Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

डोल्पा र सिन्धुलीमा मतदान केन्द्र तोकियो, कहाँ कति ?

\"\"डोल्पा, ८ चैत । नजिकिँदै गरेको स्थानीय तहको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा मतदान केन्द्र तोक्ने काम सकिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । एउटा वडामा एक मतदान केन्द्र नघट्ने गरी जिल्लाका ४६ वटा स्थानमा ६६ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए । निर्वाचन आयोगको नियमअनुसार मतदान केन्द्र तोक्दा जनसङ्ख्यालाई आधार मान्नुपर्ने भए तापनि हिमाली जिल्ला डोल्पामा भूगोललाई आधार मानी तोकिएको बुढाको भनाइ छ । सिन्धुलीमा १३७ मतदानस्थल यसैबीच, सात गाउँपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा १३७ मतदानस्थल तोकिएको छ । संविधानसभा २०७० को निर्वाचनमा भन्दा छवटा निर्वाचनस्थल थप गरी १३७ निर्वाचनस्थल तोकिएको जिल्ला निर्वाचन अधिकृत तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका सदस्य सचिव रमेशकुमार जोशीले बताए । संविधानसभाको निर्वाचन २०७० मा १३१ निर्वाचनस्थल रहेका थिए । नयाँ थपिएका मतदानस्थलमा कुसुम प्रावि भद्रकाली, प्रभात मावि रानिवास, जनजागृति मावि कोक्टी, दुधौली मावि वाङ्ग्रिङ फेदी, लाम्पानटार, ज्यामिरे प्रावि कुशेश्वर दुम्जा र निमावि सखौरी, कपिलाकोट रहेका छन् । जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिले दुईवटा मतदानस्थललाई स्थानान्तरण गरेको छ । प्रावि भुताहा कपिलाकोटको मतदानस्थललाई प्रावि नवज्योति धमिले कपिलाकोटमा स्थानान्तरण गरिएको छ भने स्वास्थ्य चौकी रानिवासको मतदानस्थललाई वन कार्यालय रानिवासमा स्थानान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरीय मतदानस्थल सिफारिस समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले संविधानसभाको निर्वाचन २०७० को निर्वाचनस्थललाई आधार बनाएर एक निर्वाचनस्थलमा एकहजार मतदाता र बढीमा पाँच घन्टासम्म पैदल यात्रामा पुग्नसक्ने आधारमा मतदान स्थल तोकिएको हो । जिल्लामा हालसम्म मतदाता सङ्ख्या यकिन हुन सकेको छैन । लगभग एकलाख ७१ हजार १५९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत जोशीले बताए । यसैगरी, जिल्लामा रहेका सात गाउँपालिका र दुई नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य गरी जम्मा ४१३ जना निर्वाचित हुने भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: