु भएको छ । दिल्ली प्रहरीले घटनालाई आत्महत्या बताए पनि परिवारले भने यसलाई हत्या भएको दावी गरेको छ । यसअघि भारतको दक्षिण राज्यमा समेत एकजना दलित छात्रले आत्महत्या गरेका थिए । संयोग के छ भने यी दुबै छात्र शैक्षिक योग्यताको सबैभन्दा उच्च शिखर मानिने पिएचडी (विद्यावारिधी) गरिरहेका थिए । को हुन रजनी क्रिश दलित समुदायका रजनीक्रिश तमिलनाडुको सेलमका वासिन्दा हुन । सानैदेखि कला र साहित्यमा विशेष रुचि राख्ने रजनीले तमिल कलाकार मुथुकृष्णनन र रजनीकान्तको अभिनय गर्ने गर्थे । त्यही भएर साथीहरुबीच उनी रजनी क्रिशको नामले चिनिए । फेसबुकमा समेत उनले आफ्नो प्रोफाइल रजनी क्रिशकै नामबाट बनाएका थिए । उनी फेसबकुमा “माना” नामबाट एउटा श्रृंखलाबद्ध कथा लेखिरहेका थिए । यी कथाहरुमा एकजना दलित छात्रले भोग्नुपरेको चरम शोषण र संघर्ष नै उनले मुख्य रुपमा उठाएका छन् । फेसबुकको अन्तिम पोष्ट आफ्ना कथाहरुलाई अगाडि बढाउँदै रजनीको अन्तिम पोष्ट थियो समानता । उनले लेखेका थिए– समानताबाट बञ्चित गर्नु हरेक कुराबाट बञ्चित गर्नु हो । उनले लेखेका छन्– एमफिल/पिएचडी प्रवेशमा कुनै समानता छैन । मौखिक परिक्षामा कुनै समानता छैन । समानतालाई मात्रै अस्वीकार गरिएको छ । प्रोफेसर सुखदेव थोराटको अनुसंशालाई समेत अस्वीकार गरिएको छ । एडमिन ब्लकमा विद्यार्थीहरुले गरेको प्रदर्शनलाई बेवास्ता गरिएको छ । बञ्चित समुदायलाई शिक्षाबाट बञ्चित गरिएको । समानताबाट वञ्चित गर्नु हरेक कुराबाट वञ्चित गर्नु हो । साहित्यकारका रुपमा परिचत रजनी हैदराबाद सेन्ट्रल युनिभर्सिटीमा रजनीका जुनियर चरण टीले विविसीलाई भनेका छन्, “उ एउटा कुशल साहित्यकार थियो, इतिहासमा र मानवीय मूल्यहरुमा उसको गहिरो रुचि थियो । मानवीय अनुभवलाई उनले कथामा ढाल्ने गर्थे । आफ्नो फेसबुक वालमा आफ्नो पहिलो विमान यात्राका बारेमा लेखेका छन् । यसमा उनका बारेमा धेरै कुरा उजागर हुन्छ ।” चरणले अगाडि भने, “गत वर्ष गर्मीको बेला उनले कसरी आफूले मजदुरजस्तो काम गरे, भित्तामा पेन्टिङ भन्ने कुरा बताएका थिए । रजनीलाई निकै ठूलो प्रयासपछि जेएनयूमा भर्ना मिलेको थियो ।” कडा संघर्षपछि जेएनयूमा सन् २०१६ को जुलाईमा रजनीले जेएनयूमा प्रवेशका बारेमा आफ्नो अनुभव लेखेका छन्, “यो जेएनयूमा आएको मेरो चौथो वर्ष हो । मैले तीनपटक जेएनयूमा एमएमा प्रवेश गर्न प्रवेश परीक्षा दिए । दुई पटक जेएनयूको एमफील र पिएचडीको परीक्षा दिएँ र दुई पटक अन्तर्वातामा सामेल भएँ । पहिलो दुई पटक मेरो अँग्रेजी राम्रो थिएन तर म हार्न चाहन्नथेँ, मैले कोशिस गरेँ । हरेक वर्ष जेएनयुमा पहुँच पाउन मैले ससाना काम गरे, पैसा जोगाएँ, पैसा खर्च हुन्छ भनेर रेलमा खाइन । हरेक वर्ष मानिसहरु भन्थे, ल यो वर्ष पक्कै हुन्छ । मैले पनि कोशिस जारी राखे, म हार्न चाहन्नथेँ । मलाई सधैं लाग्थ्यो– मेहनतको फल मीठो हुन्छ । म हरेक वर्ष नेहरुको मूर्तिमुनि बस्थेँ र नेहरुसँग भन्थे– नेहरुजी मेरो परिवारका सबै मानिस काँग्रेसलाई भोट दिन्छन अनि तपाई किन मलाई शिक्षा पाइयोस् भन्ने चाहनुहुन्न ? अन्तिम अन्तवार्तामा ११ मिनटपछि एकजना म्याडमले तपाई सरल भाषा बोल्दै हुनुहुन्छ भनेर भनिन । जबकि यो साक्षातमकरमा म आठ मिनेटसम्म निरन्तर बोलेको थिएँ र सबै प्रश्नको उत्तर पनि दिए । तीन प्रोफेसरले मैले राम्रो जवाफ दिएको बताए । यो क्षण मेरा लागि ऐतिहासिक हो । म अब किताब लेख्न चाहन्छु–फ्रम जन्केट टु जेएनयु । म सेलम जिल्लाबाट जेएनयुमा छनौट भएको पहिलो र एक्लो छात्र हुँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies